दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा
- आश्विन ८, २०८२
इस्लामावाद (पाकिस्तान), १२ वैशाख । युरोपियन युनियन (इयू) र संयुक्त राष्ट्रसङ्घको लागु औषध तथा अपराध कार्यालय (युएनओडिसी) ले आज पाकिस्तानमा आपराधिक घटनामा दण्ड तथा न्यायलाई सघाउन र आतङ्कवाद विरुद्धको कार्यक्रमलाई अघि बढाउन तीनवर्षे प्राविधिक योजनाको घोषणा गरिएको इयू तथा युएनओडिसीका अधिकारीले बताएका छन् ।
योजनाको पाकिस्तानको राजधानी इस्लामावादमा भएको एक समारोहबीच जानकारी गराइएको हो । योजनाअन्तर्गत यी दुई सङ्गठनले पाकिस्तानी सरकारलाई आतङ्कवाद विरुद्धको अभियानमा सघाउन ७० लाख ६१ हजार अमेरिकी डलरको सहयोग घोषणा गरिएको इस्लामावादस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।
आयोजनाले आतङ्कवादसम्बन्धी मुद्दामा न्यायका लागि वैज्ञानिक अध्ययन तथा अनुसन्धान प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको बताइएको छ । रासस÷सिन्ह्वा
Leave a Reply