भर्खरै :

शाङ्घाइतिर – ६

शाङ्घाइतिर – ६

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

शाङ्घाईतिर
शाङ्घाई जाने रेलमा (१४ जुलाई)
पेचिङ रेलवे स्टेसन नयाँ थियो । यसले ८०,००० वर्गमिटर जग्गा ओगटेको छ । यहाँ २ लाख यात्रुहरू आवतजावत गर्न सक्छन् । हामी स्वचालित भ¥याङबाट आफ्नो रेलको डिब्बातर्फ लम्किहाल्यौँ । रेल छुट्ने केही मिनेटअगाडि नौजवान कम्युनिस्ट लीगका सेक्रेटरीसँग लीगको विषयमा कुराकानी ग¥यौँ । कुराकानी खास गरेर चीन–नेपाल र भारतका युवाहरूको विषयमा थियो । हामीले नौजवान कम्युनिस्ट लीगको विषयमा प्रश्न ग¥यौँ । उनले नेपाल र भारतका युवक सङ्गठनहरूको विषयमा जान्ने उत्सुकता देखाए । नौजवान कम्युनिस्ट लीगको विषयमा उनले बताए । हामीले आ–आफ्नो देश (नेपाल र भारत) को युवक सङ्गठनहरूको विषयमा थाहा पाएको जति कुरा बतायौँ । हामीमध्ये २ जना नेपाली (म र रत्ना जोशी), ३ जना भारतीय (धीरा, कणिका र अर्को एक साथी) थियौ । उनीहरू बङ्गाल प्रान्तका थिए । भियतनामी, कोरिया र मङ्गोलियाका साथीहरूसँग एक दुई दिन अगाडि नै छुटिसकेका थियौँ । हामीले ट्रेन चढ्यौँ । हाम्रो लागि ट्रेनको २ कोठा मिलाएको थियो । हामीसँग द्वेभाषी मिस्टर ली पनि थिए । म, एकजना बङ्गाली साथी र मि. ली एक कोठामा र रत्ना, कणिका र धीरा अर्को कोठामा । कोठा (कम्पार्टमेन्ट) मा सुविस्तासित लामो यात्रा गर्न चाहिने सबै प्रकारका मालसामानहरूले पूर्ण थियो भन्नुपर्छ । हरेक सीटको लागि बिजुली पङ्खा, लाउडस्पिकर, चियाको सामानहरूले पूर्ण थियो । हरेक कोठामा चार सुत्ने ओछ्यानहरू थिए, त्यसमा आरामसँग सुत्न सकिन्थ्यो ।
ट्रेनको राम्रो व्यवस्था देखेर धीराले रेलका अरू डिब्बाहरू पनि हेर्ने उत्सुकता जाहेर गर्दै भनिन्, “यो डिब्बा सायद विदेशीहरूको लागि हो कि अरू साधारण यात्रीहरूको लागि व्यवस्था त्यस्तै छ ? उनको प्रश्नको उत्तरमा मिस्टर लीले अरू डिब्बाहरू पनि देखाउन लगे । हरेक डिब्बाहरूमा एक बेड, एक मेच, चियाका सामानहरू (थर्मस, कप, चिया) को राम्रो व्यवस्था थियो । चार–पाँच बेडको लागि एउटा लाउडस्पिकर थियो । धेरैजसो यात्रीहरू आ–आफ्नो सीटमा सुतेरै अखबार र किताबहरू हेर्दै थिए र कोही मेचमै बसेर पढिरहेका थिए । तर हामीले स्थानभन्दा एकजना पनि बढी मानिस देखेनौँ । डिब्बामा जति सीट थियो उति नै यात्रीहरू थिए । भारतीय रेलको घचमघच देखिरहेका र भोगिरहेका तीनैजना बङ्गाली साथीहरू जीबो टोकिरहेका थिए । हामीले आफ्नो खाना पनि रेलमै खायौँ । रेलमै डाइनिङ हल (भान्साघर या भोजनालय) को खूब राम्रो प्रबन्ध थियो जसको हामीले कल्पना पनि गरेका थिएनाँै, किनभने हामी भारतीय रेलको सफरको शिकार भइसकेका थियाँै । मलाई लाग्यो देशको व्यवस्थाको छायाँ रेलको व्यवस्थामा पनि देख्न सकिदो रहेछ । हामी पेचिङदेखि क्यान्टनसम्म रेलमै सफर गयौँ । यसले हामीलाई चीनका मानिसहरूको स्वभाव र संस्कृति जीवनस्तर र मेहनत, शिष्टाचार र भाइचाराजस्ता विषयहरूबारे बुझ्न र विचार गर्न धेरै मद्दत मिल्यो । चीन र भारतको रेल व्यवस्थामा आकाश र जमिनको फरक पायौँ । हामीले भारतको रेलमा जस्तो भोकानाङ्गा, मारपिट, हुलदङ्गा, घचमघच, गीत गाएर जीविका गर्ने या मागेर खाने, बगलीमारा, गालीगलौज र बिनाटिकटको सफरजस्ता अप्रिय दृश्य र घटनाहरू र त्यस्ता काममा लागेका व्यक्तिहरू खोजेर पनि पाउन सकेनौँ । रेलमै ब्रोडकास्टिङ प्रोग्रामहरू (प्रसारका कार्यक्रमा चल्दथ्यो अथवा रेलमै रेडियो कार्यक्रमजस्तै कार्यक्रमको व्यवस्था भियो । बेलाबेलामा रेल कहाँ पुग्यो र कहाँ दौडिरहेछ, कति बज्यो र रेल कुन रफ्तारमा दगुर्दै छ आदि रिपोर्टहरू दिँदै जान्थ्यो त्यस ब्रोडकास्टिङ कोठा या केन्द्रबाट । त्यसले मौसमको रिपोर्ट, खबर, कथा–कहानी, गीत र अरू मनोरञ्जनका कार्यक्रमहरू पनि प्रस्तुत गथ्र्यो । बेला बेलामा रेडियो पेचिङ पनि रिले हुन्थ्यो । रेलको भोजनालय धेरै राम्रो रेष्टुराँजस्तो राम्रो थियो । सबै रेलको व्यवस्थाले हामी दङ्ग थियौँ र मि. लीसँग बीनको भूमिसुधारको विषय कुरा गर्दै गयौ ।
शाङ्घाईमा
१५ जुलाई दिउँसो अन्दाजी ४–५ बजेतिर शाङ्घाई रेलवे स्टेसन पुग्यौँ । रेल अड्नासाथै शाङ्घाई विद्यार्थी फेडरेसनका साथीहरू ऊ तङ मिङ (अध्यक्ष), मु च्युनहो (सचिव) ले स्वागतको लागि हात बढाउनुभयो । रेलवे स्टेसनमै एकछिन आराम गरिसकेपछि दुईवटा कार शान्ति (पिस) होटलतिर कुद्न लाग्यो । झमझम पानी पर्दै थियो र मोटर पिचमा बेतोडसित दौडिरहेको थियो । शाङ्घाईको दृश्य पेचिङको दृश्त्न्दा धेरै फरक देखेँ । मानिसहरूको घुइचो पेचिङमा भन्दा बढी थियो । साथै भवनहरू अर्कै खालका र धेरै उँचो उँचो थियो । ट्राफिकको घुइचो पेचिङभन्दा बढी नै छ ।
साँझमा पिस होटलमा शाङ्घाईका विद्यार्थी फेडरेसनका साथीहरूसँग खानापछि शाङ्घाईको परिचय र हाम्रो कार्यक्रमको विषयमा छलफल भयो । उहाँहरूले छोटकरीमा शाङ्घाईको परिचय दिनुभयो ।
शाङ्घाई चीनको एक प्रमुख औद्योगिक सहर हो । १८४०–४२ को अफिम युद्धपछि शाङ्घाईलाई बेलायत, फ्रान्स, अमेरिका र जापानी हमलावरहरूले बाँडीचुँडी आफ्नो उपनिवेश खडा या कायम गयो । तिनीहरू त्यसबेला शाङ्घाईलाई Consuption City अथवा उपभोगको नगर भन्थे र संसारका सबै धनी शोषकहरू मोजमज्जा गर्न यहाँ आउँथे, चिनीया जनताको शोषण गर्न अनेक प्रकारका उद्योगहरू खोले र सस्तोमा कच्चामालहरू आ–आफ्नो देशमा पठाउँथे र तयारी माल फेरि चर्को नाफा लिएर चीनमै ल्याएर बेच्थे । त्यस उपनिवेशवादी नीतिले गर्दा चीनको उद्योग व्यवस्थामा ठुलो धक्का पर्नुको साथै चिनियाँ जनताको आर्थिक जीवनमा पनि धेरै ठुलो आघात पु¥यायो । ती उपनिवेशवादी देशका पुँजीपतिहरू आएर शाङ्घाईमा हरेक प्रकारका भ्रष्टाचार गर्थे तर तिनीहरू सजायबाट मुक्त थिए ।
त्यसबेला स्कूल–कलेजहरूमा पनि त्यस्तै प्रकारको पढाइ हुन्थ्यो । उनीहरू चिनियाँहरूलाई सदाको लागि सांस्कृतिक दास बनाउन खोज्थे । तर १९१९ मई महिनामा पेचिङका विद्यार्थीहरूको सङ्घर्षको समर्थनमा ७ दिनसम्म जनता र विद्यार्थीहरू मिलेर सङ्घर्ष सुरु गरे । १९१९ मा शाङ्घाईमा कम्युनिस्ट पार्टीको स्थापना भयो, जो एउटा उज्ज्वल भविष्य र उद्देश्यको लागि थियो । १९२५ मा मजदुरहरूले एउटा ठुलो सङ्घर्ष गरे जसमा सयौँ सहिद भए । सङ्घर्ष एक महिनासम्म चल्दै गयो । स्कूल–कलेज, पसल र कारखानाहरू बन्द थिए । एक प्रकारको आम हडताल थियो । त्यस सङ्घर्षमा करिब २० लाख जनताले भाग लिएका थिए । यस्तै प्रकारले शाङ्घाईले १९१९ को मे महिनाको साम्राज्यवादविरोधी सङ्घर्षदेखि १९४९ सम्म नै सङ्घर्ष गर्दै गए । आखिर १९४९, २८ मे का दिन कम्युनिस्ट पार्टीको नेतृत्वमा शाङ्घाई मुक्त भयो र विदेशी शत्रुहरू कुलेलम ठोके । तर, विदेशी शत्रुहरूले बरोबर शाङ्घाईमा हमला गर्दै गए । ठूलठूला बम फ्याकेर शाङ्घाईलाई ध्वस्त पार्ने कोसिस गरे र हामीविना चीन टिक्न सक्दैन भनेर डर पनि देखाउन चुकेनन् । तर, कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्राज्यवादीहरूको हमला र आर्थिक र व्यापारिक नाकाबन्दीपछि पनि चीनलाई समाजवादी निर्माणमा लगायो र कृषि, उद्योग र सांस्कृतिक क्षेत्रमा धेरै राम्रो प्रगति गर्याे । यस उसले शाङ्घाईलाई वीरहरूको र सङ्घर्षको सहर भनिन्छ ।
शाङ्घाईको क्षेत्रफल ५९१० वर्ग किलोमिटर छ । शाङ्घाई सहरमा १२ डिस्ट्रीक्ट र ११ काउन्टी छन् । शाङ्घाईको जम्मा जनसङ्ख्या १० मिलियन अथवा एक करोड छ ।


औद्योगिक क्षमता
शाङ्घाई चीनको अरू सहरभन्दा औद्योगिक क्षेत्रमा धेरै अगाडि बढेको छ । पञ्चवर्षीय योजनाको सफलताको लागि मुख्य लक्ष्य शाङ्घाईमा लगाइएको थियो । १९५९ को कुल औद्योगिक उत्पादन २४५४ करोड युआनको बराबर थियो जो १९४९ को क्रान्तिको समत्न्दा ८ गुणा बढ्ता छ । १९५८ को लामो कुदाइ (Great Leap Forward) आन्दोलनपछि १९५९ मा ४८.३ ले प्रतिशत उत्पादन बढ्यो ।
देशको मुक्तिभन्दा पहिले भारी उद्योग १३.६ प्रतिशतमात्रै थियो । १९५९ मा ५२.५ प्रतिशत र १९६० मा ८६.४ प्रतिशत पुग्यो । हलुका उद्योगमा ४७.२ प्रतिशत बढ्यो । उक्त तथ्याङ्कले प्रस्ट गर्छ कि मुक्तिपछि शाङ्घाईले भारी र हलुका दुवै उद्योगमा धेरै राम्रो प्रगति गरेको छ ।
इस्पातको उत्पादन १९४९ मा साढे ५ हजार २ सय टन उत्पादन भएको थियो र १९५९ मा १८.१ लाख टन उत्पादन भयो । इस्पातको उत्पादनमा धेरै राम्रो प्रगति गरेको छ । १९४९ मा एक वर्षको उत्पादन १९५९ को एक दिनको उत्पादनको बराबर छ । यसो हुनुको मुख्य कारण क्रान्तिभन्दा पहिले ठुलठुला उद्योग र कारखानाहरूको सा¥है कमी थियो र स–साना बिजुलीका वस्तुहरू पनि उत्पादन गर्न सक्तैनथ्यो । तर, अहिले कारखाना चलाउन १.२०० टन हाइड्रोलिक प्रेसबाट १ लाख किलोवाटको जेनेरेटर बनाइएको छ ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा शाङ्घाईका मजदुरहरूले कम्युनिस्ट तरिकाले काम गर्ने आन्दोलन चलाए, जसको मतलब हो–बोल्ने, विचार गर्ने र काम गर्ने जम्मै कार्यकलाप कम्युनिस्ट भावनाले गर्नु । त्यसको फलस्वरूप १९५० मा प्राविधिक आविष्कारको लागि ४,५७,००० प्रकारका प्रस्तावहरूमध्ये २५,००० प्रस्तावहरू स्वीकार गरियो । १९५९ को स्वीकृत प्रस्ताव १९५८ को भन्दा ३५ प्रतिशत बढी थियो । १९६० मा त्यो आन्दोलन झन् बढ्यो र १४.५ लाख प्रस्ताव या सुझावहरूमध्ये ४.६ लाख प्रस्तावहरू स्वीकार गरियो । यो प्राविधिक आविष्कारलाई दोस्रो क्रान्ति भनिन्छ । त्यस आन्दोलनले मजदुरहरूमा राजनैतिक विचार बढ्नुको साथै नयाँ नयाँ आविष्कार गर्ने चिन्तन बढायो, पहिले त्यसको कल्पनासम्म गर्न सकिन्नथ्यो । शाङ्घाईका वाङ ली–तु भन्ने एक मजदुर हुक्वाङ वैज्ञानिक कारखानामा हाइपे्रसर इलेक्ट्रिक तयार ग¥यो । यो संसारको विज्ञानमा नयाँ कुरो थियो, जो एक वर्गको कुरा हो ।
उद्योगमा जस्तै जनकम्युनको स्थापनापछि खेती उत्पादनमा पनि शाङ्घाईले धेरै प्रगति ग¥यो । १९५८ को दाँजोमा खेती उत्पादनमा १९५८ मा ७.२ प्रतिशत बढी उत्पादन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *