भर्खरै :

‘चार अन्तर्राष्ट्रवादी पत्रकार’ बारे

समाज वर्गीय भएकोले पत्रकारिता क्षेत्र पनि त्यसबाट अछुतो छैन । आ–आफ्नो वर्गको सेवा गर्ने हेतुले पत्रिका, टीभी, एफएम, अनलाइनलगायत सञ्चालन भइरहेका छन् । त्यसैअनुसार पत्रकारहरू परिचालित हुने वा सक्रिय हुने गर्छन् । व्यापक मजदुर–किसानको पक्षमा सक्रिय हुने भनेका प्रगतिशील पत्रकार हुन् । पुँजीवादी र साम्राज्यवादीको पक्षमा सक्रिय हुने पत्रकार प्रतिक्रियावादी हुन् । प्रगतिशील वा शोषितवर्गका पत्रकारहरू बहुमत जनताको हितमा सत्य, न्याय, विवेक र परिवर्तनको लागि निरन्तर सक्रिय रहन्छन् । प्रतिक्रियावादी वा शोषकवर्गका पत्रकारहरू व्यापक जनतामाझ छलछाम र भ्रम फैलाउने कुचेष्टा गरिरहन्छन् । प्रगतिशील पत्रकारहरू आफ्नो देशमा मात्र होइन अन्य देशमा गएर पनि शोषितवर्गको पक्षमा कलम चलाउँछन् । तिनीहरू साम्राज्यवादको विरोधमा पनि लाग्छन् । व्यापक शोषित, पीडित जनताको न्यायपूर्ण सङ्घर्ष, आन्दोलन र क्रान्तिका सत्य–तथ्यलाई विश्वव्यापी प्रचार गर्न प्रगतिशील पत्रकारहरू सक्रिय हुन्छन् । तिनीहरू अन्तर्राष्ट्रियवादी पत्रकार हुन् ।
अमेरिकी पत्रकारहरू अन्ना लुइस स्ट्रङ, जोन रीड र एड्गर स्नो तथा अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेट अन्तर्राष्ट्रवादी पत्रकारहरू हुन् । ती चार अन्तर्राष्ट्रवादी पत्रकारहरूले पुँजीवाद र साम्राज्यवादको विरोध गर्दै विश्वभरका बहुमत मजदुर–किसानको पक्षमा आफ्नो कलम जिन्दगीभर चलाए । तिनीहरूले समाचार सङ्कलनको क्रममा अनेक दुःख, कष्ट, हण्डर, पीडाको सामना गर्नुप¥यो ।
वर्कर्स पब्लिकेसन्स्, नेपालले २०६७ पुसमा तिनै चार अन्तर्राष्ट्रवादी पत्रकारहरूको सङ्क्षिप्त जीवनी सङ्कलन गरेर पुस्तिकाको रूपमा प्रकाशित ग¥यो ।
अमेरिकाको प्रगतिशील परिवारमा जन्मेकी अन्ना लुइस स्ट्रङ संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन ‘साम्राज्यवाद कागजको बाघ भएजस्तै आणविक बम पनि कागजको बाघ हो ?’ भन्ने माओको सन्देश पु¥याउने बहादुर महिला पत्रकार हुन् । उनले रूस र चीनको कम्युनिस्ट सिद्धान्तको मतभेद र विवादबारे विश्वलाई जानकारी दिइन् । ८५ वर्षको जीवनमा ६० वर्षसम्म उनले प्रगतिशील पत्रकारितामा आफूलाई समर्पित गरिन् । अन्नाले संसारलाई रूस, चीन, भियतनाम, कम्बोडिया, लाओस्, स्पेन, मेक्सिकोलगायत देशमा पुग्दाका ऐतिहासिक घटनाहरूबारे विभिन्न पुस्तक, लेख र चिठीहरूमार्फत जानकारी दिएकी छिन् । अमेरिकामा जन्मेर चीनको पेकिङ्गमा उनको निधन भयो ।
अमेरिकाको खानदानी र सम्पन्न तर प्रगतिशील परिवारमा जन्मेका जोन रीडमा मजदुर आन्दोलन र सङ्घर्षमा लागेपछि मात्र विचारमा परिपक्वता आएको थियो । उनी कुनै घटनालाई टाढैबाट हेरेर वा कोठामा बसेर होइन कि वास्तविक घटना र कारण पत्ता लगाएर मजदुर–किसानलाई साँचो र सत्य–तथ्य कुरा बताउने गर्थे । उनी तटस्थ पत्रकार भएर न्यायको पक्षमा कलम चलाउँथे । उनी जुनसुकै सहर वा गाउँको मजदुर–किसानको आन्दोलनमा सक्रियरूपमा सहभागी भएर समर्थन गर्थे ।

चार अन्तर्राष्ट्रवादी पत्रकारको सङ्क्षिप्त जीवनी अध्ययन गर्ने बेलामा रूस, चीन, जापान, अमेरिका, कोरिया, मेक्सिको, भियतनाम, कम्बोडिया, लाओसलगायत देशका इतिहासका महत्वपूर्ण पक्षहरूको जानकारी लिन सकिन्छ । यो पुस्तिकाको अध्ययनले नयाँ पुस्ताका पत्रकारहरूलाई ऊर्जा प्राप्त हुन्छ, मार्गदर्शन प्राप्त हुन्छ । पुस्तिकाले अनेक दुःख, कष्ट, पीडा, जोखिमको सामना गरेर पनि व्यापक मजदुर–किसानको न्याय, सङ्घर्ष, परिवर्तन, आन्दोलनका समाचार सङ्कलन गरी प्रचार–प्रसार गर्नुपर्ने सन्देश नयाँ पुस्ताका पत्रकारहरूलाई दिएको छ ।

सन् १९१७ मा रूसमा भएको अक्टोबर क्रान्तिबारे विश्वलाई यथार्थ जानकारी दिन जोन रीडले ‘संसारलाई हल्लाउने दस दिन’ किताब लेखे । यस किताबले साहित्यमा नयाँ विधाको विकास गर्न योगदान ग¥यो । उनी रूसी सर्वहारा क्रान्तिका एक दर्शकमात्र थिएनन्, त्यसका समर्थक पनि थिए ।
माक्र्स, एँगेल्स र लेनिनका साहित्यको अध्ययनले जोन रीडको विचारलाई गहिरो र पक्का बनाइदिएको थियो । उनी पुँजीवादको गढ अमेरिकामै कम्युनिस्ट पार्टी स्थापना गर्न लागिपरेका अमेरिकी क्रान्तिका एक अग्रदूत बन्न सफल भए । उनले मजदुर आन्दोलन, सङ्घर्षलाई अङ्गाल्दै कलम चलाए । टाइफाइडको उपचार गर्दागर्दै ३३ वर्षको युवा उमेरमै रूसमा जोनरिडको अस्वाभाविक निधन भयो । उनले आफूलाई मजदुर–किसानको लागि अर्पण गरेका थिए । उनको निधन मजदुर–किसानको लागि ठूलो क्षति थियो । उनी बाल्यकालदेखि कवि, कथाकार, नाटककार थिए । सङ्घर्ष र लडाइँबीच समाचार सङ्कलन गर्ने एक सफल संवाददाता थिए ।
चिनियाँ जनता र संसारलाई चिनियाँ नेता माओ को हुन् र कस्ता छन् भनेर जानकारी दिने अमेरिकी पत्रकार एड्गर स्नो हुन् । बयानब्बे दिनको कठिन यात्रापछि चीनको पाओ आनमा नेता माओसँग स्नोले भेटेर चीनको इतिहास, माक्र्सवाद र पार्टीको इतिहासबारे कुराकानी गरे । पाओ आनमा तीन महिना बसेर फर्केपछि उनले सन् १९३७ मा बेलायतमा ‘चीनको आकाशमा रातो तारा’ पुस्तक प्रकाशित गरे । सोही पुस्तकबाट उनी विश्व प्रसिद्ध भए ।
चीन र संरा अमेरिकाबीचको सम्बन्ध सुधार्न भूमिका खेलेका एड्गर स्नो पेटको क्यान्सरबाट पीडित भए । ६७ वर्षको उमेरमा उपचारको क्रममा मजदुर–किसानका एक असल मित्र र पत्रकारको निधन भयो ।
अस्ट्रेलियाली पत्रकार विल्फ्रेड ग्राहम बर्चेट दक्षिणपूर्वी एसिया, खास गरेर हिन्द चीनको स्थितिको वास्तविक अवस्था संसारलाई अवगत गराउने पहिलो पत्रकार हुन् । १८–२० वर्षको उमेरमा उखुबारी र मिलमा काम गर्ने मजदुरहरूको मेहनत, अडान, एकता र सङ्घर्षशील भावनबाट उनी प्रभावित भएका थिए । साथै, उनले सङ्गठन र एकताले अनेक सफलता प्राप्त हुने पनि बुझे ।
जापानलाई आत्मसमर्पण गराउन संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्यो । इतिहासमा कहिल्यै नभएको संहार भयो । बर्चेट सन् १९४५ सेप्टेम्बर २ मा हिरोसिमा पुगे । त्यस विनाशपछि हिरोसिमा पुगेका पहिलो पश्चिमेली व्यक्ति उनी नै थिए । उनले आणविक बमको विकीरणलाई प्लेगको संज्ञा दिई विश्वलाई सचेत पार्ने काम गरे । उनले नै संरा सङ्घको नाममा संरा अमेरिकी साम्राज्यवादले कोरियामा गरेका अत्याचारहरू संसारभर उदाङ्ग्याए । उनले संरा अमेरिकाले कोरियामा किटाणु युद्ध चलाएको तथ्य संसारलाई बताए ।
सन् १९७१ मा अमेरिका र भियतनाम युद्धमा संरा अमेरिकी साम्राज्यवादले विषालु ग्यास, रासायनिक वस्तु र आगोसमेत लगाएर वनजङ्गल, गाउँ–सहर, खेत खलियानसमेत खरानी बनाएको थियो । नापाम बमले भियतनामी जनता अत्यन्त पीडित थिए । त्यस्तो अवस्थामा बर्चेटले सयौँ माइल पैदल यात्रा गरी समाचार सङ्कलन गरे । उनले भियतनामको वास्तविक अवस्थाको चित्रण गरी समाचार छपाए । उनी ७२ वर्षको उमेरमा क्यान्सर रोगबाट बिते ।
यसरी चार अन्तर्राष्ट्रवादी पत्रकारको सङ्क्षिप्त जीवनी अध्ययन गर्ने बेलामा रूस, चीन, जापान, अमेरिका, कोरिया, मेक्सिको, भियतनाम, कम्बोडिया, लाओसलगायत देशका इतिहासका महत्वपूर्ण पक्षहरूको जानकारी लिन सकिन्छ । यो पुस्तिकाको अध्ययनले नयाँ पुस्ताका पत्रकारहरूलाई ऊर्जा प्राप्त हुन्छ, मार्गदर्शन प्राप्त हुन्छ । पुस्तिकाले अनेक दुःख, कष्ट, पीडा, जोखिमको सामना गरेर पनि व्यापक मजदुर–किसानको न्याय, सङ्घर्ष, परिवर्तन, आन्दोलनका समाचार सङ्कलन गरी प्रचार–प्रसार गर्नुपर्ने सन्देश नयाँ पुस्ताका पत्रकारहरूलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *