भर्खरै :

माफियाको राज

(काठमाडौँको एउटा बस्तीका प्राध्यापक, चिकित्सक, कर्मचारी साँझ ६ बजे एक आपसमा जोडिएको घरको आ–आफ्नो कौसीमा सधैभैmँ भेट हुन्छ । एकआपसमा नमस्कार गर्छन् ।)
प्राध्यापक – “भारतसँगको खुला सीमा बन्द नहुँदा नेपालमा कोभिड–१९ सङ्क्रमण रोकथाम पनि नहुने भयो त है ¤?”
चिकित्सक – “सरकारले सहरका औद्योगिक क्षेत्र र मन्त्रीहरूको सुरक्षामा रहेका सशस्त्र प्रहरीलाई सिमानामा राख्ने बताएको चार महिना भयो । खोइ अहिलेसम्म कार्यान्वयन भएन ¤”
कर्मचारी – “सरकारभित्रका पार्टीमा पद र शुभलाभको लागि मारामार छ । प्रमुख प्रतिपक्षी पार्टी पनि पुतला जस्तै छ, कुनै प्रभावकारिता छैन ।”
प्राध्यापक – “बहुदलको तीस वर्षयता सत्तापक्ष र प्रमुख प्रतिपक्षको गतिविधि भागबण्डामा बित्यो । हामी कलेजमा विद्यार्थीलाई आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर प्रजातन्त्र भनेर पढाउँछौँ । रुसमा लेनिन नेतृत्वको बोल्शेविक पार्टीले निर्वाचनको क्रान्तिकारी उपयोग गरेको तर मेन्सेविकहरू त्यहाँको पुँजीवादी सरकारको लुछाचुँडीमा लागेको पढाउँछौँ । नेपालमा अहिले मेन्सेविकहरू नै देख्नुप¥यो, नेकपा पुरै नेकाको बाटोमा गयो ।”
चिकित्सक – “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले धेरै अगाडि नै पुँजीवादी सरकारमा गएका कम्युनिस्टहरू भाइकाङ्गे्रस भएको बताउनुभएको थियो । सरकारमा गएका यहाँका कम्युनिस्ट पार्टीको लेनिनवाद त खाओवादमा परिणत भयो ¤”
कर्मचारी – “हामी कर्मचारीहरू पनि बहुदलपछि केही परिवर्तन हुने अपेक्षामा थियौँ । पछि सरकारी पार्टीको टे«ड युनियनमा लागेपछि बिगे्रका हौँ । के गर्नु सरुवा–बढुवाको निम्ति सरकारी पार्टीका कर्मचारी बन्नैप¥यो ¤”
प्राध्यापक – “त्यही त संविधानमा रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने श्रमिकले मात्र टे«ड युनियन खोल्ने र सौदाबाजी गर्न पाउने अधिकार छ, तर… ।”
चिकित्सक – “के गर्नु हामी स्वास्थ्यकर्मी पनि सरकारी पार्टीकै पछि लाग्नुपर्ने अवस्था छ । राष्ट्रिय चिकित्सा आयोग गठन गरी करोडौँको चलखेलमा पूर्वाधार नै नभएका निजी मेडिकल कलेजलाई एमडीको कोटा वितरण भइरहेको छ । निजीकरणसँगै नेपालको बैङ्किङ्ग, शिक्षा र स्वास्थ्य सेवा बहुमत जनताको विरोधमा छ ।”
प्राध्यापक – “हामी त प्राध्यापक भन्नै लाज लाग्ने स्थिति छ । हामीले पढाएका नै मन्त्री, सांसद, सचिव, अधिकृत छन् । भ्रष्टाचार र अनियमितता बढेकै छ । नाम जे राखिए पनि नेपालमा पनि अमेरिका र बेलायतमा जस्तै ‘कर्पोरेट पार्टी’ को सरकार भयो । जताततै माफियाको राज छ ।”
कर्मचारी – “सरकारमा गएका पार्टी नेताहरूले बाटो बिराएपछि हामी कर्मचारीले पनि बाटो बिराउनुप¥यो । सरकारी नेतृत्वको इच्छाशक्ति नहुँदा महिला ओडारमा छाउ बसेको समाचार छापियो ।”
चिकित्सक – “त्यही त झापामा भ्यू टावर बन्दै छ, जब कि दमकका जनता स्वास्थ्य समस्या भए कि सिलगढी कि काठमाडौँ धाउनुपर्छ । हुम्ला–जुम्लाका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने कहिले ?”
प्राध्यापक – “यसपालि असिनाले स्याउ उत्पादन ५० प्रतिशत घट्यो तर जुम्ला, कालिकोटमा उत्पादित त्यति स्याउ पनि काठमाडौँ ल्याउने बन्दोवस्त छैन । जुम्लामै १० हजार हेक्टरसम्म स्याउ खेती हुने हो तर ३ हजार हेक्टर पनि भएको छैन । कृषिमन्त्री पनि ढँटुवा रैछन् ¤”
कर्मचारी – “नेपालमा २२ जातको सुन्तला फल्छ । विश्वकै गुणस्तरीय सुन्तला नेपालको रैछ ¤ पञ्चायतलाई तीस वर्ष विरोध गरेका दलका सरकारहरूले बर्सेनि अर्बाँै रूपैयाँको फलफुल आयात गर्दै छन् ।”
चिकित्सक – “एक चिकित्सक भएर म तपाईँहरूमार्फत सबैसँग आग्रह गर्छु– कोभिड–१९ सङ्क्रमण देखिएको ६ महिना नाघ्यो । यो भाइरस गत वर्षको सेप्टेम्बरमै अमेरिकाको हवाई टापूमा देखिएको हो । त्यसबेला सामान्य रुघाखोकी भनी बेवास्ता गरियो, अहिले संसारभर फैलियो । प्राध्यापक सा’बले भन्नुभएजस्तै यो भाइरस सङ्क्रमण रोक्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ, नेपालीलाई स्वदेशमा रोजगारी दिनुपर्छ । त्यसबाहेक सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउनुपर्दछ । सङ्क्रमित बिरामी र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई विभेद गर्नुहुँदैन ।”
प्राध्यापक – “यो भाइरसको सङ्क्रमण बढे केही नेपालीमात्र घरको आइसोलेसनमा बस्न सक्ने स्थितिमा छन् । यसकारण, यो रोगबाट पनि गरिव धेरै मर्दै छन् ।”
कर्मचारी – “कोभिड–१९ रोकथाम पनि माफिया पोस्ने निहुँ बनेको छ । सबै थाहा पाएर पनि बोल्न मिल्दैन । अब साँझको खाना खाने समय भयो, छुटौँ ¤”
(पर्दा बन्द ।)
समाप्त
२०७७ भाद्र १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *