भर्खरै :

अक्टोबर क्रान्ति र यसको महत्व–३

का. रोहित
(सन् १९१७ को नोभेम्बर महिनामा रुसमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको ७० औं वार्षिकोत्सव कार्यक्रमका सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.रोहितले विसं २०४४ साल मंसिरमा लेख्नुभएको यो लेख आज पनि अध्ययनका लागि सान्दर्भिक भएकोले अक्टोबर समाजवादी क्रान्तिको १०१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको छ–सं)
त्यतिमात्र होइन, कुन वर्गबाट र कुन सामाजिक तहबाट आएका व्यक्तिले नेताहरूलाई बद्नाम गरे र तिनीहरू आफै कति वर्ष र कुन पार्टी सङ्गठनमा बसेर निःस्वार्थरुपले अनुशसित भएर जनताका सेवा गरेका छन् भन्नेबारे पनि छानबिन गर्नु अति आवश्यक छ । त्यस्ता आलोचकहरू कति वर्ष जनतासँग बसे र अनि कहिलेदेखि सरकारी सेवामा पुगे र कति प्रमोसन भए भन्ने कुरा राजनैतिक कार्यकर्ताहरूको निम्ति जानकारी राख्नुपर्ने विषय हुनेछ । त्यसमध्ये कति पत्रकार भए र कति विभिन्न सङ्गठन र समितिमा बसेर तल्लो जनताबाट उठेका नेताहरूको बद्नाम गर्दैछन् र त्यसो गर्दा तिनीहरूबाट कुन वर्ग र कसलाई फाइदा पुग्छ भन्नेबारे पनि मनन गर्नु आवश्यक छ ।
तर नेपालको कम्युनिष्ट आन्दोलनमा आर्थिक कारणले नेतृत्वमा पुग्ने वा नेतृत्वमा पुगेर आर्थिक लाभ गरेको उदाहरण सा¥है कम वा छँदैछैन । २५÷२६ वर्षको राजनैतिक आन्दोलनमा पञ्चायतविरोधी राजनैतिक नेताहरूले होइन बरु व्यापारी, सरकारको सेवामा पुगेका बुद्धिजीवी, माथिल्ला पञ्चहरू, कालाबजारी र तस्करहरूले ठूल–ठूला आर्थिक लाभहरू लिएका छन् । यस्ता घामजस्तै स्पष्ट स्थिति र वर्गलाई नऔंल्याई २५÷३० वर्षदेखि गरिबी, अभाव र अनेक विरोध र पीडासँग जुझिरहेका नेताहरूमाथि अवास्तविक आरोपहरू लगाउनु कसको हितमा छ, विचारणीय प्रश्न हो ।
हरेक वस्तु व्यक्तिको क्षमताको एक सीमा हुन्छ । २००७ सालको हाराहारीमा भावनावस राणाविरोधी र जनवादी क्रान्तिको निम्ति राजनैतिक आन्दोलनमा हामफलेका राजनैतिक कार्यकर्ताहरूको आफ्नै एक परिवेश छ । शिक्षा र संस्कृतिमा पछि परको, राजनीति भर्खर जनतासम्म पुगेको, व्यावहारिक जन राजनीतिको शून्य प्रायः अनुभव भएको नेपालका मध्यम र निम्न मध्यम वर्गका युवाहरूको सैद्धान्तिक ज्ञान र सङ्गठन आजको तुलनामा सा¥है सीमित हुँदो हो । तर तिनीहरू, सजग र सचेत थिए । तिनीहरूको सक्रियता निर्विवाद थियो, तिनीहरूको संलग्नतामा प्रश्न चिह्न लाग्नसक्दैन ।
तर तीव्रतर रुपले बदलिँदै गएको समाजमा तिनीहरूको भावनाबाट प्रेरित र उत्साहित बल र बुद्धिको क्षमताले जवाफ दिएकोमा दोष कसलाई दिने ? दास युगमा वैज्ञानिक समाजवादको कल्पना गर्न सकिन्न, सामन्तवादी समाजले आजको विज्ञान र प्रविधिबाट जेलिएको समाजको हल निकाल्न सक्दैनथ्यो । प्रजालाई राजनैतिक आन्दोलनको अनुभव नै नभएको, वर्गसङ्घर्षको समुचित ज्ञान नै नभएको र पछि आउँदै जाने जटिल राजनैतिक समस्याहरूको सङ्गठनात्मक हल नै नसुल्झिसकेको कम्युनिष्ट पार्टी र त्यसका नेताहरूबाट सफल क्रान्तिको कल्पनामात्र गर्नसकिन्थ्यो र यति छिटो आशा गर्न सकिन्नथ्यो ।
त्यस्तो परिवेश र वर्गबाट आएका नेताहरूलाई अनेक लाञ्छनाहरू लगाउँदा र बद्नाम गर्न खोज्दा र पूर्णरुपले नकार्दा त्यसको विकल्पमा एक “जन्म जात नेता” र नेतृत्वको वकालत हुनपुग्नेछ । त्यस प्रकारको देश र जनताको “एकमात्र नेता” र “प्राणभन्दा प्यारो” नेताको सिद्धान्तले पञ्चायती सामन्तवादलाई मात्र सेवा पुग्नेछ । अहङ्कार होइन, आत्मगौरव भएका नेताहरूकै कारण नेपाल कम्युनिष्ट आन्दोलनले सामन्तवादको अगाडि घुँडा टेक्न नपरेको कुरा बिर्सनु हुन्न ।
२७ वर्षसम्म तल्लो वर्गको बीचमा निरन्तर, अनेक कठिनाइसँग जुझेका नेताहरू जरुर पनि २७ वर्षदेखि सरकारी सहुलियत लिएर ऐश–आराम, देश–विदेशको यात्रा गर्न पाएका प्राध्यापक र बुद्धिजीवीहरूको लवाइ–खवाइ, प्राविधिक ज्ञान, भ्रमणको अनुभव र भाषामा जरुरै भिन्नता होला, तर लगनशील, इमानदारी, त्याग, देश र जनताप्रतिको भक्तिमा कसैभन्दा कम होइन होला ¤
५) कम्युनिष्ट पार्टीको स्थापना भएको ३८ वर्ष भइसक्दा पनि पुराना सबै कम्युनिष्ट नेताहरू देश र जनताको नेतृत्व गर्न अयोग्य, बेइमान र गद्दार हुने भए नेपालको राजनैतिक दबुलीमा अन्य दुई राजनैतिक शक्ति बाँकी रहनेछन्–नेपाली काङ्ग्रेस र पञ्चायत ।
नेपाली काङ्ग्रेसले पनि हतियार छोड्यो, विदेशको भूमि त्याग्यो, सङ्घर्षको बदला ‘राष्ट्रिय मेलमिलाप’ को बाटो लियो, ‘न सङ्घर्ष न आत्म समपर्ण’ को नीतिबाट फेरि सत्याग्रहको राजनीति ग¥यो, अचानक फेरि निर्वाचनलाई उपयोग गर्ने नीतिमा फड्को मा¥यो । एकपछि अर्को असफलता भोग्दै, पछि हट्दै आफ्नो अस्तित्व कायम गर्न सम्झौता गर्नुपर्ने स्थितिमा पुगेको राजनीति र नेताहरू पनि सफल मान्न सकिदैन । फेरि कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरूभन्दा काङ्ग्रेस पार्टी र काङ्ग्रेसी नेताहरू नै सही छन् भन्न खोजिएको हो भने त्यसको उद्देश्य नबताए पनि बुझिने छ ।
त्यसो होइन भने २७ वर्षसम्म एक छत्र शासन गर्ने पञ्चायत र पञ्चायती नेताहरू नै योग्य, इमानदार, निःस्वार्थी र विश्वासिला भए । तर एकचौथाइ शताब्दी शासन गर्दा पनि खानेपानी, औषधि उपचार, खाद्यान्न, लत्ताकपडाजस्ता जनताका अति सामान्य दैनिक आवश्यकताका वस्तुहरूसमेत सुपथ र सुलभ गर्न नसक्ने पञ्चायत र पञ्च नेताहरूलाई कसरी योग्य भन्ने ? २५ वर्षसम्म भ्रष्टाचार, व्यक्तिवाद, कालोबजारी, तस्करी, विदेशी थिचोमिचो र प्रजातान्त्रिक अधिकारहरूसमेत फिर्ता नदिने पञ्चायत र त्यस्ता नेताहरूलाई कसरी इमानदार, निःस्वार्थी र विश्वासिलो भन्ने ?
तर त्यसको ठीकविपरीत नेपाल कम्युनिष्ट आन्दोलनका बहुमत नेताहरूले जनताको प्रजातान्त्रिक अधिकारको निम्ति सुरुदेखि नै सङ्घर्ष गर्दै आएका छन् । तिनीहरूले नेपाली जनमानसमा साम्यवादी सिद्धान्तको बीउलाई छरिदिए । तिनीहरूले समाजमा वर्गसङ्घर्ष, पार्टीमा सैद्धान्तिक सङ्घर्ष र देशमा राजनैतिक सङ्घर्षको एक जग बसालिदिए । सामन्तवाद र सबै प्रकारका ठूलो राष्ट्र अहङ्कारवादको अगाडि घुँडा नटेक्ने धैर्यपूर्वक सङ्घर्ष गर्दै जाने एक उदाहरण पनि दिए । सबभन्दा महत्वपूर्ण कुरा पुराना अग्रदूतहरूले हामीलाई आफ्ना जीवनमा सफलता र असफलता, सकारात्मक र नकारात्मक शिक्षा र अनुभवहरू छोडेका छन् । त्यही नै हाम्रा अग्रदूतहरूको योगदान हो । यसलाई अस्वीकार गर्नु कृतघ्नता हो । त्यसकै लेखाजोखा र जगमा नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताले अगाडि बढाउँदै लैजानेछ ।
नेपालका केही पुँजीवादी ‘विद्वान’ वा प्राध्यापकहरू रुसी अक्टोबर क्रान्तिलाई बेलायतको पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सको राज्यक्रान्तिजस्ता पुँजीवादी क्रान्तिहरूभन्दा कम मूल्याङ्कन गर्ने धृष्टता गर्दछन्, पुँजीवादी क्रान्ति र सर्वहारा क्रान्तिको महत्व, विशालता, गहिराइ र दूरगामितालाई तुलनात्मक रुपले हेर्नु आवश्यक छ ।
बेलायतको पुँजीवादी क्रान्ति संसारको पहिलो पुँजीवादी क्रान्ति हो । त्यस क्रान्तिले राजा–रजौटा, जमिनदार र चर्चको शासनको ठाउँमा मध्यम जमिनदार, भर्खर व्यापार र उद्योगमा लागेका ‘नयाँ खान्दानी’ भनिने साहु–महाजन र बैङ्कपतिजस्ता पुँजीपति वर्गलाई सत्तामा ल्याएको थियो ।
पुँजीवादी क्रान्तिले पुँजीवादको विकासलाई बाँधेका दाम्लाहरूलाई चुँडालिदियो । नगदेबाली र ठूलो आकारको कृषि विकासलाई दुतगति दियो, ज्यामी लगाउने उद्योगहरूलाई अगाडि बढायो, व्यापारलाई मुक्त ग¥यो । ऊन र फलामको उद्योगलाई निर्माण ग¥यो र सहरहरूको स्थापना ग¥यो ।
बेलायतमा सामानको उत्पादनले उपनिवेशको व्यापारमा ठूलो वृद्धि ग¥यो । ‘नयाँ खान्दानी वर्ग’ झन झन सम्पन्न हुँदै गयो । उपनिवेशहरूमा अरु देशका सामानहरू बेच्न नपाउने ऐन बनायो र हल्याण्डको व्यापार बेलायती पुँजीपति वर्गको हातमा पुग्यो । उपनिवेश र दास व्यापारले बेलायतलाई झन अगाडि बढायो । मध्य युगबाट उठेको सामन्तवाद अब मजदुर वर्गको शोषणमा आधारित पुँजीवादमा पदार्पण ग¥यो । १७ औं शताब्दीको बेलायती पँुजीवादी क्रान्तिले यसप्रकार राजनैतिक र आर्थिक दृष्टिबाट मानव इतिहासमा नयाँ अध्याय थपिदियो अर्थात् मानव समाज एक नयाँ युगमा भित्रियो ।
हो, बेलायतको पुँजीवादी क्रान्तिले मानव समाजलाई नयाँ युगमा पु¥यायो । गाउँका सामूहिक जग्गाहरू पुँजीवादी खेतमा परिणत भए । किसानहरू आ–आफ्नो खेतबाट निकालिए । तिनीहरूको झोपडीमा आगो लगाइयो, तिनीहरूलाई सस्तो ज्यालामा काम गर्न सहरमा भाग्न बाध्य गराइयो अथवा बेलायती किसानहरू उपनिवेशहरूमा काम गर्न जान धपाइए । नेपालका पुँजीवादी विद्वान र प्राध्यापकहरूले भनेजस्तै बेलायती पुँजीवादी क्रान्तिको विश्वव्यापी महत्व छ । राजतन्त्रको समाप्ति, देशद्रोही राजा चाल्र्स प्रथमलाई जनताको अदालतद्वारा ज्यान सजाय, गणतन्त्रको स्थापना, आर्थिक समानताको नारा दिने समानतावादीहरू र जोताहाहरूको निर्मम दमन, क्रामवेलको मृत्युपछि उसको छोरो रिचार्ड क्रामवेललाई सत्तामा ल्याएर नयाँ राजवंशको पुनःस्थापना, त्यही पदचिह्नमा स्टुअर्ट वंशको पुनःस्थापना, तथाकथित गौरवमय क्रान्तिमार्फत अधिकार पत्रले निरङ्कुश राजतन्त्रको ठाउँमा पुनःप्रजातन्त्रकै स्थापनाजस्ता अनेक नागबेली ऐतिहासिक चरणको कारण बेलायतको पुँजीवादी क्रान्ति मानव इतिहासमा एक उदाहरण बन्यो । आजको वैधानिक राजतन्त्र वास्तवमा बेलायतको क्रान्तिले तयार पारेको सामन्त वर्ग र पुँजीपति वर्गको राष्ट्रिय मेलमिलापको दस्तावेज हो ।
समानतावादीहरूका नेता लिलपर्नको भनाइमा बेलायतको पुँजीवादी क्रान्ति कामदार जनताको निम्ति ‘बेलायतको नयाँ पासो’ बन्यो ।
क्रान्तिपछि क्रामवेल र उनको सेनाले गाउँगाउँमा किसानहरूबाट जग्गा खोसेर फेरि खान्दानी र सामन्तहरूलाई नै फिर्ता दिए । तिनीहरूको बेठ–बेगारीको विरोध गर्न किसानहरूलाई पूर्णरुपले दमन ग¥यो । सिपाहींहरूको राजनैतिक असन्तोषलाई अन्तै मोड्न र उपनिवेशलाई कायम गर्न क्रामवेलले आयरल्याण्डमाथि हमला गरे । दमन, हत्या, लुट र विफरको कीटाणु फैलाएर क्रामवेलले आयरल्याण्डमा मसानको जस्तो शान्ति कायम गरेका थिए ।
यसप्रकार मजदुर वर्गको निम्ति बेलायतको पुँजीवादी क्रान्तिको आफ्नै महत्व छ । अमेरिकी स्वतन्त्रता आन्दोलन पनि एक पुँजीवादी क्रान्ति हो । यसको पनि अत्यन्त ठूलो महत्व छ । अमेरिकाको उठ्दो पुँजीपति वर्ग र दास मालिकहरूले बेलायतका खान्दानी जग्गा धनीहरूको हैकमको विरोधमा सङ्घर्ष गर्न उपनिवेशका व्यापक जनतालाई नेतृत्व गरेका थिए ।
स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो– “सबै मानिसहरू जन्मदेखि नै स्वतन्त्र छन् । आफ्ना सृष्टिकर्ताद्वारा उल्लङ्घन गर्न नसकिने अधिकार लिएर आएका हुन् ।”
त्यस घोषणापत्रले जनतालाई आफ्नो सरकार बनाउने र जनता आफै अधिकारको स्रोत हो भन्ने सिद्धान्त अगाडि सा¥यो । त्यसले राजामात्र शक्तिको स्रोत हो भन्ने पुरानो सिद्धान्तलाई खण्डन ग¥यो र एक प्रजातान्त्रिक सिद्धान्तलाई अगाडि बढायो । साथै त्यसले औपनिवेशिक थिचोमिचोको विरोधमा एक हाँक दिँदै औपनिवेशिक व्यवस्था एक अन्यायपूर्ण वा अपराधपूर्ण व्यवस्था हो भन्ने घोषणा ग¥यो ।
त्यसबेला युरोपका सबै देशहरूमा राजतन्त्र थियो र तिनीहरू उपनिवेशवादी शक्ति थिए । यस दृष्टिले अमेरिकी स्वतन्त्रता आन्दोलन राजतन्त्र र उपनिवेशवादविरोधी सङ्घर्षको इतिहासमा एक ऐतिहासिक घटना र उदाहरण बन्यो । मानव इतिहासमा यसको पनि एक दूरगामी महत्व थियो ।
१३ पुराना राज्यहरू मिलेर एक नयाँ राज्य स्थापना हुँदासम्म संरा अमेरिमा युरोपका देशहरूको तुलनामा एक पिछडिएको देश थियो । युरोपले अमेरिकालाई तयारी मालसामान पठाउँथ्यो र अमेरिका त बेलायत र युरोपको निम्ति कपासजस्तो कच्चा माल पठाउने एक बजार थियो । यस अर्थमा अमेरिका युरोपीय विकसित देशहरूको भरमा थियो ।
तर स्वतन्त्रता आन्दोलनको विजयले अमेरिकामाथिका बन्देजहरू समाप्त भए, उद्योग र वाणिज्यमा ठूलो प्रगति गर्नथाल्यो ।
तर अमेरिकी पुँजीवादी क्रान्तिको आफ्नै सीमा थियो । त्यसले पुँजीपति र दास मालिकहरूलाई सत्तामा ल्यायो । स्वतन्त्रताको घोषणा गर्ने ‘नयाँ खान्दानी वर्ग’ ले अफ्रिकाबाट ल्याएर दास बनाइएका हब्सीहरू र ताम्र वर्णका अमेरिकी आदिवासीहरूलाई ‘उल्लङ्घन गर्न नसकिने अधिकारहरू’ दिएन । स्वतन्त्रता आन्दोलनको एक शताब्दीसम्म अमेरिकामा दासप्रथा कायमै थियो ।
नयाँ संविधान बन्यो । तर त्यस संविधानले अमेरिकी आदिवासीहरूको इलाकालाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा ग¥यो र आदिवासीहरूलाई तिनीहरूको जग्गाबाट धपाएर दुर्गम पहाड, जङ्गल र भासिलो जग्गामा भाग्न बाध्य गराइयो । आदिवासीहरूसँग लड्ने अमेरिकी जर्नेलहरूको भनाइमा – “असल आदिवासी त मरिसकेका आदिवासी हुन् ।” आदिवासीहरूको बस्ती नजिकै तिनीहरूले बिफरका कीटाणु भएका लुगा राखिदिन्थे । आदिवासीले जाडोबाट बच्न ती लुगा प्रयोग गर्नासाथ रोग फैलेर मर्ने गर्थे । यसप्रकार त्यस विश्वव्यापी महत्व भएको अमेरिकी स्वतन्त्रता आन्दोलनले ‘कीटाणु युद्ध’ गरेर अमेरिकी आदिवासीहरूलाई आफ्नै देशमा विदेशी बनाए ।
अमेरिकी स्वतन्त्रता सङ्ग्राममा लड्ने सेनाको ढाड नै किसान र कालिगढ मजदुरहरू थिए । देशमा ‘प्रजातन्त्र’ लागू गर्दा मजदुर, किसान र स्वास्नीमानिसहरूले मत दिन पाएनन् । पुँजीपति वर्ग, जग्गा धनी र दास मालिकहरूमात्रै मतदानका अधिकारी भए ।
त्यस्तै अमेरिकी बेलायती साम्राज्यवादको पञ्जाबाट स्वतन्त्र भयो । तर संरा अमेरिका आफै ‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ को झण्डा बोकेर छिमेकी र अन्य देशहरूमाथि थिचोमिचो गर्नथाल्यो । ‘अमेरिका अमेरिकीहरूको निम्ति’ भन्ने मुन्टो नीति लिएर संरा अमेरिकाले मेक्सिको, पनामा र मध्य अमेरिकामाथि आफ्नो प्रभुत्व जमायो, ठूल–ठूला भू–भाग आफूमा मिलायो । अलास्का अमेरिकालाई बेच्न रुसलाई बाध्य गरायो । प्रशान्त महासागर पार गर्दै संरा अमेरिका चीन र जापानमा समेत आफ्नो प्रभुत्व फैलाउन पुग्यो ।
यसप्रकार बेलायतको पुँजीवादी क्रान्तिको आफ्नो ठूलो ऐतिहासिक महत्व राख्दा राख्दै पनि अमेरिकी स्वतन्त्रता आन्दोलनको पनि आफ्नै महत्व थियो । जसको तुलना अक्टोबर क्रान्तिसँग गर्न सकिन्न ।
माथिका दुवै पुँजीवादी क्रान्तिहरूभन्दा फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व कुनै रुपले कम थिएन । फ्रान्सेली राज्यक्रान्तिमा पनि व्यापारी र पुँजीपति वर्ग नै मोहडामा थियो । त्यस क्रान्तिले फ्रान्सेली जीवनका अनेक क्षेत्रहरूमा मात्रै परिवर्तन ल्याएन बरु युरोप र अन्य देशहरूमा राजतन्त्रलाई समेत हल्लाइदिएको थियो ।
–बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *