क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
मार्क्सवाद पूँजीवादको उत्थान, विकास र पतनको नियम हो। कार्लमार्क्सको समाधिमा ऐंगेल्सले जीव विकासको सिद्धान्त डार्विनले पत्ता लगाएजस्तै समाज विकासको नियम कार्लमार्क्सले पत्ता लगाएको बताएका थिए। दासहरूको विद्रोहले दास मालिकहरूको अन्त्य गर्यो, भूदास
(किसान) हरूको सङ्घर्षले जमिनदार र सामन्तहरूको अन्त्य गर्यो, मजदुर वर्गको सङ्घर्षले पूँजीवादी वर्गलाई अन्त्य गर्छ। कार्लमार्क्सको समाज विकासको नियमले यही बताउँछ। सन् १८७१ को पेरिस कम्युन मजदुर वर्गको पहिलो राज्य हो। मई ५ मा जन्मेका कार्लमार्क्स सन् १८८३ मा निधन भए। दुई वर्षपछि कार्लमार्क्सको जन्म दुई सय वर्ष पुग्दैछ।
कार्ल मार्क्स जन्मको दुईसय वर्षको अवसरमा नेपाल र विश्वकै कम्युनिष्ट आन्दोलनको अवस्थाबारे एमाले र माओवादी केन्द्रका केही नेताहरूले आयोजक समिति नै गठन गरी राष्ट्रिय भेला गरे। सो भेलामा एमालेका माधवकुमार नेपाल, वामदेव गौतम, माओवादी केन्द्रका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नेकपा संयुक्तका विष्णुबहादुर मानन्धर, गणेश शाह, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतले सम्बोधन गरे। काठमाडौंको नाचघरमा पुस ११ गते आयोजित सो भेलाको आयोजक समितिमा संयोजक एमालेका घनश्याम भुषाल र सहसंयोजकमा माओवादी केन्द्रका सुरेन्द्र कार्की थिए।
मार्क्सवाद–लेनिनवादले पूँजीवादी व्यवस्थाको संसदलाई क्रान्तिकारी उपयोग गर्छ। नेपालको संसदमा एमाले र माओवादी सङ्ख्याले बहुमत पुग्ने गरी उपस्थित छन्। तर ती दुवै पार्टी पूँजीवादी संसदको बहुमत प्राप्त गरी सरकारको नेतृत्वमा पुग्ने र पूँजीपति वर्गकै सेवा गर्ने होडबाजीमा छन्। एमाले र माओवादी केन्द्र मुश्किलले संयुक्त भएर सरकारमा पुगे। यी दुवै पार्टी नेकासँग मिलेर सरकारमा पुग्नु नै सहज ठान्छन्।
कम्युनिष्टहरू देशभक्त हुन्छन्, विस्तारवाद र साम्राज्यवादको विरोध गर्छन्। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधवकुमार नेपालको सरकारलाई भारतीय प्रमको सहयोगमा बनेको भन्दै बन्द हड्तालमै उत्रे। अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सशस्त्र द्वन्द्व भारतीय शासक वर्गकै सहयोगमा अगाडि बढेको र भारतको ट्रोजन हर्स साबित हुँदैछ। यस्तो स्थितिमा एमाले, माओवादी केन्द्रलगायत मिलेर मार्क्सवादबारे छलफल गर्ने कार्यक्रम ठट्टामात्र हुने स्पस्ट देखिन्छ।
हतियार बोक्ने सबै कम्युनिष्ट हुँदैन। नेकाले पनि हतियार उठाएको थियो। पृथ्वीनारायण शाहले पनि हतियार उठाए। राजा–महाराजाहरूको विरुद्ध पूँजीपति वर्गले पनि हतियार उठायो। भेलामा प्रचण्डले हतियारबाट सत्ता कब्जा गर्ने आधार सकिएको हो भनी प्रश्न गरे। त्यस्तै एमालेका माधवकुमार नेपाल र वामदेव गौतमले जनताको मत र प्रतिस्पर्धाबाट मात्र सत्ता कब्जा गर्न सकिने बताए। पूँजीवादी चुनावमा सत्ताको दुरुपयोगबाट पनि सत्ता प्राप्त गरिन्छ। यसकारण एमाले र माओवादी केन्द्र दुवैमा विचारमा खोट देखिंदै छ। यसलाई मार्क्सवादी सिद्धान्तबाट पखाल्नु आवश्यक छ।
मजदुर दैनिकको सम्पादकीय
Leave a Reply