क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
–माओ त्से तुङ
हाम्रो शिक्षामा धेरै थरीका समस्याहरु छन् । तीमध्ये सबभन्दा ठूलो समस्या भनेको कोरासिद्धान्तवाद(dogmaticism) हो । हामी हाम्रो शिक्षा प्रणालीमा सुधारको प्रक्रियामा छौं । विद्यालय जानु पर्ने वर्ष निकै लामो भयो, पढ्नु पर्ने पाठ्यक्रम पनि धेरै भए र शिक्षणका विभिन्न तरिका पनि चित्तबुझ्दो भएनन् । केटाकेटीले पाठ्यपुस्तक र पाठ पढ्ने त भए तर ती कुराहरु पाठ्यपुस्तक र पाठमा मात्रै सीमित भएका छन् । केटाकेटीहरुले केही जानेका भने छैनन् । उनीहरुले आफ्ना चार हात–खुट्टा पनि चलाउने जानेका छैनन् । न त उनीहरु पाच थरी अनाज पनि चिन्न सक्ने भएका छन् ।(कन्फुससको Analectsको उद्र्धरण) धेरै केटाकेटीलाई त गाई, घोडा, कुकुर र सुंगुर के हुन् र कस्तो हुन्छन् भन्ने समेत थाहा छैन । न त उनीहरुले धान, पिंजडाको चरालाई खुवाउने अनाज, मकै, गहु, कोदो र फापर चिन्न सकेका छन् ।(तीन पात्रको कथा नामको बालसाहित्यबाट उद्र्धत) एक जना विद्यार्थीले विश्वविद्यालयको पढाई सकाउने बेलासम्ममा ऊ बीस वर्षको भइसकेको हुन्छ । विद्यालयमा जानु पर्ने समयावधि धेरै लामो भयो, पाठ्यक्रम पनि अचाक्ली बढी भयो र शिक्षण प्रणाली पनि कल्पनशीलभन्दा पनि जबरजस्ती घोकाउने प्रकारको छ । परीक्षा प्रणाली पनि परीक्षार्थीलाई शत्रुजस्तै व्यवहार गर्ने र उसलाई धरापमा पार्ने खालको छ ।(हासो) तसर्थ म तपाईहरुलाई चीनको शैक्षिक प्रणालीमाथि अन्धविश्वास नगर्न सल्लाह दिन चाहन्छु । त्यसलाई राम्रो प्रणालीको रुपमा नलिनु होला । धेरै मानिसहरुले विरोध गर्ने भएकाले कुनै पनि ठूलो परिवर्तन एकै पटक गर्न गाह«ो हुन्छ । अहिलेको परिस्थितिमा नया तरिका लागु गर्ने कुरामा थोरै मानिस तयार हुनसक्छन् तर धेरै असहमत हुनेछन् । मैले तपाईहरुको अपेक्षामा चिसो पानी खन्याएको हुनसक्छु । तपाईहरु के कुरा ठीक हो भन्ने कुरा जान्न खोज्दै हुनुहुन्छ तर म तपाईहरुलाई के कुरा नराम्रँे हो भन्ने कुरामात्र भन्दैछु ।
यसको अर्थ मैले यहा केही राम्रो काम भइरहेको छैन भन्न खोजेको होइन । उदाहरणको लागि उद्योग र भूगर्भबारे कुरा गरौं । पुरानो समाजले हामीलाई जम्मा २ सय जना भूगर्भशास्त्रीहरु छोडेर गएको थियो । तर आज हामीसग दुई लाखभन्दा बढी भूर्गशास्त्रीहरु छन् ।
सामान्यतः भन्नुपर्दा इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका बुद्धिजीवीहरु राम्रा हुन्छन् किनभने उनीहरु वास्तविकताको धरातलमा उभिएका हुन्छन् । वैज्ञानिक, सैद्धान्तिक विज्ञानका ज्ञाताहरु राम्रँ हुदैनन् तर उनीहरु कलाशास्त्रका विषयमा विशेषज्ञता हासिल गरेकाहरु भन्दा राम्रा हुन्छन् । मानविकीका विषयहरु त पूर्ण रुपमा यथार्थभन्दा अलग हुने गर्दछन् । इतिहास, दर्शनशास्त्र र अर्थशास्त्रका विद्यार्थीहरुलाई यथार्थको अध्ययनबारे कुनै चासो नै हुने गर्दैन । उनीहरु संसारबाट कुराभन्दा सबभन्दा बेखबर हुने गर्दछन् ।
मैले अघि पनि भनिसकेको छु, हामीसग त्यस्तो केही विशेष कुरा छैन । हामीसग हामीले साधारण जनतासग सिकेका कुरा मात्र छन् । निसन्देश हामीले थोरै माक्र्सवाद–लेनिनवाद पढेका छौं तर माक्र्सवाद–लेनिनवादले मात्र भने पुग्दैन । हामीले चिनिया विशेषता र चिनिया तथ्यहरुबाट शुरु गरेर चिनिया समस्याहरुबारे अध्ययन गर्नुपर्दछ । हामीले साम्राज्यवाद र तिनका पिछलगुहरुविरुद्ध लड्नु पर्छ भन्ने कुरा हामीले जान्यौं तर हामीले कसरी लड्ने भन्ने कुरा जानेनौं । तसर्थ हामीले चीनको परिस्थितिबारे अध्ययन गर्नु प¥यो जसरी तपाईहरुले आफ्नो देशको परिस्थितिबारे अध्ययन गर्नुभएको छ । हामीले चिनिया कम्युनिष्ट पार्टीको स्थापनादेखि सम्पूर्ण देशको मुक्तिसम्म चिनिया परिस्थितिअनुसार पाइला पाइलामा नीति निर्माण गर्दै पूरा २८ वर्षको लामो समयावधि बितायौं ।
हाम्रो शक्तिको स्रोत भनेको जनता हुन् । यदि कुनै कुराले जनताको भावना प्रतिनिधित्व गर्दैन भने त्यो राम्रो भएन । हामीले जनतासग सिक्नु पर्दछ, त्यहीअनुसार नीति तर्जुमा गर्नुपर्दछ र जनतालाई शिक्षित बनाउनु पर्दछ । त्यसकारण यदि हामी शिक्ष्ँक बन्न चाहन्छौं भने हामीले शुरुमा विद्यार्थी हुनु पर्दछ । कोही पनि शिक्ष्ँकले आफ्नो वृत्तिविकासको शुरुवात शिक्ष्ँकको रुपमा गरेको हुदैन । एकजना शिक्ष्ँक भएर आफूले कसरी सिकें भन्ने कुरा बुझ्न उसले जनताबाट सिक्ने कामलाई निरन्तरता दिनु पर्दछ । त्यही भएर शिक्षक तालिमको पाठ्यक्रममा मनोविज्ञान र शिक्षा विषयहरु पनि समावेश हुने गरेका छन् । कसैले आफूले सिकेको कुराबाट यथार्थसम्म पुग्न सक्दैन भने उसले सिकेको कुरा निरर्थक हुने गर्दछ ।
सिन्ह्वा विश्वविद्यालय(पेकिङको दक्षिणी भागमा अवस्थित)को विज्ञान तथा इन्जिनियरिङ संकायअन्तर्गत एउटा कारखानाको बन्दोबस्त गरिएको छ । विद्यार्थीहरुले पुस्तक र कामबाट पनि सिक्न सकोस् भनेर त्यस्तो बन्दोबस्त गरिएको हो । तर हामी मानविकी संकायको लागि कुनै कारखानाको स्थापना गर्न सक्दैनौं जस्तै साहित्य कारखाना, इतिहास कारखाना, अर्थशास्त्र कारखाना वा उपन्यास कारखाना । ती संकायहरुले आफ्नो सम्पूर्ण समाजलाई नै आफ्नो कारखानाको रुपमा लिनु पर्ने हुन्छ । ती संकायका शिक्षक र विद्यार्थीहरुले किसान र शहरी मजदुरका साथै कृषि तथा उद्योगहरुस“ग सम्पर्क राख्नु पर्दछ । उनीहरुको योग्यताको अरु कसरी–कसरी उपयोगी गर्नसकिएला ? उदाहरणको लागि कानुनका विद्यार्थीहरुलाई लिउ । यदि उनीहरु समाजमा भएका अपराधहरु बुझ्न सक्दैनन् भने उनीहरु कसरी कानुनका असल विद्यार्थी हुनसक्छन् र ? कानुनको कलकारखाना बनाउने त कुरै आउदैन, आफ्नो समाज नै उनीहरुको कारखाना हो ।
तुलनात्मक रुपमा भन्नु पर्दा हाम्रँे कला विषयहरु यथार्थसगको सम्पर्कको अभावका कारण ज्यादै पछाडि परेका छन् । विद्यार्थी र शिक्षकहरु कक्षाकोठाभित्र मात्र काम गर्छन् । दर्शनका कुरा दर्शनका पुस्तकका ठेलीहरुमा मात्र सीमित छन् । त्यो दर्शनको के काम यदि त्यसको अध्ययन समाज, जनता र प्रकृतिसग जोडेर गरिंदैन भने । त्यस्तो दर्शनको अर्थ केही अस्पष्ट विचारहरुको सङ्ग्रह मात्र हुनेछ । तर्कशास्त्रको सन्दर्भमा पनि कुरा त्यही हो । एक पटक पाठ्यपुस्तक पढेको भरमा कसैले दर्शनका धेरै कुरा बुझ्न सक्दैन । प्रयोगबाट नै कसैले क्रमशः त्यसलाई बुझ्ने गर्दछ । तर्कशास्त्र पढ्दा मैले धेरै कुरा बुझेको थिइन । जब म प्रयोगमा गए अनि बुझ्दै गएको हु ।
म तर्कशास्त्रको विषयमा कुरा गर्दैछु । व्याकरण विषय पनि कसैले पढेर मात्र बुझ्न सकिने विषय होइन । वाक्य गठनको कुरा आफैले वाक्य रचना गरे पछि मात्र बुझ्ने सकिन्छ । हामी हाम्रो दैनिक चलनचल्ती अनुसार लेख्ने र बोल्ने गर्दछौं र व्याकरणको अध्ययन गर्न वास्तवमा जरुरी छैन । व्याख्यान विद्या(rhetoric) त ऐच्छिक विषय हो । महान लेखकहरु सधैं व्याख्यान विद्याका ज्ञाता हुने गर्दैनन् । मैले पनि व्याख्यान विद्या पढेको थिए तर मैले केही पनि बुझ्न सकिन । के तपाई लेख्नुअघि व्याख्यान विद्याको अध्ययन गर्नु हुन्छ र ?
(नेपालका शिक्ष्ाशास्त्रीहरुको प्रतिनिधिमण्डलसगको संवाद–सन् १९६४)
स्रोतः माओ त्सेतुङको सङ्कलित रचना भाग–९ Marxist Internet Archive
अनुवादः नीरज
Leave a Reply