युद्धविराम भए पनि लेबनानमा इजरायली आक्रमण जारी
- जेष्ठ ८, २०८३
काभ्रे, १५ पुस । विश्व सर्वहारा वर्गका गुरु जेभी स्तालिनको १३८ औं र माओ त्से तुङको १२३ औं जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभे्र जिल्ला समितिको आयोजनामा शुक्रबार समितिद्वारा प्रकाशित ‘अभियान’ बुलेटिनको अक्टोबर क्रान्ति विशेषाङ्क सार्वजनिक गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं संसद–सदस्य अनुराधा थापामगरले संगठनका प्रकाशनहरुले विचारको प्रचार गर्ने भएकाले प्रकाशन गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहा“ले नेपालका केही कम्युनिष्ट पार्टीहरुले वर्तमान विश्वका कुनै पनि देश समाजवादी नभएको भन्दै गलत प्रचारबाजी गरिरहेको तर प्रजग कोरिया, क्युवालगायतका देशहरुले समाजवादी व्यवस्था अंगीकार गरिरहेको बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा भारतीय विस्तारवाद र संशोधनवाद सबभन्दा प्रमुख शत्रु भएको चर्चा गर्दै थापामगरले भन्नुभयो,‘नेपालमा कम्युनिष्ट आन्दोलनको विकास भए भारतमा पनि त्यसको प्रभाव पर्ने भन्दै भारतीय शासक वर्ग नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बनाउनु खोजिरहेका छन् ।’
नेमकिपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले अक्टोबर क्रान्तिको शतवार्षिकीको शुरुवातको रुपमा वर्षभरि विभिन्न गतिविधि गर्ने कार्यक्रमअनुसार काभ्रेका विद्यार्थीहरुले अक्टोबर क्रान्तिको विशेषाङ्क प्रकाशन गर्नु प्रशंसनीय भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले माक्र्सका विचारलाई बङ्ग्याएर समाजवादी आन्दोलन कमजोर बनाएका संशोधनवादी पार्टीहरु नै आफू माक्र्सवादी भएको प्रचार गर्नमा उद्दत्त भएको बताउनुभयो ।
आयोजम समितिका संयोजक तारा तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामहिलासङ्घका हिमाली रानामगर, डा.हरिप्रसाद मानन्धर ,भोला खरेल र तारा न्यौपानेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply