सम्पादकीय

  • कर्मचारी सङ्गठनको जमिनदारी

    मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक चिकित्सक प्रा.डा. ध्रुवराज अधिकारीको राजीनामा पत्र ‘भाइरल’ (ज्यादै चर्चित) बन्यो । देशकै सबभन्दा पुरानो सरकारी वीर अस्पतालका न्युरो सर्जरी एकाइका प्रमुख अधिकारीले स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरेर सो पत्र लेखेका छन् । ‘पूर्वाग्रहसाथ दुःख दिएको र चाकडी र घूससमेत मागेअनुसार दिन अक्षम हुँदा राजीनामा दिएको’ उनको राजीनामा पत्रमा लेखिएको छ । नेपालको कर्मचारीतन्त्रमा व्याप्त विकृतिको सानो […]

  • राष्ट्रपति राजा बन्दा भलो नहोला

    गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रकै झझल्को दिने सुविधा भोग गरिरहेको भनी चर्को आलोचना भइरहेको समयमा राष्ट्रपतिको लागि गाडी किन्न अठार करोड बजेट विनियोजन गरेको समाचारले नेपाली जनतालाई आजीत बनाएको छ । राष्ट्रपतिको ‘सवारी’ मा पूरै सडक ठप्प बनाउँदा सर्वसाधारणले घण्टौं सवारी जाम झेल्नुपरेको कारण त्यसै पनि राष्ट्रपति लगातार आलोचनाको पात्र बनिरहेकी छिन् । यो आलोचनाको सम्बोधन गर्न कुनै […]

  • विद्यार्थी आन्दोलनका निको नभएको घाउ

    आइतबारका अधिकांश ब्रोडसीट अखबारको पहिलो पृष्ठमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घसम्बन्धी समाचार प्राथमिकताका साथ छापियो । तोकिएको समयमा नेविसङ्घको महाधिवेशन हुन सकेन, त्यसकारण अब के गर्ने भन्ने विषयमा भएको विवाद नै ती समाचारको मूल आशय थियो । छलफलको पहिलो प्रश्न, के त्यो घटना देशका ब्रोडसीट अखबारको पहिलो पृष्ठमा छापिने महत्वको घटना हो ? नेविसङ्घमा नेतृत्वको […]

  • सरकारको घट्दो तेज

    दुईतिहाइ बहुमत बोकेर सत्तारोहण गरेको ओली सरकार एकपछि अर्को धरापमा पर्दै गएको छ । जुन उत्साह र उन्मादका साथ सरकार गठन भएको थियो, त्यसमा क्रमशः क्षयीकरण हुँदै गएको छ । चुनावी घोषणापत्रका कुरा त परै छाडौं, सरकार गठनपछि प्रधानमन्त्री र मन्त्रीहरूबाट व्यक्त प्रतिबद्धतासमेत पूरा हुन सकेका छैनन् । यातायात क्षेत्रमा सिन्डिकेट हटाउने गृहमन्त्रीको घोषणाले जुन आशा जगाएको थियो, […]

  • अस्पताल आफैं रोगको घर !

    अस्पताल अस्वस्थ मानिसलाई स्वस्थ बनाउने ठाउँ हो । तर अधिकांश सरकारी अस्पतालहरूको वातावरण बिरामी नभएका स्वस्थ मानिसलाई समेत अस्वस्थ बनाउने खालको छ । बिरामीको उपचार गर्ने ठाउँको वातावरण अझ बढी सफा र स्वच्छ हुनुपर्ने हो । वातावरण फोहोर र अस्वस्थकर बन्दा अस्वस्थ मानिस त प्रभावित हुन्छन् नै, स्वस्थ मानिस पनि बिरामी पर्ने सम्भावना रहन्छ । […]

  • सरकारी कार्यालयका अपव्यय

    सिंहदरबार र विभिन्न प्रमुख सरकारी कार्यालयका प्राङ्गणमा थन्काइएका सरकारी नम्बर प्लेटका सवारी साधनले राज्यकोषको अपव्ययतिर मात्र सङ्केत गरेको छैन, बरू सरकारी कर्मचारीहरूबीच झाङ्गिएको सुविधाभोगी प्रवृत्ति पनि सतहमा ल्याएको छ । नेपाल संसारकै सबभन्दा गरीब देशमध्ये पर्दछ । अझै पनि बहुमत नेपाली जनता गरिबीको रेखामुनि जीवनयापन गर्न बाध्य छन् । आफ्नै देशमा रोजगारको बन्दोबस्त नहुँदा दैनिक सयौंको सङ्ख्यामा नेपाली […]

  • छठको शुभकामना !

    साँस्कृतिक चाड छठ आज भव्यताका साथ मनाइँदै छ । नेपालका सबै जातजाति, भाषाभाषी र क्षेत्रका चाडबाडका आ–आफ्ना सांस्कृतिक र सामाजिक महत्व छन् । सामाजिक एकतालाई बलियो बनाउन यस्ता चाडबाडले विशेष भूमिका खेलिरहेका हुन्छन् । धर्मप्रतिको विश्वास र आस्था व्यक्तिको निजी मामिला हो । चाडबाडसँग जोडिएको किंवदन्तीको वैज्ञानिकता पनि समयको कस्सीमा जाँचिने गर्दछ । तर चाडबाडले समाजमा गाडेको सांस्कृतिक महत्व भने […]

  • आत्मवृत्तान्तको लहर

    पुस्तक बजारमा एकपछि अर्का आत्मवृत्तान्तका पुस्तकहरू आइरहेका छन् । महिना दिन बिराएर विभिन्न क्षेत्रमा परिचय बनाएका व्यक्तिहरूका आत्मवृत्तान्त प्रकाशनको लहर चलिरहेको छ । यो लहरले नेपाली सहरिया समाजमा उँभोलाग्दो पुस्तक अध्ययन संस्कृतितर्फ सङ्गेत गरेको छ । मानिसहरू पुस्तक पढ्न र पुस्तकप्रति चासो राख्न थालेका छन् भन्ने कुरा यो लहरले देखाएको छ । विकास र सभ्यताको इतिहासमा पुस्तकको भूमिकालाई कसैले […]