भर्खरै :

बोलिभियामा मोरालेस चौथो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार

लापाज, १९ मंसिर (टेलिसुर) । बोलिभियामा वर्तमान राष्ट्रपति तथा समाजवादउन्मुख आन्दोलन पार्टीका नेता ते मोरालेस चौथो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार हुनुभएको छ ।
बोलिभियाको सर्वाेच्च निर्वाचन अदालतले ४ डिसेम्बरका दिन ते मोरालेसले २०१९ मा हुने निर्वाचनमा पुनः उम्मेदवार हुन पाउने निर्णय गरेपछि नेता मोरालेसले उम्मेदवारी दिनुभएको हो ।
बोलिभियाको समाजवादउन्मुख आन्दोलन पार्टीले जनवरीको अन्तिम हप्ता हुने निर्वाचनमा वर्तमान राष्ट्रपति मोरालेसलाई नै राष्ट्रपति र वर्तमान उपराष्ट्रपति उल्भारो गार्सिया लिनेरालाई नै उपराष्ट्रपति उम्मेदवार घोषणा गरेको छ ।
सर्वाेच्च निर्वाचन अदालतले निर्वाचनमा भाग लिन पाउनु नागरिकको राजनीतिक अधिकार भएको भन्दै मोरालेसलाई चौथोपटक पनि उम्मेदवार हुन पाउने निर्णय दिएको हो ।
सर्वाेच्च निर्वाचन अदालतको जरुरी बैठकपछि अदालतका अध्यक्ष मारिया इगुना चोकले वर्तमान राष्ट्रपति ते मोरालेसलाई राष्ट्रपति पदका लागि उम्मेदवारी दिन पूर्ण अधिकार भएको बताउनुभयो ।
मोरालेस २००६ मा पहिलोपटक देशको पहिलो आदिवासी जनजातिबाट राष्ट्रपतिको रुपमा निर्वाचित हुनुभएको थियो । त्यसबेलादेखि देशलाई नवउदारवादी नीतिबाट मुक्त गर्दै उहाँले समाजवादउन्मुख कार्यक्रम लागू गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *