भर्खरै :

दक्षिण एसियाबारे भारतले आफ्नो सोच बद्ल्न जरुरी छ

गएको मंगलबार चीनका उपप्रधानमन्त्री वाङ याङ र उनका नेपाली समकक्षी विजयकुमार गच्छदारबीच द्विपक्षीय भेटवार्ता भयो । दुवै पक्षबीच चीन र नेपालबीच बहुआयामिक सहकार्य थप अघि बढाउन साझा प्रयास गर्नेमा सहमति हुनुका साथै केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि भए ।
पश्चिमा सञ्चारमाध्यमहरूले वाङको भ्रमणका उपलब्धिको प्रचार गरे तर साथै उनीहरूले भारतको पीडा पनि उजागर गरे । द फाइनासियल टाइम्सको चिनियाँ संस्करणमा प्रकाशित एक लेखमा चीनसँग नेपालको निकटताले भारतलाई हतास बनाएको उल्लेख छ ।
दक्षिण एसियाली देशहरूले अरू प्रमुख शक्तिसँग विकास गरेको सम्बन्धप्रति नयाँ दिल्लीको चासो बाँगो छ । दक्षिण एसियाप्रति भारतीय बुझाई नयाँ युग सुहाउँदो छैन । बेलायती उपनिवेशवादको अन्त्यपश्चात भारत दक्षिण एसिया क्षेत्रको प्रभावशाली शक्ति बन्यो । शीतयुद्धकालीन युगमा अरू क्षेत्रमा प्रमुख शक्तिहरू एकआपसमा लडिरहेका थिए र भारतको क्षेत्रीय प्रभुत्ववादबारे चासो दिने समय नै थिएन ।
तर संसारमा विश्वव्यापीकरण भइरहेको छ । दक्षिण एसियाली देशहरू पनि जाग्दैछन् । अरू साना देशलाई आफ्नो नियन्त्रणमा लिने र उनीहरूको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने भारतको सोच म्याद नाघेको सोच हो ।

ल्याटिन अमेरिकी देशहरूले विश्वका अरू देशसँग सम्बन्ध बिस्तार गर्दा संरा अमेरिकाले समेत अवरोध गर्ने गर्दैन । पूर्व सोभियत संघका गणराज्यहरूसँग अरू देशले सम्बन्ध बिस्तार गर्दा रुसले समेत रोक्ने गर्दैन ।

आज संसारका सबै देशको मुल चासो आर्थिक र सामाजिक विकास हो र त्यसको लागि वैदेशिक सम्बन्ध बिस्तार पूर्वशर्त हो । अन्तर्राष्ट्रिय सम्बन्धमा भूराजनीतिको विशेष महत्व कमजोर बन्दै गइरहेको छ । सधैंभरि अन्तर–राज्य सम्बन्ध नै प्रमुख चासोको विषय हुने गर्दैन । भारतको छिमेकमा रहेका साना देशहरूले चीनसँग सदाशयताका साथ सम्बन्ध विकास गर्नसक्छन् र त्यसो गरेर चीनले कुनै तेस्रो पक्षलाई आँच पु¥याइरहेको हुँदैन । तर भारतको पुरानो सोचले ती गैरराजनीतिक सम्बन्धलाई भूराजनीतिको आँखाले हेर्ने गरेको छ ।
भारतले भुटानलाई संरा संघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूसँग कुटनीतिक सम्बन्ध बिस्तार गर्न दिएको छैन । विश्व मञ्चमा यो मनपरी काम पछाडि कुनै तर्क छैन । भारतको त्यस्ता असामान्य नियन्त्रण न त भुटानलाई स्वीकार्य भइरहेको छ न त नेपाललाई नै ।
भारतले आफ्नो शीतयुद्धकालीन मानसिकता र क्षेत्रीय प्रभुत्ववादी सोच त्याग्न सक्नुपर्दछ । त्यसो गरे चीनको विकासलाई उसले खतराको रूपमा भन्दा पनि विशाल सम्भावनाको रूपमा देख्न सक्नेछ । अनि त्यसो गरे चीनले सिमानामा बाटो बनाएकै कारण उसले खतराको घण्टी बजेको महसुस गर्ने छैन । चिनियाँ भूमिमा भारतीय सेना पठाएर चिनियाँ निर्माणकार्यलाई रोक्ने छैन ।
भारतको सोच यति साँघुरो छ कि सीमामा बाटो बनाउनुलाई उसले चीन र भारतबीचको रणनीतिक खतराको रूपमा हेर्ने गरेको छ ।
भारतले दक्षिण एसियाका साना देशलाई आफ्नो बगलीमा भएको सोच्छ । यसले भारतसँग विश्वव्यापी दृष्टिकोणको अभाव भएको प्रमाणित गर्दछ । ल्याटिन अमेरिकी देशहरूले विश्वका अरू देशसँग सम्बन्ध बिस्तार गर्दा संरा अमेरिकाले समेत अवरोध गर्ने गर्दैन । पूर्व सोभियत संघका गणराज्यहरूसँग अरू देशले सम्बन्ध बिस्तार गर्दा रुसले समेत रोक्ने गर्दैन ।
भारतले दक्षिण एसियाली देशहरू र बाहिरी विश्वप्रति आफ्नो मनसाय प्रष्ट बनाउनुपर्दछ । विश्वलाई खतरा र चुनौतीको रूपमा मात्र हेर्ने दृष्टिदोषलाई त्यागेर खुला दिमागबाट सोच्न जरुरी छ ।
संसारका कुनै पनि प्रमुख शक्ति भारतलाई आफ्नो शत्रु बनाउन चाहँदैन वा नतिजा शुन्य हुने भूराजनीतिक खेल खेल्न चाहँदैन । हिमालयको दक्षिणमा रहेका देशहरूले चीन र भारतसँग समान मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने अधिकार राख्छन् र त्यसो गर्दा दुवै चीन र भारतको हितमा आँच आउने होइन ।
ग्लोबल टाइम्सको सम्पादकीय
नेपाली अनुवादः राज

Leave a Reply

Your email address will not be published. Required fields are marked *