भर्खरै :

अमेरिकी भए पनि, रुसी भए पनि प्रभुत्ववादी शक्ति कहिल्यै पनि प्रजातन्त्रवादी हुनसक्दैन

मध्यपूर्वमा कुर्दहरु सधैं आफूलाई निकै तीब्र गतिमा बद्लिरहेको परिस्थिति र फेरिरहने आधीहुरीबीच भएको पाउ“छन् । टर्कीको कुर्दबाहुल्य दक्षिणपूर्वी क्षेत्र सम्भवतः इतिहासकै सबभन्दा चर्को हिंसाको सामना गरिरहेको छ यतिबेला । टर्कीका सशस्त्र सेना र शहरी मिलिसियाहरुबीचको हिंस्रक लडाई आज जिल्लाबाट स्थानीय तहमा फैलिएको छ । टर्कीको सत्तँविप्लव पछिको चालु दमनचक्रअन्तर्गत कुर्दहरुका राजनीतिक प्रतिनिधिहरुलाई प्रहारको निशाना बनाइएको छ । साथै मध्यपूर्वमा कुर्दहरुका विभिन्न मोर्चाहरु स्थापना हुने क्रम पनि बढिरहेको छ । क्वन्डिल पहाडी क्षेत्र(इराक र इरानको सिमाना नजिकको कुर्दबाहुल्य पहाडी भूगोल)मा अवस्थित कुर्दस्तान मजदुर पार्टी(पीकेके)को मुख्यालयमा कुर्दस्तान समुदाय संगठनका कार्यसमिति सदस्य र कुर्दस्ताज मजदुर पार्टीका सह–संस्थापक रिजा अल्तुनले भने,‘हाम्रा जनताको लागि आजको परिस्थिति एउटा महत्वपूर्ण मोड हो ।’ उत्तरी इराकको पहाडी भूगोलमा अहिलेको गम्भीर अवस्थाबारे प्रत्यक्ष रुपमा बुझ्न हामीले कुर्दस्तान मजदुर पार्टीको बलियो आधार क्षेत्रको भ्रमण गरेका थियौं । कार्लोस जुरुतुजाले रिजा अल्तुनस“ग लिएको अन्तर्वार्ता प्रस्तुत छः
आज सम्पूर्ण मध्यपूर्व क्षेत्र अराजक र अशान्त अवस्थामा छ । कुर्दहरु यो परिस्थितिको कसरी सामना गरिरहेका छन् ?
वास्तवमा आज कुर्दहरु राजनीतिक मुद्दाको अग्रभागमा आएका छन् । इराकमा उनीहरु आफ्नो लागि अलग प्रदेशको सुविधा उपभोग गरिरहेका छन् भने सिरियामा क्यान्टोन(स्वशासित क्ष्ँेत्र)हरुको बन्दोबस्तमार्फत स्वशासन चलाइरहेका छन् ।
इराकमा हामीले धेरै लोकतान्त्रिक विकास देखिरहेका छौं भने टर्कीमा पनि परिवर्तनहरु देख्दैछौं । पीकेकेको नेतृत्वमा कुर्दहरुले आफूलाई वैधानिक राजनीतिक शक्ति प्रमाणित गरिरहेका छन् ।
मध्यपूर्वमा यथास्थितिको विग्रह र मुसलमान आतंकवादविरुद्ध संघर्षसगै कुर्दहरुले आफूलाई एउटा भरपर्दो विकल्पको रुपमा प्रस्तुत गरिरहेका छन् ।
नकारात्मक कोणबाट भन्नु पर्दा क्षेत्रीय सरकारहरुलँई विदेशी शक्तिहरुले दिएको समर्थनको ज्यादै गम्भीर परिणाम भँेगिरहेका छौं । केही अरब देशहरु विशेषतः इरान र टर्की कुर्दहरुका उपलब्धिहरुविरुद्ध उभिएका छन् । संरा अमेरिका, रुस र युरोपेली संघले कुर्दहरुबारे आफ्नो नीति सार्वजनिक नगर्नु एउटा प्रमुख खतरा हो ।
यो विषयमा थप केही प्रकाश परिदिनुहोस् न ।
रुसले त्यहाका मध्यपूर्वका स्थानीय सरकार वा शासन व्यवस्था जोगाउने नीति लिएको छ र संरा अमेरिकाले नाटोमार्फत त्यो क्षेत्रमा आफ्नो स्वार्थ रक्षा गर्न खोजिरहेको छ । यी दुई अन्तर्राष्ट्रिय शक्तिहरुले कुर्दहरुस“ग रणनीतिक सम्बन्ध कायम राखेका छन् तर उनीहरुले सरकारहरुस“ग सम्बन्ध पनि कसिलो बनाएकै छन् ।
संरा अमेरिकाले टर्कीलाई सिरिया कब्जा गर्न दिएको छ । रुसले दमास्कस सरकारलाई समर्थन गरिरहेको छ । के यसले ती शक्तिहरुले क्षेत्रीय राज्यहरुसग रणनीतिक सम्बन्ध कायम राख्ने नीति लिइरहेको देखाउ“दैन र ?
तथापि गएको महिना अंकारा र कुर्दहरुबीच तनाव चर्कियो र केही कुर्द शहरहरुलाई पूर्ण रुपमा ध्वस्त बनाइए । सन् २०१५ को जुलाईमा सेनापिनारमा दुई जना प्रहरीको हत्यास“गै पीकेकेले युद्धविराम भंग नगरेको भए कम्तीमा ती घटनाहरु हुनबाट त रोक्न सकिन्थ्यो नि होइन र ?
मारिएका ती दुई जना प्रहरीहरुले हामीलाई केही खबर नै नगरी आफ्नै मनलागी काम गरे भन्ने हाम्रो भनाई हो । तर आजको अवस्थालाई ती दुई जना प्रहरीको हत्यास“ग मात्र जोडेर विश्लेषण गर्न सकिंदैन ।
टर्कीको सत्तँसीन दल न्याय र विकास पार्टी (एकेपी)का एक जना अधिकारीले समेत हालै ती दुई जना प्रहरी गुलिनवादी(टर्कीका धार्मिक उपदेशक फेतुल्लाह गुलेनका अनुयायीहरु)ले हत्या गरेको कुरा स्वीकार गरिसकेका छन् । त्यो घटनालाई कुर्दहरुविरुद्धको लडाईलाई न्यायपूर्ण ठह¥याउन र गुलिनवादी आन्दोलनविरुद्ध संघर्षको लागि समेत प्रयोग गरिएको छ ।
पछाडि फर्केर हेर्दा एकेपी र राष्ट्रपति रेसेप तायप इर्डोगन सत्तामा हुनु टर्कीभित्रको नया“ परिस्थिति भएको हामी देख्छौं । उनीहरु एउटा नया“ टर्कीको स्थापना गर्न चाहन्छन् जसको संस्थापक नेता इर्डोगन हुनेछन् र संस्थापक पार्टी एकेपी हुनेछ । त्यसो गर्नु प्रथम गणराज्यविरुद्ध हुनेछ जसको संस्थापक नेता मुस्ताफा केमाल अट्टातुर्क थिए । टर्कीमा अहिले प्रथम गणराज्यका अन्तिम दिनहरु शुरु भइरहेका छन् भने द्वितीय गणराज्य उदाउन खोजिरहेको छ ।
केमालवादी राष्ट्रवादी शासनको ठाउ“मा एउटा मध्यमखाले इस्लामिक शासन ल्याउन खोज्नु टर्की र सो क्ष्ँेत्रको लागि अन्तर्राष्ट्रिय शक्तिको योजना हो । पश्चिमा शक्तिहरु र संरा अमेरिकाको सहयोग नह“ुदो हो त एकेपी सत्तँमा आउन सम्भव थिएन । केमालवादीहरु र टर्कीको सेनालाई कमजोर बनाउने र रिक्त बनेको ठाउमा आफ्नै तयारी मानिसहरु राख्ने यो आन्तरिक नीति हो ।
यो सबै कुरालाई सिंगो मध्यपूर्वलाई पुनर्संरचना गर्ने वृहत् खाकाभित्र सम्बोधन गरिनु पर्दछ । फेरि ती दुई जना प्रहरीको कुरा गरु । म तपाईलाई पूर्ण विश्वासका साथ भन्न सक्छु, उनीहरुभन्दा अघि टर्कीका अरु धेरै प्रहरीहरु मारिएका छन् । तर ती सबैलाई त्यत्ति महत्व र प्रचार गरिएको छैन जति यो घटनाबारे भइरहेको छ ।
तर टर्कीका विभिन्न कुर्द क्षेत्रमा तपाईहरुले पनि सुरुङ खन्ने र सशस्त्र मानिसहरु भएका चौकीहरु स्थापना गर्नुभयो । तपाईहरुका कारण शहरमा युद्ध निम्तिएको धेरैको आरोप छ नि ।
हामी टर्कीमा प्रजातान्त्रिकरण तथा कुर्द समस्या समाधानको लागि लडिरहेको चालीस वर्ष भइसकेको छ । हामी यी शर्तहरु नमान्ने कुनै पनि सरकारको वैधानिकता स्वीकार्न सक्दैनँैं । यसबाट वाईडीजी–एच(कुर्द युवा आन्दोलन)माथि शहरहरु ध्वस्त बनाएको भन्ने आरोप सही नहुने प्रष्ट बनाउ“छ । यो समुदाय आफै एकेपीको हमलाविरुद्ध आफूलाई जोगाउन लडिरहेको छ । यो पीकेकेले बनाएको योजना थिएन बरु वाईडीजी–एच र पीकेकेलाई समर्थन गर्ने जनताले चालेको कदम हो ।
जुन र नोभेम्बरमा भएका टर्कीका निर्वाचनहरुलाई हामीले तुलना गर्दा टर्कीमा कुर्दपक्षधर शक्तिहरुको परिणाम निकै खस्केको देखाएको छ । के टर्कीको राजनीतिक परिस्थितिमा क्वान्डिल क्षेत्रको प्रभावको ख्याल नगरी निर्णय गरिएको हो ?
जनतान्त्रिक पार्टी(एचडीपी)ले जुनको निर्वाचनमा १३ प्रतिशत मत ल्यायो । एचडीपीले त्यत्ति मत लिएपश्चात एकेपीले सरकार बनाउन बहुमत हासिल गर्न सकेन ।
निर्वाचन प्रक्रियापश्चात कसैले सरकार बनाउन नसक्ने अवस्था भए पछि त्यस परिस्थितिमा दुई वटा सम्भव निकास थिए । एकेपीले कुर्द समस्या प्रजातान्त्रिक तरिकाबाट समाधान गर्ने विकल्प रोज्न सक्थ्यो । तर एकेपीले त्यसको सट्टा विपक्ष्ँहरुलाई निम्त्यिान्न गर्न फासीवादी तरिकाले शासन चलाउने बाटो चुन्यो ।
जुन १ देखि नोभेम्बर १ सम्म एचडीपीले निर्वाचन प्रचार अभियान गर्न सकेन । एचडीपीका कार्यालयहरुमा आगजनी गरियो वा छापा मारियो । राजनीतिक जुलुसहरु निकाल्न दिइएन । एचपीडीका कार्यकर्ताहरुलाई धरपक्कड गरियो । प्रचार सामग्रीहरुलाई गैरकानुनी घोषणा गरियो । कुर्दहरुका राजनीतिक उम्मेद्वारहरुलाई टीभीमा बोल्न दिइन ।
सुरुक, अंकारा र दियारबकार…आदि स्थानहरुमा शिलशिलाबद्ध वम हमला भए पछि अवस्था अझ खराब भयो । नोभेम्बरको निर्वाचनमा यस्तै आतंकपूर्ण वातावरणले एचडीपी र अरु लोकतान्त्रिक शक्तिहरुको परिणाम खराब भयो ।
तपाईले ती हमलाहरुको त उल्लेख गर्नुभयो । तर कुर्दस्तान स्वतन्त्रता दलहरुले गरेका हमलामा परी हालै धेरै सर्वसाधारणको हतहती भएको कुरा त भन्नुभएन । तपाईहरुको उनीहरुस“ग के सम्बन्ध छ अथवा सम्बन्ध छ कि छैन ?
उनीहरुको तल्लो तहमा पीकेकेका पूर्व सदस्यहरु हुन सक्छन् । यो धेरैलाई थाहा भएको कुरा पनि हो । तर म यहा विशेष जोडका साथ प्रष्ट पार्न चाहन्छु–हाम्रो उनीहरुसग कुनै सम्बन्ध छैन । उनीहरु हामीलाई निस्क्रियताको आरोप लगाउने गर्छन् भने आफूलाई हामीभन्दा कडा एक्सन गर्ने समूहको रुपमा प्रस्तुत गर्ने गरेका छन् ।
जुलाई सन् २०१६ मा भएको असफल सत्तँविप्लवबाट टर्कीले साच्चै जब्बर खतराहरु भोगिरहेको र त्यस्ता खतरा बढिरहेको प्रमाणित गर्दैन र ?
बुझ्न बाकी अझ अस्पष्ट धेरै विषयहरु छन् । गुलिनवाली र केमालवादीहरुले सत्तँविप्लव गरेको हामीले थाहा पायौं । यो सत्तँविप्लवमा संरा अमेरिकाको पनि हात छ यद्यपि त्यो त्यत्ति ठूलो भूमिका भने थिएन ।
तर सबै घटना इर्डोगनका आ“खासामू भएका छन् । उनलाई के हुदैछ भन्ने थाहा नभएको कुरा विश्वास गर्न गाह«ो छ । इर्डोगनले यो सत्तँविप्लवलाई आफ्नै सत्तँविप्लव सही ठह¥याउन प्रयोग गरेका छन् । इर्डोगनविरुद्धका सबै विपक्षहरुलाई दबाउन उनले यो सत्तँविप्लवलाई प्रयोग गरेका छन् । इर्डोगनले यो सत्ताविप्लवमार्फत वास्तवमा आफूले चाहेका सबै उपलब्धि हासिल गरेका छन् ।
सयौं हजार मानिसहरुमाथि दमन गरिएको छ । वकिलदेखि शिक्ष्ँकसम्म । गैरसरकारी संस्थादेखि मजदुर संगठनसम्मलाई दबाइएको छ । उनको सत्ताको लागि खराब सबै शक्तिबाट उनले मुक्ति पाए । कुर्दिस उपमेयरलाई गिरफ्तार गरियो र सट्टामा आफ्नो भरपर्दो मानिसलाई नियुक्ति गरियो । इर्डोगनले सबै प्रजातान्त्रिक सञ्चारमाध्यमहरुका मुख थुन्ने काम गरे ।
इर्डोगनले हालै सिन्जर जिल्लालाई कुर्दशासित अर्को क्वान्डिल बन्न नदिने बताएका थिए । के तपाईहरुको लक्ष्य यही हो ?
सिन्जार कुर्दस्तानकै भाग हो । त्यहा मानिसहरुले नरसंहारको प्रयत्नको सामना गर्नु परेको थियो । त्यसकारण त्यहा“का मानिसहरुको नरसंहार नहोस् भनी सुरक्षाको जिम्मेवारी हामीमा छ । पछिल्ला दुई वर्षमा हामीले रोजाभा, किर्कुक, सिन्जर, माख्मुर…लगायत धेरै ठाउहरुमा कुर्दहरुको रक्षा गर्न सफल भएका छौं ।… तर आज एकेपीले पीकेके र कुर्दिस आन्दोलनलाई इर्डोगनको एकव्यक्ति शासन स्थापना गर्ने सपना साकार पार्न सबभन्दा ठूलो अवरोधको रुपमा देखेको छ । टर्कीले अब सिन्जार र क्वान्डिलमा चाडै सैनिक कार्यबाही गर्ने योजना बनाइरहेकाबँरे हामी सजग छौं ।
इराकी कुर्दस्तानका राष्ट्रपति मास्सोद बार्जान र इर्डोगनबीचको कार्यनीतिक सम्बन्धको तपाईले लगातार भत्र्सना गर्दै आउनुभएको छ । तर तपाई आफै भने तल–तल पेश्मेर्गा शक्ति(इराकी कुर्दस्तानको सैनिक बल) स“ग सहकार्य गरिरहनु भएको छ । के यो कुरा विरोधाभासपूर्ण भएन र ?
बार्जानका नीतिका कारण हामीले धेरै गम्भीर र गहिरो तनावको सामना गरिरहनु परेको छ । अंकारास“ग उनको रणनीतिक सम्बन्धले कुर्दहरुमाथि ज्यादै गम्भीर खतरा उत्पन्न भएको छ । ती खतराहरु भएर पनि हामी कुर्दहरुबीच आपसमा लड्ने–भिड्ने पक्ष्ँमा छैनौं किनभने हामी यतिबेला कुर्दहरुले धेरै उपलब्धि हासिल गरिरहेको समयमा छौं । यदि हामी संगठित भए हामी सफल हुनेछौं । तर अंकारासग बार्जानको सम्बन्ध नै कुर्दहरुबीच एकताको अवरोध बनिरहेको छ । हामी बार्जान कुर्दहरुसग एकता गरेको चाहन्छौं, टर्कीसग होइन ।
संरा अमेरिकाको राष्ट्रपति पदमा ट्रम्पको विजयको अर्थ कुर्द र मध्यपूर्वको लागि के हो ?
अमेरिकामा राष्ट्रपति परिवर्तनले केही कार्यनीतिक परिवर्तन हुने सक्छ तर रणनीतिक रुपमा कुनै परिवर्तन हुने छैन । हामीलाई ओबामाले गरेको कुरा छ । उनी साम्राज्यवादी नीतिमा टा“सिएर बसे । प्रजातन्त्र थोपर्ने वा यो क्षेत्रका जनताको हित हुने कुनै काम भने गरेनन् ।
उनीहरुले अराजकता र अस्थीरतामार्फत आफ्नो सुरक्षा सुनिश्चित गर्न विभिन्न पात्रहरुबीच तनाव श्रृजना गर्ने काम गरे । वाशिङ्टनले जनरक्ष्ाँ एकाई(वाईपीजी)लाई आईएसआईएसविरुद्धको लडाईमा हवाई आक्रमण गरेर सहयोग गरिरहेको छ जबकि उत्तरी सिरियाको जारबुलुस कब्जा गर्न टर्कीलाई वाशिङ्टनले नै सहयोग गरिरहेको छ । जारबुलुस कब्जामा वाशिङ्टनले सहयोग गरेर जेहादवादीहरुविरुद्ध कुर्दहरुले हासिल गरेका सफलतालाई खतरामा पार्ने काम भएको छ । अमेरिकी भए पनि, रुसी भए पनि प्रभुत्ववादी शक्ति कहिल्यै पनि प्रजातन्त्रवादी हुनसक्दैन । म अमेरिकाको आन्तरिक नीति त बुझ्दिन तर उसको विदेशी नीति जनताको लागि घातक छ र उसका ती नीतिहरुसग प्रजातन्त्रको केही लिनु–दिनु छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *