आणविक क्षमता विस्तार गर्न नेता किमको निर्देशन
- मंसिर ११, २०८३
पेइचिङ, ११ मङ्सिर (सिन्ह्वा) । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले हालै अति उत्पादनसम्बन्धी ३०१ छानबिनको नतिजालाई सार्वजनिक गर्दै चीनलगायतका १४ वटा आर्थिक समुदायमाथि थप ३०१ भन्सार कर लगाउने निर्णय प्रस्ताव प्रस्तुत गरेको छ ।
यस विषयबारे चर्चा गर्दै चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता ह या तोङले २६ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी ३०१ छानबिन नै साँच्चिकै एकपक्षीयतावादी कारबाही भएकाले अन्तर्राष्ट्रिय आर्थिक परिपाटीलाई गम्भीर रूपमा ध्वस्त पारेको र विश्व व्यापार सङ्गठनको नियमलाई गम्भीर उल्लङ्घन गरेको भन्दै चीनले दृढताका साथ त्यसको विरोध गरेको जनाउनुभएको छ ।
आफ्नो गलत कारबाहीलाई सच्याएर संवादमार्फत समस्याको समाधान गरिने सही बाटोमा फर्कन चीनले अमेरिकालाई आग्रह गरेको पनि प्रवक्ता ह या तोङले बताउनुभएको छ ।
Leave a Reply