भर्खरै :

आइन्स्टाइनको दैनिकीमा जातिवाद र अझै ज्यँदो जातिवाद

– ल्यु यान
विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९२० दशकको सुरूमा लेखेको यात्रा दैनिकीको श्रृङ्खला हालै भेटियो । संसार प्रसिद्ध वैज्ञानिकका ती दैनिकीमा निकै जातिवादी र विदेशीप्रति घृणाका भावना लेखिएको भेटियो । यो दैनिकी सार्वजनिक आएसँगै आइन्स्टाइन विश्वका मिडियामा फेरि फरक सन्दर्भमा छाएका छन् । उनले आफ्नो उक्त दैनिकीमा चिनियाँलाई ‘शारीरिक रुपमा परिश्रमी, फोहोरी, मन्दबुद्धि मानिस…उनीहरू फरक खालका बथानजस्तो राष्ट्र हो, मानिसभन्दा बढी उनीहरू प्रायशः स्वचालित यन्त्र जस्ता छन् ।’ भनी लेखेको भेटिएको समाचारहरूमा उल्लेख छ । यो नयाँ कुराले आइन्स्टाइनको प्रतिष्ठित छविमा केही धक्का पुगेको छ ।
आइन्स्टाइन आफै यहुदी हुन् । उनले संरा अमेरिकामा भएका नागरिक अधिकार आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए । काला वर्णका मानिसमाथि हुने गरेका दुव्र्यवहारको उनले विरोध गरेका थिए । त्यसो त आइन्स्टाइनको दैनिकी आजभन्दा एक सय वर्षअघि लेखिएको थियो । त्यत्तिबेला जातिवादविरोधी विचारले पूर्ण आकार पनि लिइसकेको थिएन । तथापि महान् वैज्ञानिकको यस्तो विचारले उनीप्रति धेरैले गरेको अपेक्षामा पानी खन्याइदिएको छ ।
एसियाली जनताविरुद्ध जातिवाद बारम्बार देखिने गरेको छ । धेरै पटक त्यस्ता जातिवादी गतिविधिलाई क्षमायाचनासँगै बिर्सने गरिन्छ । टी–सर्टमा कुनै चित्र छापेर होस् वा कोही सुपरमोडलले आँखा चिम्से बनाएर वा टीभीका कार्यक्रम सञ्चालकले हृदयहीन टिप्पणी गरेर यस्ता जातिवादी घृणा प्रदर्शन हुने गरेका छन् ।
 
आइन्स्टाइन जातिवादी थिए वा थिएनन् र उनको धारणालाई आजको मानवअधिकारसम्बन्धी मापदण्डभित्र राखेर मूल्याड्ढन गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा चीनका इन्टरनेट प्रयोगकर्ताबीच आज चर्को बहस भइरहेको छ । आइन्स्टाइनले सन् १९२२ मा चीन, जापान र अरु केही एसियाली देशहरूको भ्रमण गरेका थिए । त्यत्तिबेला पश्चिमा र पूर्वी सभ्यताबीचको दूरी निकै फराकिलो थियो । पहिलो विश्वयुद्धमा भोगेको अपमानको पीडाबाट चीन बाहिर निस्किन सकेको थिएन । चीनभित्रकै युद्धसरदारहरूबीच भएको लडाइँमा चीन फसेको थियो । सामन्ती शासन भत्किसकेको थियो तर गणतान्त्रिक प्रणालीले राम्ररी काम गरिसकेको थिएन ।
आइन्स्टाइनको डायरीको पृष्ठभूमि त्यो थियो । चीनका विख्यात लेखक लु सुन(१८८१–१९३६) ले यही अवधिमा आफ्ना उपन्यासहरू लेखेका थिए । तात्कालीन समयमा चिनियाँ समाजको अँध्यारो पक्षलाई उजागर गरेर र त्यो कालरात्रीबाट चिनियाँ जनतालाई बाहिर ल्याउने चाहना देखाएर उनले आफ्नो ख्याती राखे ।
आइन्स्टाइनलाई उनको जातिवादी दृष्टिकोणप्रति क्षमा दिन सकिन्न । जातीय समानताको लागि सङ्घर्ष लामो र निकै कष्टप्रद बन्दै आएको छ । आइन्स्टाइनले पनि आफ्ना दैनिक कुराकानीमा यस्तै विचार व्यक्त गरेको हुनुपर्दछ ।
त्यत्तिबेला जातिवादको विरोधमा सही राजनीतिक लाइन हँदो हो त कसैले पनि कुनै एउटा सि·ो जातिविरुद्ध यस्ता अपमानजनक टिप्पणी गर्ने थिएन । साथै आइनस्टाइनले आफ्ना त्यस्ता विचार निजी डायरीमा लेख्न चाहेको कुरा सन्देहस्पद पनि छ । तर आइन्स्टाइन जातिवादप्रति कमजोर भावना भएको समाजका मानिस थिए ।
उन्नाइसौं शताब्दीको उत्तराद्र्ध र बीसौं शताब्दीको पूर्वाद्र्धसम्म संरा अमेरिकी राजनीतिमा एसियाबाट गएका आप्रवासीविरुद्ध घृणाको भावना राख्नुलाई स्वाभाविक मानिन्थ्यो । दोस्रो विश्वयुद्धताका यहुदीविरुद्ध हिंसा निकै बढेको थियो ।
आजको समाजमा जातिवादप्रतिको सार्वजनिक असहिष्णुताकै कारण आइन्स्टाइनको दैनिकी लेखेको एक शताब्दीपश्चात अहिले विवादको केन्द्रमा फसेको हो । देश–देशबीच विकासमा असमानता छ तर कोही पनि सार्वजनिक व्यक्तित्वले कुनै जातिविरुद्ध खुला वा गोप्य तरिकाबाट अपमानजनक टिप्पणी गर्नु राजनीतिक आत्महत्यासरह हुनेछ । सार्वजनिक व्यक्तिहरूले कुनै विषयमा टिप्पणी गर्नुअघि सही राजनीतिक दिशाप्रति ध्यान दिन जरुरी छ ।
आइन्स्टाइनको दैनिकीमाथि चर्को बहस छेडिनुको एउटा अर्को कारण, ‘के अझै मन्द रुपमा जातिवाद जिउँदो छ ?’ भन्ने प्रश्न नै हो । केही पश्चिमा मिडियाका समाचारहरूले चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले आइन्स्टाइनका जातिवादी टिप्पणीको विरोध गरे भनी प्रचारमा ल्याए । ती मिडियाहरूले एसियालीहरूविरुद्ध जातिवाद अझै अस्तित्वमा बाँकी छ वा छैन भन्नेबारे सोधखोज गरे अझ उत्तम हुने थियो ।
एसियाली जनताविरुद्ध जातिवाद बारम्बार देखिने गरेको छ । धेरै पटक त्यस्ता जातिवादी गतिविधिलाई क्षमायाचनासँगै बिर्सने गरिन्छ । टी–सर्टमा कुनै चित्र छापेर होस् वा कोही सुपरमोडलले आँखा चिम्से बनाएर वा टीभीका कार्यक्रम सञ्चालकले हृदयहीन टिप्पणी गरेर यस्ता जातिवादी घृणा प्रदर्शन हुने गरेका छन् ।
हर्वार्ड विश्वविद्यालयमा एसियाली विद्यार्थीहरूको उत्कृष्ट नतिजा ल्याउन सफल भएर पनि एसियाली विद्यार्थीहरू त्यहाँ जातिवादको शिकार बन्न बाध्य छन् । एसियालीहरू आज पनि सम्मानजनक र सहज व्यवहारका लागि लडिरहनु परेको छ । विगतको तुलनामा त्यस्ता अपमानजनक घृणाभावमा ठूलो परिवर्तन भइसकेको छ तर यो कुनै न कुनै रुपमा अझै बाँकी भने छ ।
जातिवादी भावना अझै बाँकी नै छ । आइन्स्टाइनलाई जातिवादी हो वा होइन भनी छिनोफानो गर्नुभन्दा पहिले हामीले आफू जातिवादी भए–नभएको जाँच्नु उचित हुनेछ । एक सय वर्षपछि पनि जातिवाद चालू रहेकोमा के आश्चर्यको विषय होइन ? यो प्रश्नका जवाफ तत्काल दिन गाह«ो हुनसक्छ तर यसले लामो समयसम्म हामीलाई छोड्ने छैन ।
लेखक ग्लोबल टाइम्सका टिप्पणीकार हुन् ।
अनुवादःसुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *