भर्खरै :

सुत्केरीलाई निःशुल्क रगत र एम्बुलेन्स

लम्की, ३० वैशाख(रासस)ः टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका सुत्केरी महिलालाई आवश्यक पर्ने रगत र अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्न थालेको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत रगत गत असोजदेखि र एम्बुलेन्स सेवा फागुनदेखि दिन थालेको हो । रगत १२५ र एम्बुलेन्स सेवा २० सुत्केरीले लिएको सोसाइटी टीकापुरले जनाएको छ ।
‘‘घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्न यो कार्यक्रम ल्याइएको हो’’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘‘ग्रामीण क्षेत्रका महिला सुविधा नहुंँदा अस्पतालसम्म पुग्न सक्दैनन् । अस्पतालमा गएपछि खर्चिलो हुन्छ भन्ने गलत बुझाइलाई चिर्न धेरै सफल भएका छौँ ।’’ नगरपालिकाले एम्बुलेन्स खरीद गरेर रेडक्रसलाई सञ्चालन गर्न दिएको छ । रेडक्रसले सुत्केरीलाई निःशुल्क बोक्नुपर्ने नीति बनाइएको छ भने प्रयोग भएको रगतको आधारमा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकासंँगको सम्झौतानुसार रेडक्रसले सुत्केरी मात्र नभई टीकापुरबासी सबैलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ । रेडक्रसले अहिलेसम्म १२५ सुत्केरीसहित २५३ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रसले एक व्यक्तिलाई दुई पिन्टसम्म रगत नि?शुल्क दिने गरेको रेडक्रस उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक टेकराज बिनाडीले जानकारी दिनुभयो ।
स्वयंसेविका चन्द्रावती शर्माले सुत्केरीले निःशुल्क एम्बुलेन्स र रगत पाउने भएपछि निकै राहत भएको बताउनुभयो । ‘‘हामीले गाउंँगाउंँमा आमा समूहमा छलफलमा यो सेवाबारे जानकारी दिन थालेका छाँैं ” उहांँले भन्नुभयो, ‘‘गर्भवतीलाई व्यथा लागेमा फोन गरेको आधा घण्टामा एम्बुलेन्स घरमा पुग्छ । महिलाका लागि धेरै राम्रो काम शुरु भएको छ । निरन्तर हुनुपर्छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *