हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
काठमाडौँ, २३ फागुन । राजनीति सिद्धान्त र विचारको आधारमा गरिएको हुन्छ । सिद्धान्त र विचारको राजनीति नगर्ने दलका नेता, कार्यकर्ताहरू कहिले कता पस्छन् कहिले कता घुस्छन् ? थाहै हुँदैन । कुनै राजनीतिक दलमा सक्रिय नभएका या राजनीतिक दौडधूप नगरेका युवा–विद्यार्थीहरू कुनै दलको लहैलहैमा जानसक्छन्; कसैको इसारा या लोभलालचमा फस्न सक्छन् । सिद्धान्त र निश्चित विचार नभएको या कुनै दर्शनको मार्ग निर्देश नभएको दलले देशलाई कहिले कहाँ पु¥याउने भन्ने कुरा निश्चित हुँदैन । सिद्धान्त र विचारको आधारमा राजनीति नगर्ने दलको सरकारले केही सुधारात्मक कार्य गर्ला, योजना ल्याउला । तर, समग्र जनताको हित हुने ऐन कानुन बनाइँदैन ।
बहुमतको नाउँमा कुनै पनि सरकारले कुनै देशसँग असमान सन्धि सम्झौता गरेर नेपाल र नेपालीको अहितमा काम गर्छ भने नेपाली जनताले त्यसको विरोध गर्नुपर्छ । सरकारमा नरहेका सांसदहरूले विरोध गर्नुपर्छ । देशका उद्योग तथा कारखाना निजीकरण गरिएमा या विदेशी दलाल या विदेशी कम्पनीका व्यापारी/व्यवसायीहरूलाई दिएमा हामीले विरोध गर्नुपर्छ । कुनै पनि देशभक्त सरकारले नेपाली भूमि मिच्न दिँदैन; मिचिएको भूमि फिर्ता लिन कूटनीतिक प्रयास गर्छ; गर्नुपर्छ । बिनास्वीकृति नेपाल–भारत आवतजावत गर्ने अनुमति दिँदैन । नेपाल–भारत सीमा व्यवस्थापन गरिएको हुन्छ । अब बन्ने सरकारले के यी कदम अघि बढाउला ?
निर्वाचनताका कति राजनीतिक दलहरू खुलेरै या सार्वजनिक गरेरै दलबिच गठबन्धन भएका हुन्छन् । कति दलहरू भित्रभित्र मिलेर मत दिने गर्छन् । कुनै विशेष दलका उम्मेदवारलाई हराउनुप¥यो भने यस्तै पाइला चाल्छन् । यो निर्वाचनमा पनि कुनै विशेष दलका उम्मेदवार हराउन भित्र भित्र मिल्ने या एक आपसको सहमतिमा मतदान गर्ने गरेको टोल–टोल, बस्ती बस्ती र पसल–पसलमा व्यापक चर्चा छ । जनताको स्वर या समस्या प्रतिनिधिसभामा राख्ने दलका उम्मेदवार हराउन गरिने साँठगाँठले वास्तवमा नेपाल र नेपालीको निम्ति नोक्सान हुन्छ । विगतमा नेमकिपाका सांसदले एमसीसीको विरोध गरे; नागरिकता विधेयकको विरोध गरे । भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणलगायत अन्य प्रकरणहरूको विरोध गरे; खबरदारी गरेर सरकारको ध्यानकर्षण गरे । संसद्मा अरु दल भए पनि नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह ग¥यो । नेमकिपाको यो भूमिका संसद्मा कसले निर्वाह गर्ला ?
फागुन २१ गतेको निर्वाचन नतिजाले प्रतिनिधिसभामा धेरै दल सहभागी नहुने सङ्केत देखिएको छ । देशकै पहिलो दल या सबभन्दा ठुलो दल बनाउने सपना देखेका दलका उम्मेदवारहरू पनि थोरै मात्र जिते । अब धेरै सांसद सङ्ख्या गुमाएका हरेक राजनीतिक दलले समीक्षा गर्नु आवश्यक छ । कुन दलको के कस्तो कमजोरीले आफ्नो सीट सङ्ख्या घट्यो ? सोको समीक्षा आवश्यक छ । समीक्षामा आफ्ना कमी कमजोरीहरू एक एक केलाउनुपर्छ । विगतको कमी कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ । सरकारले गर्ने हरेक गलत कार्य र निर्णयको एक एक विरोध गर्नुपर्छ ।
नेमकिपाले कहिले पनि विरोधको निम्ति विरोध गरेको छैन । सिद्धान्त र विचार बन्धकमा राखेर भागबन्डा गरिएको छैन; पद र पैसाको निम्ति राजनीति गरिएको छैन । नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताको पक्षमा इमानपूर्वक राजनीति गरिरहेको हो । नेमकिपाले सडक र सदनमा उठाएका देश विदेशका हरेक सवालहरूमा नेपाल र नेपाली जनताकै स्वर हुन्छ । नेमकिपाले देश र जनताको स्वार्थबाहेक दलगत र व्यक्तिगत स्वार्थमा लागेको छैन । अतः अब बन्ने सरकार पनि नेपाल र नेपाली जनताको स्वार्थमा अर्पित हुनुपर्छ† अर्पित भएर सरकारी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।
Leave a Reply