परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौं, १३ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले सरकारले संसदमा दर्ता गरेको नेपालको संविधान दोस्रो संधोधनको प्रस्ताव फिर्ता लिएर संसदको गतिरोध अन्त्य गरेमात्र समितिका बैठकहरू प्रभावकारी हुने विचार राख्नुभयो ।
बुधबार संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा बोल्दै सांसद काफ्लेले नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घस्थित शान्ति सेनामा पठाउदा भारतले नेतृत्व गर्ने भारतीय सेनाध्यक्षले राखेको प्रस्ताव नेपालमाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘किसानहरूलाई म्याद नाघेको बीउ, गहु र मकैको दाना नलाग्ने बीउ बेच्ने कम्पनीलाई सरकारले कारबाही नगरेको कारण किसानहरूलाई समस्या भएको छ । त्यस्ता व्यापारीहरूलाई कारबाही गरी नोक्सान भएको क्षति त्यस्ता व्यापारीबाट भराउने कानुन बनाउनु आवश्यक छ ।’
नेपाल सरकारले आफ्नै लगानीमा रासायनिक मल कारखाना स्वदेशमा स्थापना गरेमात्र कृषि उत्पादन बढ्ने सांसद काफ्लेले बताउनुभयो ।
उहाले नेपालमा काम गर्ने स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाका कर्मचारीहरूलाई देश विदेश घुमाउने र भत्ता खुवाउने गरेका कारण सरकारी काम बिग्रंदै गएकोले त्यस्ता क्रियाकलापमा रोक लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
Leave a Reply