विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
आस्ताना (काजकिस्तान), १० माघ । सिरियाको विषयमा आस्तानामा हुने शान्ति वार्ता असफल भएमा सरकारसँग हाल भइरहेको लडाई जारी रहने सिरियाली विद्रोहीले प्रतिबद्धता गरेको विद्रोहीका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
यदि सरकार र विद्रोहीबीच हुन लागेको “शान्ति वार्ताको सम्झौता सफल भएमा हामी सम्झौतामा जाने छौँ, दुभाग्यबस यो असफल भएमा लडाई जारी राख्नु बाहेक अरू विकल्प छैन्” प्रवक्ताले बताएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो ।
सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्यो । सन् २०११ देखि हालसम्म त्यहाँ जारी उक्त युद्धमा तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले हालै जारी एक प्रतिवेदनमा जनाएको थियो ।
यस आन्दोलनमा परी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँले आफ्नो देश छोडी छिमेकी देशमा शरण लिन बाध्य भएका छन् । रासस÷एएफपी
Leave a Reply