निकट भविष्यमा कस्तो होला संसार ?
- बैशाख १४, २०८१
श्यामकृष्ण खुलिमुली
साहुजी !
थाहा छ ?
साठी अर्बमा कतिवटा सुन्ना हुन्छ ?
साठी अर्बमा कतिवटा करोड हुन्छ ?
साहुजी !
यो पनि थाहा होला
साठी अर्बमा कतिवटा क्रान्ति आउँछ ?
कतिवटा बलिदान आउँछ ?
र कति थान सपना आउँछ ?
म सुन्दैछु आजकल तिम्रो व्यापार चकाचक छ रे
नाङ्लोभरि खुद्रामसिना क्रान्ति बेचिरहेछौ
सपनाको बिस्कुन सुकाएर– धूपमा
तिमीले कति थान बन्दुक बेच्यौ ?
कतिवटा जनवाद बेच्यौ ?
कतिवटा समाजवाद बेच्यौ ?
एकथान बलिदानको मूल्य कति ?
पाँच लाख ?
रगतको मूल्य कति ?
केही हजार ?
वा ! साहुजी, तिम्रो व्यापार देखेर
बहुराष्ट्रिय कम्पनी पनि छक्क पर्दा हुन्
तिम्रो कमाइ देखेर
वर्षौं लगानी गर्ने पुँजीका ठेकेदारहरू पनि
जिब्रो टोक्दा हुन्
क्रान्ति बेचेर कमाएको साठी अर्ब
शान्ति बेचेर कमाएको माल
वा ! तिमी त ठूलै व्यापारी रहेछौ
मैले भर्खरै थाहा पाएँ
क्रान्ति बेच्न मिल्दोरहेछ
शान्ति बेच्न मिल्दोरहेछ
साहुजी !
देशको लागि अलिकति शान्ति खरिद गर्छौ कि ?
धर्तीका अरु भूमिमा पनि अलिकति क्रान्ति बेच्ने उद्योग गर्ने हो कि ?
ताकि यहाँ क्रान्ति चलिरहोस्
‘शान्ति’ छाइरहोस्
अनि तिम्रो व्यापार चकाचक भइरहोस् ।
Leave a Reply