भर्खरै :

भक्तपुर नगरको परम्परागत शैली कायम राख्ने प्रयास जारी

(भक्तपुर नगरपालिकाको तेस्रो नगरसभाबाट पारित बजेट सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिको शनिबार व्यक्त मन्तव्य)
सर्वप्रथम २०७५ असार २८ गतेको विनासकारी बाढीले भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूको सम्पति तथा स्थानीय भौतिक पूर्वाधारहरूमा क्षति पुगेकोमा भक्तपुर नगरपालिकाको तर्फबाट दुःख व्यक्त गर्दछौं । विपदको बेला विभिन्न रुपमा सहयोग गर्ने जनप्रतिनिधिहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी, सङ्घसंस्था, कर्मचारी र स्थानीय जनसमुदायहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
बाढी प्रभावित क्षेत्रमा खानेपानी, फोहरमैला व्यवस्थापन, ढल निकासजस्ता विषयमा भनपाले ध्यान दियो । असार २९ गते बसेको नगरपालिकाको बोर्ड बैठकले विभिन्न क्षेत्रमा प्रभावकारी सहयोग गर्न रु. २० लाख विनियोजन ग¥यो ।
हामीले बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको पूर्ण नियन्त्रण गर्न नसके पनि न्यूनीकरण अवश्य गर्नसक्छौं । नगरपालिकाले निर्धारण गरेको खोलाको मापदण्डविपरीत घर निर्माण गर्नु, खोलाको जग्गा अतिक्रमण गर्नु र व्यक्तिगत स्वार्थमा खोला फर्काउनेजस्ता कारणहरूले थप क्षति हुन गएको देखिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
आव २०७४÷०७५ मा रु. १ अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेका थियौं । असार २९ गतेसम्ममा नगरपालिका कोषमा १ अर्ब १८ करोड ७२ लाख १० हजार देखिएको छ । हामीले आम्दानी र खर्चलाई सन्तुलन मिलाउदै आएका छौं ।
चालू आवमा कर सहज रुपमा सङ्कलनको लागि भनपाले टोल टोलमा कर टोली परिचालन ग¥यो । बढीभन्दा बढी नगरवासीहरूलाई करको घेरामा ल्याउन घर जग्गा मूल्याड्ढनमा लिंदै आएको करमा ५० प्रतिशत छुटको व्यवस्था ग¥यौं साथै सफाइ कर नियमित गर्न घर घरमा बाल्टिन वितरणसँगै सफाइ कर अनिवार्य ग¥यौं । जनताले सहज रुपमा कर तिरेको हाम्रो अनुभव छ ।
कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने भावना जगाउन घर जग्गा मूल्याड्ढन करमा दिंदै आएको छुटको व्यवस्थालाई निरन्तरता दिंदै आगामी आव २०७५÷०७६ को असोज महिनासम्म कर तिर्र्ने नगरवासीहरूलाई सोही वर्षको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छौं ।
भक्तपुर नगरपालिकाको तेस्रो नगरसभा २०७५ असार ८ गतेदेखि असार २९ गतेसम्म चल्यो । असार ८ गते नगर प्रमुखले सभासमक्ष आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने असार १० गते नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरी सोही दिन उपप्रमुख रजनी जोशीले आव २०७५÷०७६ को बजेट सभामा पेश गर्नुभयो । नगरसभाले आव २०७५।०७६ लागि चालूतर्फ ८७ करोड ९३ लाख ८८ हजार र पँुजीगततर्फ ८५ करोड ४६ लाख १२ हजार गरी कूल रु. १ अर्ब ७३ करोड ४० लाखको बजेट पारित ग¥यो ।
नेपाल सरकारबाट सःशर्त अनुदान २९ करोड १० लाख, निःशर्त अनुदान २० करोड ५१ लाख, राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ करोड २५ लाख ८३ हजार, सामाजिक सुरक्षा भत्ताबापत प्राप्त हुने १२ करोड ५५ लाख, प्रदेश सरकारको अनुदान ५ करोड, समपुरक अनुदान ५० लाख, ऋणलगायत अन्य विभिन्न शीर्षकमा गरी कूल ९८ करोड ८६ लाख ८३ हजार बाह्य स्रोतबाट प्राप्त हुने हाम्रो अनुमान छ । आन्तरिक स्रोततर्फ पर्यटक सेवा शुल्क २८ करोड, जग्गा बिक्रीबाट १५ करोड, विभिन्न कर–दस्तुर शुल्कबाट ११ करोड ५३ लाख १७ हजार गरी कूल ५४ करोड ५३ लाख १७ हजार र बैङ्क मौज्दात २० करोड अनुमान छ ।
चालू आव २०७४।०७५ मा बाह्य स्रोतबाट रु. ४९ करोड ३४ लाख ९० हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा ७३ करोड ४ लाख ८ हजार ७९८ प्राप्त भयो भने आन्तरिक स्रोततर्फ ४२ करोड २० लाख १० हजार अनुमान गरिएकोमा ४० करोड ५५ लाख ८२ हजार ९ सय ११ प्राप्त भएको थियो । असार २९ गतेसम्ममा थप २ करोड ६३ लाख ६५ हजार २४४ सङ्कलन भई अनुमानित लक्ष्य पूरा भएको छ ।
चालू आव २०७४।०७५ मा पर्यटक शुल्क रु. २५ करोड अनुमान गरिएकोमा असार २९ गतेसम्म २४ करोड १० लाख २५ हजार २ सय ६८ रुपैयाँ सङ्कलन भइसकेको छ । यो अनुमानको ९६ प्रतिशत हो । विभिन्न कर, दस्तुर शुल्क ७ करोड २० लाख १० हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्म ६ करोड ९२ लाख २४ हजार उठ्यो । यसबाट हामीले गत वर्ष गरेको अनुमान यथार्थमा आधारित रहेको प्रस्ट हुन्छ ।
आव २०७५।७६ लागि क्रमागत योजनामा १६ करोड ७३ लाख ७९ हजार विनियोजन गरिएको छ भने सडक बोर्डबाट प्राप्त हुने रु. १ करोड बराबरको योजना पनि समावेश गरिएको छ ।
चालू खर्चअन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रमहरू रहेका छन् । जस अन्तर्गत खर्च देहायबमोजिमका महत्वपूर्ण कार्यक्रमहरूमा रकम विनियोजन गरिएको छ ः
– शिक्षाको लागि रु. २४ करोड ७ लाख ४४ हजार ३ सय
– स्वास्थ्यको लागि रु. १९ करोड ३५ लाख ८० हजार
– आयुर्वेदिकको लागि रु. ३३ लाख ६ हजार ७ सय
– पशु सेवाको लागि रु. ५ लाख ७० हजार
– कृषिको लागि रु. १७ लाख ९५ हजार
– वातावरणीय सरसफाइको लागि रु. ६ लाख २५ हजार
– राष्ट्रिय कला सङ्ग्रहालयको लागि रु. १ करोड ३७ लाख ३१ हजार
– स्मारक संरक्षण तथा दरवार हेरचाहको लागि रु. ७९ लाख १ हजार
– समाज कल्याण तथा महिला विकासको लागि रु. १६ लाख ६९ हजार रहेका छन् ।
नगरपालिकाअन्तर्गतका विभिन्न समितिहरूका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न समेत बजेटको व्यवस्था गरिएको छ । यस वर्षको बजेटमा पँुजीगततर्फ निम्नलिखित महत्वपूर्ण विषयहरू समावेश छन् ः
१. ख्वप अस्पतालको लागि रु. १४ करोड
२. देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको लागि रु. २५ करोड
३. भवन खरिदको लागि रु. १ करोड
४. मेसिनरी तथा औजारको लागि रु. २ करोड
५. सरसफाइ संरचना निर्माणको लागि रु. १ करोड
६. अरनिको सभाभवनको लागि रु. १ करोड
७. आदर निकेतनको लागि रु. ५० लाख
८. बालउद्यान÷बालग्रामको लागि रु. १० लाख
९. जनज्योति पुस्तकालयको लागि रु. २५ लाख
१०. छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि रु. १ करोड ५५ लाख
११. ख्वप विश्वविद्यालय तयारी समिति कार्यदल गठनको लागि रु. १० लाख
१२. भ.न.पा. क्षेत्रलाई सांस्कृतिक नगर घोषणा गर्न कार्यदल गठनका लागि रु. १० लाख
१३. कडा रोग जस्तै ः क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्तिष्कघात जस्ता रोग लागेका नगरवासीहरूका लागि भक्तपुर नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गर्न रु. १० लाख
१४. खेल मैदान तथा कभर्ड हल निर्माण गर्न रु. १ करोड ५० लाख
१५. आन्तरिक र बाह्य पर्यटकहरूको सुविधाको लागि दरवार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्रमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्न रु. २५ लाख
१६. नगरका १० वटै वडाका योजनाहरूको लागि रु. ५ करोड
१७. २०७२ सालको भूकम्पबाट पूर्ण क्षति भएको दरवार क्षेत्रमा अवस्थित भ.न.पा.को भवन पुनःनिर्माणको लागि अध्ययन÷डिजाइनका कामहरू गर्न रु. १ करोड
१८. व्यवस्थित तरकारी बजारको लागि रु. १५ लाख
१९. भक्तपुरको सभ्यता र सौन्दर्यको रुपमा रहेको हनुमन्ते खोला र खासा·खुसु· खोला सुधारको लागि रु. ५५ लाख
२०. भनपा १ स्थित १०८ रोपनी जग्गा संरक्षणका लागि रु. ५० लाख
२१. भक्तपुर साना औद्योगिक क्षेत्रलाई पर्यटन केन्द्रित हस्तकला औद्योगिक क्षेत्रको रुपमा विकास गर्न र प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि रु. ५५ लाख
२२. नगरका विभिन्न ठाउँहरूमा पार्कि·को साथै ठाउँ–ठाउँमा बस स्टप निर्माण गर्न रु. ५० लाख
२३. भक्तपुर नगर क्षेत्रलगायत देशभर सूचना प्रवाह गर्न ख्वप एफ.एम. र ख्वप टेलिभिजन सञ्चालन गर्नका लागि रु. ५० लाख
२४. परम्परागत शैलीका भवनहरूको स्वरुपलाई कायम राख्न परम्परागत शैलीमा घर निर्माण गर्ने तथा स्लोप छाना निर्माणमा समेत सहुलियत उपलब्ध गराउनका लागि रु. १ करोड
यससँगै दमखोकीका बिरामीहरूलाई उपचारका लागि भनपा ९ वडास्थित तुमचो क्षेत्रमा छाती पुनःस्थापना केन्द्र (ऋजभकत च्भजबदष्ष्तिबतष्यल ऋभलतभच) निर्माण हँुदैछ । रु. १ करोड ७० लाखमा निर्माण हुने भवन र त्यसको आवश्यक सामग्री व्यवस्था गर्ने सम्बन्धमा २०७५ असार २९ गते जाइकाका प्रतिनिधिसँग सम्झौतासमेत भइसकेको छ ।
नगरसभामा विशेष समयको व्यवस्था ः
भक्तपुर नगरपालिकाको नगरसभा कानुनतः स्थानीय संसद भएको हँुदा संसदकै रुपमा सञ्चालन ग¥यौं । विशेष समयको व्यवस्था ग¥यौं । विशेष समयमा सभासद्हरूले ऐतिहासिक पोखरीहरूको संरक्षण गर्नुपर्ने, खानेपानीको व्यवस्था गर्नुपर्ने, पसल र व्यवसायीहरूलाई नपामा दर्ता गराउनुपर्ने, नक्सापास प्रक्रिया सरल र सहज बनाउनुपर्ने, भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने, घाटहरूको गुरुयोजना तयार गरी संरक्षण गर्नुपर्ने जस्ता नगर र नगरवासीहरूको हितमा काम गर्न सुझाव दिनुभयो । सभासद्हरूले दिएका सुझावहरूलाई कार्यपालिका सदस्यहरूले आत्मसात गर्दै काम गर्नेछौं ।
कानुन निर्माण ः
व्यवस्थापिकाको प्रमुख काम कानुन निर्माण गर्नु हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरसभाले नपाको लागि आवश्यक ऐन र कार्यविधिहरू पारित ग¥यो । प्रत्येक विधेयकलाई व्यवस्थापिकामा व्यापक छलफलपश्चात् पारित गर्ने गरेको छ । तेस्रो नगरसभाले निम्नलिखित कानुनहरू पारित ग¥यो ः
१) भक्तपुर नगरपालिकाको आर्थिक विधेयक, २०७५
२) भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७५
३) भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, २०७५
४) भक्तपुर नगरपालिकाको स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, २०७५
५) भक्तपुर नगरपालिकामा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५
६) भक्तपुर नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवथापन गर्न बनेको विधेयक, २०७५
७) काठ, इँटा र झिङ्गटी खरिद अनुदानसम्बन्धी कार्यविधि, २०७५ र
८) भक्तपुर नगरपालिकामा करारमा कर्मचारी व्यवस्था गर्नेसम्बन्धी कार्यविधि, २०७५
कर प्रणालीमा सुधार ः
विगतमा घर, पसल वा संस्थालाई बहालमा दिने घरधनीबाट बहाल रकमको १० प्रतिशत नेपाल सरकार र २ प्रतिशत गरी नगरपालिकामा १२ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो । यो आवदेखि नगरपालिका स्वयंलाई बहाल करको जिम्मेवारी आएको हँुदा नगरवासीहरूको हितलाई ध्यानमा राखेर २ प्रतिशत छुट गरी १० प्रतिशत बहाल कर असुल गर्ने निर्णय गरेका छौं ।
त्यसैगरी विदेशी चलचित्र छायाड्ढनमा सुधार गरी टौमढी क्षेत्रका लागि दैनिक रु. १ लाखबाट १ लाख ५० हजार, सल्लाघारीस्थित १०८ रोपनी जग्गामा कार्यक्रम गरेवापत प्रतिदिन रु. ३० हजारसम्म रहेकोमा रु. ५० हजारसम्म, बीमा कम्पनीहरूलाई रु. १० हजारबाट रु. २५ हजार, नर्सिङ होमलाई रु. ६ हजारबाट रु. १० हजार वार्षिक करको व्यवस्था गरिएको छ ।
उपभोक्ता समिति वा अमानतबाट निर्माणमा जोड ः
भक्तपुर नगरपालिकाले विकास निर्माणको काम उपभोक्ता समिति वा अमानतमा गर्दै आएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा संरचनामा अपनत्व हुनुका साथै गुणस्तरीय निर्माण र दीगोपन हुन्छ । विभिन्न कानुनी र व्यवहारिक अप्ठेराहरू हँुदाहँुदै पनि भक्तपुरका सम्पदाहरू मौलिक शैलीमै निर्माण गर्न उपभोक्ताहरूलाई उत्साहित गर्दै आएका छौं ।
भूकम्प पीडितहरूलाई नक्सा दस्तुरमा छुटको व्यवस्थालाई निरन्तरता ः
भक्तपुर नगर क्षेत्रमा २०७२ सालको भूकम्पबाट ८ हजार घरमा क्षति पुगेकोमा पहिलो किस्तावापत रु. ५० हजार अनुदान लिनेको सङ्ख्या ५,३०० रहेकोमा दोस्रो किस्ताबापत रु. १ लाख ५० हजार लिने लाभग्राहीहरू १,३०८ र तेस्रो किस्तावापत रु. १ लाख अनुदान लिने लाभग्राहीहरू अत्यन्त न्यून रहेको छ । १,०१४ जनाले मात्रै तेस्रो किस्ता लिएको तथ्याड्ढले अझै पनि धेरै भूकम्प पीडितहरूको घर निर्माण गर्न बाँकी रहेको प्रस्ट देखिन्छ । यसलाई ध्यानमा राखेर भूकम्प पीडितहरूलाई नगरपालिकाले दिंदै आएको नक्सापास दस्तुरमा छुटको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेका छौं ।
पचपन्न झयाले दरवार सर्वसाधारण र पर्यटकका लागि खुला गरिने ः
दरवारक्षेत्रस्थित ५५ भ्mयाले दरवार ऐतिहासिक र सांस्कृतिक महत्वको सम्पदा हो । भनपाकै अगुवाइमा जीर्णोद्धार सम्पन्न गरिएको उक्त दरवार सर्वसाधारण जनता तथा विदेशी पर्यटकहरूका लागि खुला गर्नुपर्ने मागलाई ध्यानमा राखेर २०७५ असार २९ गतेको नगर कार्यपालिकाको बैठकले हप्ताको तीन दिन खुला गर्ने निर्णय गरेको छ । यसका लागि कार्यविधि र भौतिक पूर्वाधारको तयारी गरिनेछ ।
परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई अनुदान वितरण ः
हामीले चालू आवमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरको पुरानो क्षेत्रभित्रका नगरवासीहरूलाई मोहडाको लागि लाग्ने इँटा र काठमा खर्चको ३५ प्रतिशत अनुदान दिने घोषणा गरेका थियौं । यो आवभित्र नगरका ९४ जनाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुभएको छ । तीमध्ये नगरको पुरानो क्षेत्रमा नक्सापास गरी परम्परागत शैलीमा घर निर्माण गर्ने सङ्ख्या ११ रहेको छ । ऐतिहासिक भक्तपुर नगरको पुरानो क्षेत्रको परम्परागत सौन्दर्यतालाई कायम राख्न नगरपालिकाले आग्रह गरेअनुसार मापदण्डबमोजिम परम्परागत शैलीमा घर निर्माण गर्ने र आव २०७४÷०७५ मा निर्माण सम्पन्न प्रमाण पत्रसमेत प्राप्त गरेका नगरवासीहरूले सम्पदा संरक्षण कार्यमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज यसै कार्यक्रममा उहाँहरूलाई रु. २१ लाख ५२ हजार २२८ बराबरको अनुदान रकम तथा प्रशंसा पत्र वितरण हुनेछ ।
धन्यवाद ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *