निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ को भक्तपुरका दुवै क्षेत्रमा क्षेत्रगतको मतगणना शनिबार बिहान सम्पन्न भएको छ ।
मत गणनाको अन्तिम नतिजाअनुसार ३३ हजार ४३६ मत हासिल गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
रन्जितका निकत्ततम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली काङ्ग्रेसका किरण न्यौपानेले चार हजार २८२ र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।
कूल १ लाख ७ हजार ५४ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ९३९ मत खसेको थियो ।
त्यस्तै भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा रास्वपका उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो ।
खत्रीका निकत्ततम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेपाली काङ्ग्रेसका कबिर राणाले आठ हजार ४०१, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले ३,७३७ र नेकपाका रामप्रसाद सापकोटाले १,१८३ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसेको थियो ।
समानुपातिकतर्फको मत गणना आइतबार बिहान ७ बजेबाट हुने बताइएको छ ।
Leave a Reply