प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने पश्चिमा लहर र इजरायलको असन्तुष्टि
- आश्विन ९, २०८२
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ठूला दलका नेताहरू सत्ता समीकरणमा केन्द्रित हुन थालेका छन् । तर, जनताको मुख्य चाहना सत्ता समीकरण होइन । समयको गतिसँगै नयाँ सरकार गठन हुनसक्छ या हालको सरकारले नै निरन्तरता पाउन सक्छ । सरकार पुरानो या नयाँ जे भए पनि दलगत स्वार्थ हेर्नु हुँदैन । सत्ता समीकरणको नाउँमा दलहरू भागबन्डामा अल्झिएर समय बिताउनु हुँदैन । हालसम्मको सरकारले जनतालाई राहत हुनेखालको प्रत्याभूति दिन सकेन भने अबको सरकारले राहतको अनुभूति दिनुपर्छ ।
नयाँ सरकार गठन हुँदा सत्तासीन दलका नेता र मन्त्रीहरूमा जोश जाँगर हुन्छ । नयाँ सरकारले केही गर्नुपर्छ भनेर विगतको भन्दा केही फरक निर्णय गर्नसक्छ । एक दुई वटा नयाँ काम या विकासको कुरा गरेर जनताको विश्वास जित्ने प्रयास सरकारले गर्नसक्छ । यस्तो कार्य विगतमा पनि हुँदै आएको हो । संसद पुनस्र्थापना भएपछिको राजनीति कसरी अघि बढ्ने हो ? अहिले नै भन्न सकिने स्थिति छैन । कुन दलका नेताको नेतृत्वमा सरकार बन्छ भन्न सकिने स्थिति छैन ।
राजनीतिमा चर्चा एउटा हुन्छ, काम अर्को हुनसक्छ । एकथरी नेताहरू नैतिकताको आधारमा प्रम ओलीले राजीनामा दिनुपर्ने बताउँछन् भने अर्कोथरी नेताहरू प्रम ओली राजीनामा दिन बाध्य छैन भन्छन् । प्रम ओलीले राजीनामा दिए पनि या नदिए पनि सरकारको संरचना अहिलेको जस्तो हुनेछैन । झन्डै दुईतिहाइ मत प्राप्त सरकार नै अस्थिर र भागबन्डामा केन्द्रित भएको स्थितिमा अहिले बन्ने सरकारको स्थिति कति भरपर्दो होला भन्ने चिन्ता हरेक देशभक्त नागरिकलाई हुनु स्वाभाविक हो ।
के अबको सरकारले समाजवादउन्मुख अवधारणाअनुसार कार्य गर्छ ? तद्नुसार सरकारले नीति तथा कार्यक्रम बनाउँछ ? के कम्युनिस्टको सिद्धान्त, विचार र आचरणअनुसार सरकारले गतिविधि अघि बढाउँछ ? प्रतिनिधिसभा पुनस्र्थापना भएको अवसरमा उत्सव मनाउने नेकपाका नेताहरू सरकार गठन गरेपछि जनतालाई खुसी बनाउँछ कि बनाउँदैनन् ? प्रचण्ड–नेपाल नेकपाका नेताहरू पनि ओलीझैँ मात्तिने त होइनन् ? आफ्ना पक्षको नेताको सरकार नबन्दै नेमकिपाका कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा सामेल हुन दबाब दिने, धम्की दिने नेकपाका नेताहरू सरकारको नेतृत्वमा पुगेपछि के गर्ने हो ? प्रचण्ड–नेपाल नेकपामा अहिले नै शक्तिको मात चढेको छ भने सरकारमा पुगेपछि के हुने हो ? चिन्ताको विषय छ ।
Leave a Reply