भर्खरै :

“विश्वव्यापी जैविक सुरक्षा सुशासनमा चीनले योगदान पु¥याइरहेको छ”

“विश्वव्यापी जैविक सुरक्षा सुशासनमा चीनले योगदान पु¥याइरहेको छ”

जैविक हतियार विश्व महासन्धि (बीडब्ल्यूसी) को सुदृढीकरणसम्बन्धी कार्य समूहको दोस्रो बैठक अगस्ट ७ मा स्विजरल्याण्डको जेनेभामा सुरु भयो । यो बैठक गतवर्ष आयोजित नवौँ बीडब्ल्यूसी समीक्षा सम्मेलनको परिणामहरूमध्ये एक हो र यसको उद्देश्य बीडब्ल्यूसी महासन्धिको प्रभावकारितालाई अझ सुदृढ पार्नु र व्यापक परिपालनलाई बढावा दिनु हो ।
जैविक सुरक्षा सबै मानवताको साझा हितसँग सम्बन्धित छ । हाल, विश्वव्यापी जैविक सुरक्षा प्रशासनले नयाँ चुनौती र महत्वपूर्ण अवसरहरूको सामना गरिरहेको छ । एकातिर, जैविक प्रविधि (बायोटेक्नोलोजी) मा भएको प्रगतिले उत्पादकत्व वृद्धि र मानव जातिको कल्याणलाई बढावा दिइरहेको छ भने अर्कोतर्फ, जैविक सुरक्षाको आवेग र विस्तार बढ्दै जाँदा परम्परागत जैविक सुरक्षा मुद्दाहरू उदीयमान जैविक सुरक्षा जोखिमहरूसँग खप्टिने (दोहोरोपन) भइरहेका छन्, जसले विश्वव्यापी जैविक सुरक्षा परिदृश्यलाई अझ जटिल बनाइरहेको छ । विश्वव्यापी जैविक सुरक्षा सुशासनलाई कसरी सुदृढ गर्ने र विकाससँग सुरक्षालाई सन्तुलनमा राख्ने कुरा अन्तर्राष्ट्रिय समुदायको साझा कार्य भएको छ ।
जैविक सुरक्षाको क्षेत्रमा नयाँ परिस्थिति, चुनौती र समस्याहरूको सामना गर्दै चीन व्यवस्थित शासनको पालना गर्दछ । आफ्नो बायोसेक्युरिटी डिफेन्सलाई निरन्तर सुदृढ पार्दै चीनले विश्वव्यापी जैविक सुरक्षा शासनमा सक्रिय रूपमा भाग लिन्छ र चिनियाँ बुद्धिमत्ता र समाधानहरूको साथ सकारात्मक योगदान दिन्छ ।
चीनले विश्वव्यापी सुरक्षा पहल अघि बढाएको छ र आधिकारिकरूपमा ग्लोबल सुरक्षा पहल अवधारणा पत्र जारी गरेको छ र सबै राष्ट्रहरूलाई परम्परागत र गैर–परम्परागत क्षेत्रहरूमा सुरक्षा कायम गर्न प्रतिबद्ध रहन आह्वान गरेको छ । यसले सबै देशहरूलाई विश्वव्यापी शासनमा व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभका सिद्धान्तहरू अभ्यास गर्न र जैविक सुरक्षालगायत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्न प्रोत्साहित गर्दछ ।
बीडब्ल्यूसी महासन्धि विश्वव्यापी जैविक सुरक्षा शासनको एक महत्वपूर्ण आधारशिला हो । हस्ताक्षरका लागि खुला भएको ५० वर्षभन्दा बढीमा यसले जैविक सुरक्षा खतराहरू रोक्न र जैविक प्रविधिको शान्तिपूर्ण प्रयोगलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ ।
चीनले स्पष्टरूपमा बीडब्ल्यूसीलाई सुदृढ पार्ने वकालत गरेको छ र मौलिकरूपमा परिपालन सुनिश्चित गर्न बहुपक्षीय वार्ताका माध्यमबाट प्रमाणीकरण संयन्त्रको स्थापनालाई जोडदार रूपमा प्रवद्र्धन गरेको छ ।
देशले जहिले पनि जैविक हतियारलगायत सामूहिक विनाशका सबै हतियारहरूको पूर्ण निषेध र पूर्ण विनाशको वकालत गरेको छ र जैविक हतियार र सम्बन्धित प्रविधिहरूको प्रसारको दृढतापूर्वक विरोध गर्दछ ।
चीन बीडब्ल्यूसी महासन्धिको लक्ष्य र उद्देश्यप्रति दृढतापूर्वक प्रतिवद्ध छ, व्यापक र कडाइका साथ आफ्ना दायित्वहरू पूरा गर्दछ र सक्रियरूपमा बीडब्ल्यूसीको प्रभावकारिता बढाउन बहुपक्षीय प्रक्रियाहरूमा भाग लिन्छ र समर्थन गर्दछ ।
अप्रिल २०२१ मा, चीनको जैविक सुरक्षा कानून औपचारिकरूपमा लागू भयो, जसले चीनलाई बीडब्ल्यूसी लागू गर्नको लागि बलियो कानुनी र संस्थागत आधार प्रदान ग¥यो । चीनले पनि अन्तर्राष्ट्रिय कानुनमा रहेको अन्तरलाई थप सम्बोधन गर्न जैविक आतङ्कवादको दमनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा वार्ताको सक्रिय वकालत गरेको छ ।
हालैका वर्षहरूमा जैविक प्रविधिको दुरूपयोग र दुरूपयोगको जोखिमले ठूलो ध्यान आकर्षित गरेको छ । चीनले बीडब्ल्यूसी राज्य पक्षहरूलाई समयसँग तालमेल राख्न, विश्वव्यापी सुरक्षा र सबै मानवजातिको साझा विकासको दृष्टिकोणलाई समर्थन गर्न, बीडब्ल्यूसी ढाँचाअन्तर्गत जैविक प्रविधिको विकासमा विचार–विमर्शलाई बलियो बनाउन, जिम्मेवार जैविक अनुसन्धानलाई प्रवद्र्धन गर्न र आवश्यक स्वैच्छिक आचार संहिताहरू निर्माण गर्न समर्थन गर्दछ ।
यस स्थितिको आधारमा चीनले विभिन्न देशहरूसँग गहिरो छलफल ग¥यो र जुलाई २०२१ मा वैज्ञानिकहरूका लागि आचारसंहिताहरूका लागि तियानजिन बायोसेक्युरिटी दिशानिर्देशहरूमा पुग्यो । अनुसन्धान प्रक्रिया व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगमा नैतिक मापदण्ड, कानुन र मापदण्डहरू, अनुसन्धानको जिम्मेवार आचरणलगायतका दस प्रमुख मार्गदर्शक सिद्धान्तहरू अगाडि राख्यो ।
सम्पूर्ण प्रक्रिया र जैविक अनुसन्धानको सम्पूर्ण शृङ्खलालाई समेट्दै तियानजिन दिशानिर्देशहरूले अन्तर्राष्ट्रिय समुदायको सहमतिलाई पूर्णरूपमा प्रतिबिम्बित गर्दछ र विश्वव्यापी जैविक प्रविधिको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिन महत्वपूर्ण योगदान पु¥याउँछ ।
नवौं समीक्षा सम्मेलन र बीडब्ल्यूसीको राज्य पक्षहरूको बैठकमा, तियान्जिन दिशानिर्देशहरूले व्यापक ध्यान र प्रशंसा पाए । चिनियाँ प्रस्तावबाट उत्पत्ति भएको तर सम्पूर्ण विश्वसँग सम्बन्धित, टियानजिन दिशानिर्देशहरूले जैविक अनुसन्धान गतिविधिहरूलाई थप मानकीकरण गर्न अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको दृढ सङ्कल्पलाई पूर्णरूपमा प्रदर्शन गर्दछ । यसले पूर्णरूपमा प्रमाणित गर्दछ कि विज्ञानमा आधारित र उच्च प्रतिनिधि अन्तर्राष्ट्रिय प्रक्रियाहरू विश्वव्यापी जैविक सुरक्षा सुशासन र सम्बन्धित अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ गर्न प्रभावकारी दृष्टिकोण हुन सक्छ ।
जैविक र अन्य क्षेत्रमा विज्ञान प्रविधिको विकासको लाभांश बाँड्न विकासशील देशहरूको मागलाई जवाफ दिँदै चीनले संयुक्त राष्ट्रसङ्घीय महासभामा “अन्तर्राष्ट्रिय सुरक्षाको सन्दर्भमा शान्तिपूर्ण प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन” प्रस्ताव प्रस्तुत गरेको छ ।
यसले संयुक्त राष्ट्रसङ्घीय महासभा संरचनाअन्तर्गत खुला र समावेशी संवाद प्रक्रिया सुरु ग¥यो, जुन विज्ञान प्रविधिको विकासले उत्पन्न गरेको सुरक्षा चुनौतीहरू सामना गर्न, अझ न्यायोचित र व्यावहारिक निर्यात नियन्त्रण व्यवस्था निर्माण गर्न, विज्ञान र प्रविधिको शान्तिपूर्ण प्रयोगका लागि सबै देशहरूको वैधानिक अधिकार र हितहरूको रक्षा गर्न र समस्यालाई सम्बोधन गर्न ठूलो महत्वको रूपमा लिइएको छ ।
यो प्रस्ताव संयुक्त राष्ट्र महासभामा लगातार दुई वर्षदेखि पारित भएको छ र अन्तर्राष्ट्रिय समुदायले यसलाई व्यापकरूपमा स्वागत गरेको छ ।
एउटा चिनियाँ आहान छ, “अगाडिको यात्रा लामो र कठिन हुन सक्छ, तर निरन्तर कार्यहरूसँगै हामी अन्ततः हाम्रो गन्तव्यमा पुग्न सक्छौंँ ।” चीनले मानव जातिको साझा भविष्य भएको समुदाय निर्माण गर्ने, अन्तर्राष्ट्रिय समुदायसँग मिलेर विश्वव्यापी जैविक सुरक्षा सुशासनको प्रवद्र्धन गर्ने र विश्वव्यापी सुरक्षा र साझा विकास हासिल गर्न थप योगदान दिनेछ ।
अनुवाद : प्रकाश

पिपुल्स डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *