भर्खरै :

अमेरिकी अन्त्यहीन युद्धको असफलता र अफगानिस्तान

सन् २००१ को ९÷११ हमलाको लागि जिम्मेवार अल कायदाका सदस्यहरूलाई लुकाएको अहिलेसम्म पुष्टि नभएको आरोपमा संरा अमेरिकाले अफगानिस्तानमा हमला ग¥यो । हमला थालेको दुई दसकपछि तालिवान शक्तिले अफगान राजधानी काबुलमाथि कब्जा जमाएको छ । संरा अमेरिका र पश्चिमका धेरै मानिसले सामाजिक सञ्जालमार्फत् यो पराजयप्रति दुःख मनाउ गरेका छन् ।
यसरी दुःख मनाउ गर्नेहरूमध्ये सन् २०२० को संरा अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार मारियन विलियमसन पनि हुन् । उनलाई संरा अमेरिकी राजनीतिक वृत्तमा दुवै डेमोक्रेटिक र रिपब्लिकन पार्टीका ख¥हो आलोचक मानिन्छ । तथापि, अफगानिस्तानमा सत्ता परिवर्तनप्रति उनको प्रतिक्रियाले संरा अमेरिका संस्थापनकै धारणा अभिव्यक्त गरेको छ ।
विलियमसनले अफगानिस्तानबाट संरा अमेरिका फर्किने समय नभएको र सबै प्रगतिशील राजनीतिक नेता र राजनीतिक विश्लेषकहरूलाई त्यहाँबाट मनग्य सङ्ख्यामा मान्छे, विशेषतः महिलालाई उद्धार गर्न नसकुञ्जेल संरा अमेरिका त्यहीँ रहनुपर्ने पक्षमा वकालत गर्न माग गरिन् ।
विलियमनसनलगायत धेरै अन्य संरा अमेरिकी विश्लेषकहरूले युद्धले निम्त्याएको विनाशको निम्ति संरा अमेरिकी भूमिकालाई बेवास्ता गरेका छन् । अहिलेको राजनीतिक सङ्क्रमणअघि अफगानिस्तानमा हिंसा सामान्य कुरा बनेको थियो । सन् २००१ मा लडाइँ सुरु भएयता अफगानिस्तानमा २ लाखभन्दा बढी मानिस मारिएका छन् । यो अवधिमा अफगानिस्तानका जनताले आफ्नो आर्थिक अवस्था क्रमशः खराब बन्दै गएको देखेका छन् । त्यहाँको वार्षिक बेरोजगारी दर १० प्रतिशतभन्दा माथि छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ६ सय अमेरिकी डलरभन्दा कम छ । चार जना अफगानीमध्ये तीनजनाले खाद्य असुरक्षा सामना गरिरहेका छन् ।
विलियमसनले संरा अमेरिकाले अफगान महिलाहरूको सुरक्षा गर्नुपर्ने माग गर्दैगर्दा त्यहाँ महिलाहरूको अवस्था सन् २००१ यता संरा अमेरिकाले युद्ध थोपरेपछि निकै खस्केको थियो । अहिले दुई–तिहाइ अफगान छोरीहरूले विद्यालय जान पाएका छैनन् । महिलाहरूको ठुलो सङ्ख्या अशिक्षित छन् । अफगानिस्तानमा आत्महत्या गर्ने कुल सङ्ख्याको ८० प्रतिशत महिलाहरू छन् । अफगानिस्तानमा महिलाहरूले सामना गरिरहेका समस्याको उत्तर संरा अमेरिकी हस्तक्षेप कहिल्यै पनि थिएन, यो प्रस्ट हो ।
खासमा संरा अमेरिकाले सैनिक लक्ष्यले प्रचारबाजीमार्फत बारम्बार मानवअधिकारको विषयको दुरूपयोग गर्दैै आएका छन् । संरा अमेरिकाको अन्त्यहीन युद्धको आयामले वाशिङ्टन नै संसारमा मानवअधिकारको मुखिया ठान्छ । यो पर्दाले संरा अमेरिकाको प्रभुत्ववादी महत्वाकांक्षालाई ‘असल मनसाय’ को आवरणमा ढाकछोप गर्छ । यसप्रकार मानव अधिकार दमनको विचारधारा बनेको छ जो जातिवादी र सैन्यवादी दुवै चरित्रको छ ।
सत्य के हो भने संरा अमेरिकाले कुनै पनि देशमा सैनिकरूपमा हमला गर्दा मानवअधिकार खोसिने गर्छ । अफगानिस्तान यसको उदाहरण हो । सन् १९४५ उता संरा अमेरिकाले संसारका पचासभन्दा बढी विदेशी सरकारलाई सत्ताच्युत गर्ने प्रयास गरेको छ । यी सैनिक हमलाको क्रममा सन् २०११ सम्ममा कम्तीमा ३ करोड मानिसले ज्यान गुमाइसकेका छन् ।
सन् २००३ मा इराकमाथि संरा अमेरिकी सैनिक हमला हुँदा आठ वर्षको अवधिमा दस लाखभन्दा बढी मानिस घाइते भएका थिए । पूर्ण आकारको हस्तक्षेपअघि संरा अमेरिकी नाकाबन्दीले इराकमा ५ लाखभन्दा बढी बालबालिका मारिएको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।
ठुलो सङ्ख्यामा मानिसको हताहती संरा अमेरिकी युद्धको एउटा मात्र नतिजा हो । अफगानिस्तानको अवस्थाले देखाएजस्तै संरा अमेरिकी युद्धले आर्थिक, सामाजिक र वातावरणीय अस्थिरता निम्त्याउने गर्छ । संरा अमेरिकी नाकाबन्दीले अनावश्यक मृत्युमात्र निम्त्याएको छैन बरु बजारमा पहुँच सीमित गरेर व्यापक स्तरमा गरिबी पनि बढाएको छ ।
उदाहरणको लागि सिरियाबारे कुरा गरौं । सिरियाको एकतिहाइ भूभागमा संरा अमेरिका परिचालित विद्रोहले नियन्त्रण जमाइसकेको थियो । संरा अमेरिकी नाकाबन्दीकै कारण ती क्षेत्रमा सबै सामानको मूल्य अचाक्ली बढेको थियो । युद्धले पृथ्वीको पर्यावरणमा पनि ठुलो क्षति पुग्ने गरेको छ । संरा अमेरिकी सेना आफै एउटा देश हुँदा हो त पृथ्वीलाई प्रदूषण फैलाउनेको क्रमावलीमा उसको स्थान ४७ औं स्थानमा आउने गर्छ ।
अफगानिस्तानमा विध्वंस मच्चाउन संरा अमेरिकाले उल्लेखनीय भूमिका खेलेको हुनाले संरा अमेरिकाको अन्त्यहीन युद्धको नीतिको विश्वव्यापी वैधानिकता गुामएको छ । मत सर्वेक्षणले संसारभरका जनताले संरा अमेरिकालाई विश्व शान्तिको निम्ति सबभन्दा ठुलो चुनौती ठान्ने देखाएको छ ।
चीन र उसको साझेदार देश रुसले विश्व शासन व्यवस्थामा वैकल्पिक दृष्टिकोण अघि सारेको छ । त्यो हो–बहुध्रुवीयता । साना–ठुला सबै देशको सहभागितामा अन्तर्राष्ट्रिय कानुनअनुसार उनीहरूलाई उचित सम्मान दिएर विश्वव्यापी समस्या समाधान गर्न बहुधु्रवीयताले निश्चित पद्धति बनाइदिन्छ ।
संरा अमेरिकाले चीन र रुसलाई जतिसुकै राक्षसीकरण गरे पनि बहुधु्रवीयताको अवधारणाको लोकप्रियता संसारमा दिनानुदिन बढ्दै गएको छ । एसियाली पूर्वाधार लगानी बैङ्क, साङ्घाई सहकार्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको रक्षाको लागि मित्रहरूको सङ्गठनजस्ता बहुपक्षीय संस्थाको बढ्दो सङ्ख्याले बहुधु्रवीयताको बढ्दो लोकप्रियता पुष्टि गरेको छ । त्यसका साथै चीनको बेल्ट एन्ड रोड परियोजनाले विकासशील देशहरूलाई आर्थिक अवसर देखाएको छ । संरा अमेरिकाको सैन्यवाद र क्षेत्रीय अस्थिरताले यस्तो अवसर दिन सकेको थिएन ।
संरा अमेरिकी अन्त्यहीन युद्धको अफगानिस्तानमा असफलताले सैन्यवादले निम्त्याउने अथाह परिणामको समाधान शान्ति मात्र हुन सक्ने देखाएको छ । संसार आज युद्धको कारण क्लान्त बनेको छ । देशहरूलाई आत्मनिर्णयको अधिकार र सार्वभौम विकासको अधिकार दिइनुपर्छ । संयुक्त राष्ट्र सङ्घको बडापत्रमा त्यस्ता अधिकारको सुरक्षा गरिएको छ । दुर्भाग्यवश यो अधिकारलाई अफगानिस्तान र अन्यत्र पनि संरा अमेरिकाले अझै पनि सम्मान गर्न सकेको छैन ।
(लेखक ड्यानी हैफोङ स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद : मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *