भर्खरै :

शान्ति कायम गरौँ

न्हुछेरत्न बुद्धाचार्य
अशान्तिले घेरिएको पथमा
कसरी शान्ति कायम गर्ने ?
निर्मल मनको अभावमा
कसरी दया करुणा राख्ने ?
यो बुद्ध भूमिमा
द्वन्द्वको आगो सल्किरहेको छ
नैतिक आचरणको पतन भइरहेछ
मनको आँखा नखोलेर अज्ञानताले छोपिरहेछ ।
आफ्नोमात्र स्वार्थ पूरा गर्ने बकुल्ला भगतहरूले
यो पुण्त्ूमिमा अराजकता फैलाए
विश्व शान्तिका महानायक सिद्धार्थ जन्मेको धरतीमा
पञ्चशील नै पालन गरेन यहाँ शान्तिले बाँच्न ।
यो वनपाखा पर्वतको प्रत्येक बस्तीमा
अहँकारी अज्ञानीहरूको राग द्वेष मोहले
चारैतिर हिंसा भड्काएर अशान्त पारे
यो शान्तिभूमिमा, यो ज्ञानभूमिमा
यसैले,
आजको यो बुद्ध जयन्तीको अवसरमा
अज्ञानताले घेरिएको यो फूलबारीमा ज्ञानको सुवास छरेर
असन्तोष, तृष्णा र हिंसालाई त्यागेर
सदाचारी, संयमित बनेर शान्ति कायम गरौँ यो पवित्र भूमिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *