भर्खरै :

नेविसंघ र अखिल क्रान्तिकारीबीच कुटाकाकुट

सत्तासीन माओवादी केन्द्र र नेपाली कांग्रेसका विद्यार्थी संगठनहरु अनेरास्ववियु क्रान्तिकारी र नेविसंघबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ ।
पmागुन १४ गतेको लागि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको घोषणालगत्तै क्याम्पसको भित्तामा कसले प्रचार लेखन गर्ने भन्ने विषयमा भएको विवाद कुटाकुटमा परिणत भएको हो । दोहोरो कुटाकुटमा परी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य गंगा दाहाल, बसन्ता भण्डारी, दर्शना नेपाली दिपा जोशी र देविका मिजार तथा नेविसंघका सीता मिजार घाइते भएका छन् ।
स्ववियु निर्वाचनको घोषणा लगत्तै यसप्रकारका कुटाकुट यसअघि पनि हुने गरेका थिए । निर्वाचनलाई विचारको प्रतिस्पर्धाभन्दा मुढेबलको प्रतिस्पर्धाको रुपमा लिने प्रवृत्तिका कारण यसप्रकारका समस्याहरु अन्यत्र पनि आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *