नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
१९ औँ शताब्दीको मध्यसम्म पनि बेलायत र फ्रान्सको तुलनामा जर्मनी पछि थियो । बेलायतका कारखानाहरूमा हातले भन्दा कलले काम गर्न थालेको थियो । कलले काम गर्दा धेरै छिटो र सस्तो पर्दथ्यो । हातले काम गर्दा ढिलो हुन्थ्यो र ज्याला पनि बढी पर्दथ्यो । त्यसले गर्दा सामानको मूल्यमा वृद्धि हुन्थ्यो । तर, कलले गर्दा १०–१२ जवान मजदुरहरूको काम एउटैले गर्न सकिन्थ्यो । छिटो पनि सिधिन्थ्यो । यसकारण, बेलायतको लुगा (कपडा) सस्तो हुन्थ्यो ।
बेलायतको सस्तो कपडा जर्मनीमा समेत पुग्यो । जर्मनीको बजार बेलायती कपडाले भरिन थाल्यो । त्यसले गर्दा जर्मनीमै तयार भएको कपडा बिक्न छोडे । जर्मनीको कपडा नबिक्दा जर्मनीका कपडा बुन्ने जुलाहा मजदुरहरूले काम पाउन छोड्यो । अब कपडा बुन्न दिने धनी र पुँजीपतिहरूले मजदुरहरूलाई ज्याला कम दिन थाले ।
त्यसबेला जर्मनीमा बेलायतमा जस्तै सयौँ मजदुरहरूले काम गर्ने ठुलठुला कारखाना पनि बनिसकेको थिएन । कारखानाका मालिक वा साहूहरू गाउँ गाउँ वा घर घरमा कपास र धागो अथवा आधा तयारी सामान दिएर काम लगाउँथे । ती जुलाहाहरू खेतमा पनि काम गर्थे; कपडा बुन्ने काम पनि गर्थे । हाम्रो घर घरमा चर्खा र तान भएजस्तै त्यहाँ पनि घर घरमा काम गर्थे र साहूलाई बुझाउन जान्थे । तर ती जुलाहा मजदुरहरू मौसममा खेती पनि गर्थे । जमिनदारहरू तिनीहरूसँग बढी बाली लिन्थे । तिनीहरूले सामन्त र जमिनदारहरूलाई बेठ–बेगारी र रकम तिर्नु पर्दथ्यो । हाम्रो नेपालमा पनि २००७ सालभन्दा पहिले बिनापैसाले सामन्त, शाह, राणा, जमिनदार र बिर्तावालहरू कहाँ काम गर्न जानु पर्दथ्यो । त्यसलाई ‘झारा’ वा बेठ–बेगारी भनिन्थ्यो । त्यस्तै मौका मौकामा घिउ, बोका, हरियो तरकारी, पराल, कमेरो आदि तिर्नु पर्दथ्यो । जर्मनीका किसानहरूले पनि त्यसबेला जमिनदारवर्गलाई रकम तिर्नु पर्दथ्यो । तर, त्यहाँका जमिनदारहरूले त्यो रकम पैसामा असुल गर्दथे । किसानहरूले ‘शिकारी कर’ भनेर अलगै कर सामन्तहरूलाई तिर्नु पर्दथ्यो । किसानहरू सिकार खेल्दैनथे वा खेले पनि सा¥है कम खेल्थे । तर, शिकारको कर भने सबैले तिर्नै पर्दथ्यो– सिकार खेलून् वा नखेलून् । फेरि ती जुलाहा किसानहरूसँग तिनीहरूले कपडा बुनेबापत उत्पादन कर तिर्नु पर्दथ्यो । यसप्रकार त्यसबेला जर्मनीका किसान जुलाहाहरू सामन्त र जमिनदारहरूबाट सा¥है चुसिएका र थिचिएका थिए । अर्कोतिर कपडा बुन्न दिने साहू–महाजन, व्यापारी र पुँजीपतिहरूबाट पनि तिनीहरू त्यतिकै चुसिएका थिए । तिनीहरू जुलाहाहरूलाई कम ज्याला दिन्थे र धेरै काम लिन्थे । यसकारण जर्मनीका किसान र मजदुरहरू सा¥है रिसाएका थिए ।
सन् १८४४ को कुरा हो । जर्मनीमा सिलेसिया भन्ने एक प्रान्त थियो । अहिले सिलेसिया (SILESIA) प्रान्त पोलायन्डमा पर्दछ । पोलायन्डको दक्षिण–पश्चिममा परेको सिलेसियाको सहर ब्रेस्ला (BRESLAU) थियो । ब्रेस्लालाई रोस्ला (WROCLAW) पनि भनिन्थ्यो । यो ओदर नदीको किनारमा अवस्थित छ । त्यहाँ कपडा बुन्ने काम हुन्थ्यो । बेलायतको कपडाको सामानले त्यो ठाउँ भरिदियो । यसले गर्दा त्यहाँका मजदुरहरूलाई नराम्रो असर पर्यो । जुलाहाहरू बेकार भए र कति भोकै मरे ।
ज्वानजिगर भन्ने त्यहाँको कपडा कारखानाको एउटा ठुलो मालिक थियो । ऊ सा¥है निर्दयी र चुसाहा थियो । त्यसको नोकरचाकर र जाँचकीहरूले जुलाहा मजदुरहरूलाई स–साना कुरामा पनि कोर्दाले हान्थे र कपाल लुछ्थे । एकछिन चुप लागेमा वा सामानमा केही तल माथि हुनासाथै तिनीहरूले मजदुरहरूलाई पशुसरह व्यवहार गर्थे । त्यसकारण, सिलेसियाली जुलाहा मजदुरहरू ज्वानजिगर र उसका दलाल र पिछलग्गूहरूसँग सा¥है रिसाएका थिए । ज्वानजिगर र उसका कुकुरहरूको विरोधमा त्यहाँका जुलाहा मजदुरहरूले गीत बनाएका थिए । गीत गाएर आफ्नो रिस र असन्तोष पोख्थे । गीत यस्तो थियो–
ज्वानजिगरहरू ज्यानमारा हुन् सबै,
पिछलग्गूहरू, मद्दत गर्छन् उसलाई राम्रै ।
कोर्दा हान्छन्, कपाल लुछ्छन्, सा¥है हामीलाई,
बनाइदिन्छन् नरक हाम्रो जीवनलाई ।
हृदय नभएका तिनीहरू जङ्गलीहरू, पशुहरू,
ज्वानजिगर ती राक्षसहरूका मालिक हुन् ।
लुछ्छन्, पिट्छन्, चिर्थोछन् हामीलाई तिनीहरू,
मोज उडाउँछन्, हाम्रो दुःख कष्टमा तिनीहरू ।
सन् १८४४ को एक दिनको कुरो हो । एकजना मजदुर उसको घरकै तललिरबाट त्यस गीत गाएर गइरहेको थियो । ज्वानजिगरका नोकरहरूले त्यस गीतलाई सुने । ती नोकरहरूले त्यस मजदुरलाई समातेर साह्रै नराम्रोसँग पिटे । तिनीहरूले उसलाई पिट्दै घिसार्दै पुलिस थानामा लगे । पुलिस अफिसमा पनि उनी सा¥है पिटिए ।
एक मजदुरमाथि भएको अन्यायको खबर नजिकैको दुई गाउँमा बिजुलीजस्तै फैलियो । जुलाहा मजदुरहरू ज्वानजिगरको अत्याचारदेखि झन् रिसाए । त्यसको बदला लिन दुबै गाउँका मजदुरहरू र किसानहरू आँधीजस्तै उठे । तिनीहरू आँधी–बेहरीसरि रिसाएर ज्वानजिगरको घरमा हुर्रिए । तिनीहरूले उसको घरका सामानहरूलाई भाँचकुँच गरिदिए । ओछ्यान र लत्ता कपडालाई च्यातचुत पारिदिए । भाँडाकुँडा, रिकापी, थालहरू फोरिदिए । दराज, टेबुल, मेचजस्ता सामानहरू टुक्रा टुक्रा पारिदिए । घरका भित्ता र दलिनमाथि मोडेका सिलिङ र इलाचाहरू सबै बिगारिदिए । मजदुर र किसानसँग लेखाएर लिइराखेको नक्कली सकली किर्ते तमसुक, कागज र बहीखाता सबै निकाले र ध्वस्त पारिदिए, आगो लगाइदिए । कारखानाका थुप्रै कल पुर्जा टुक्रा गरेर मिल्काइदिए ।
यो कुरो शोषक सरकारमा पुग्यो । सरकार मजदुर र किसानहरूलाई दबाउन चाहन्थ्यो । ४ वटा तोपसँगै ४ पल्टन सिपाही सरकारले त्यहाँ पठायो । त्यसमा केही घोडचढी सेना पनि थियो । शोषकवर्गका पाल्तु सेनाले मजदुरहरूमाथि गोली हान्यो, तिनीहरूको गोलीबाट १२ जवान मजदुरहरू ठहरै मरे । २४ जवान मजदुरहरू घाइते भए ।
त्यस हत्याकाण्डले मजदुरहरू झन् रिसाए । सङ्घर्ष बढ्दै गयो । स्थितिलाई पल्टनले साम्य पार्न सकेन । स्थिति नियन्त्रण गर्न धेरै दिन लाग्यो । काम–मामको समस्याले थुप्रै मजदुरहरू भोकै मरे । अकाल पर्यो । भोकमरी र टाइफाइड भने विषम ज्वरको रोग फैलेर हजारौँ जुलाहा परिवार मरे ।

सिलेसियाली जुलाहा विद्रोहको शिक्षा
फ्रान्सको लियोन सहरका मजदुरहरूले जनवादी गणतन्त्र र तिनीहरूको ‘भविष्य’ को निम्ति विद्रोह गरेका थिए । बेलायतको मागपत्रको आन्दोलनमा त्यहाँका मजदुरहरूले चुनावमा भाग लिन पाउनु पर्छ भनेर लडेका थिए । कामको घण्टा निश्चित गर्ने र आर्थिक अवस्था सुधारको माग र विद्रोह गरेका थिए । तर सिलेसियाली मजदुरहरूले यस्तो कुनै माग र विद्रोह गरेका थिएनन् । तिनीहरूले आफ्नो वर्ग भाइलाई शोषकवर्गले हात हालेको र अन्याय अत्याचार गरेकोमा बदला लिन सङ्घर्ष गरेका थिए । तिनीहरूले शोषकवर्गमाथिको घृणा र असन्तोषलाई मात्रै सबैको अगाडि देखाइदिएका थिए ।
सिलेसियाली जुलाहाहरूले तिनीहरू एक शक्ति हुन् र तिनीहरू पनि केही गर्न सक्दछन् भन्ने कुरो देखाइ दिए । जर्मनीका मजदुरवर्ग पनि एक बलियो शक्ति हो भन्ने देखाइदिए । मजदुरहरूको सङ्गठन र संयुक्त गतिविधि एउटा ठुलो बल हुन्छ भन्ने कुरो सबैलाई बताइदियो । त्यो नै सिलेसियाली जुलाहाहरूको विद्रोहको शिक्षा थियो ।
निष्कर्ष
फ्रान्स, बेलायत र जर्मनीका त्यसबेलाका मजदुर आन्दोलनहरूमा मजदुरवर्गको सिधा भिडन्त पुँजीवादी र सामन्तीवर्गको शासन सत्तासँग हुन गयो । त्यसले दुई चार कुरोलाई देखाइदियो । पहिलो, शोषकवर्गको राज्यसत्तासँग मजदुरवर्गको भिडन्त अनिवार्य छ । दोस्रो, मजदुरवर्गले भिडन्त गर्न सक्छ । तेस्रो, मजदुरवर्ग उठ्दो वर्ग हो । चौथो, सामन्तवादजस्तै पुँजीवाद खतम हुन्छ । पाँचाँै, मजदुरवर्ग राज्यसत्ताको निम्ति लड्नेछ र राज्यसत्तालाई कब्जा गर्नेछ ।
विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट
Leave a Reply