भर्खरै :

कामिलो भालिज्जो भन्छिन्, मजदुर संगठन आशाको किरण

चिली कम्युनिष्ट पार्टीको तर्फबाट चिलीको संसद सदस्य तथा पूर्वविद्यार्थी नेता कामिलो भालिज्जोले गएको डिसेम्बर १६ मा शताब्दी नामको स्थानीय अखबारमा लेख्दै निजी तथा सरकारी कार्यालयहरुमा कार्यरत मजदुरहरुको अधिकार रक्षा गर्नुपर्ने र त्यस्ता अधिकारअन्तर्गत संगठनको अधिकार पनि समावेश हुनुपर्ने बताएकी छिन् ।
केही प्रमुख सञ्चारमाध्यमहरुमार्फत् नवउदारवादका पक्षपातीहरुले लगातार गुणस्तरको कुनै पर्वाह नगरी रोजगारी श्रृजना नै सबभन्दा महत्वपूर्ण काम भएको हुनाले हाम्रो श्रमबजार ज्यादै लचिलो हुनुपर्ने कुरा गरिरहेका छन् । मेरो विचारमा यो हाम्रो देशका मजदुरहरुका दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने वैचारिक प्रश्न हो ।
भेलिज्जोले निकै नाफामा चलिरहेको होमसेन्टर कम्पनीको प्रसङ्ग उठाइन् । त्यो कम्पनीमा ८ हजार ३ सय मजदुर काम गरिरहेका छन् । ती मजदुरहरुले आफ्नो ज्याला ७ प्रतिशत बढाउन माग गर्दै २० दिनसम्म हड्ताल गरेका थिए । होमसेन्टरले मजदुरहरुका माग पूरा गर्न मानेका थिएनन् बरु उल्टै मजदुर संगठनभित्र विभाजनको प्रयास ग¥यो । मजदुरहरुका न्यायपूर्ण माग पूरा गर्न अस्वीकार गरेको होमसेन्टर कम्पनीका मालिक सोलारी परिवारले खानी उद्योगमा भने ५ करोड २० लाख डलर लगानी गरेको छ । अन्ततः मजदुरहरुले यो पटक आफ्नो ज्यालामा २ प्रतिशत वृद्धिमा चित्त बुझाउनु प¥यो । भालिज्जोले भनिन्,‘सबै संगठित मजदुर संगठनहरु आशाका किरण हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *