भर्खरै :

सन्दर्भ ः चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस सम्मेलन प्रजातन्त्रको मूल मर्म ः जनताको सेवा

राजन
हरेक वर्ष चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको वार्षिक सम्मेलनअघि केही मानिसहरू भन्ने गर्छन्, “राष्ट्रिय जनकाङ्ग्रेस भनेको रबर स्टाम्पमात्र हो, यसले जनताको प्रतिनिधित्व गर्दैन ।” यस्ता आलोचना विशेषगरी पश्चिमा देशहरूबाट आउने गरेको छ । केही आलोचना त पश्चिमी हावाबाट निकै प्रभावित हुन्छन् । त्यस्ता आलोचकहरू प्रायः पश्चिमी मापदण्डअनुसार चीनको विश्लेषण गर्छन् । त्यस्तो आलोचना पूर्वाग्रही हुने गरेको छ । हजारौँ वर्षको इतिहास र संस्कृति बोकेको चीनलाई पश्चिमा मूल्य–मान्यताअनुसार चलाउनुपर्छ भन्ने तर्क उपयुक्त छैन ।
‘प्रजातन्त्र’ अर्थात ‘डेमोक्रेसी’ ग्रीक भाषाबाट आएको हो । यसको सामान्य अर्थ जनताको शासन हो । तर, पश्चिमा राष्ट्रले जुन नीति लिएका छन्, त्यही नै प्रजातन्त्र हो भनेर अर्थ लगाउन मिल्दैन । पश्चिमी राष्ट्रले पछ्याएको नीति भन्नाले बहुदलीय प्रणाली हो, त्यो कर्पोरेट मोडल, पुँजी, शक्तिशाली व्यक्ति, वित्तीयतन्त्रजस्ता तत्वले चलाउने सरकार हो ।
प्रजातन्त्रका थुप्रै मोडेलहरू छन् । विभिन्न तरिकाबाट जनताले सरकार चुन्न सक्छन् । असल प्रजातन्त्रको मूल मर्म नै प्रभावकारी ढङ्गले जनताको सेवा गर्नु हो । पश्चिमा र उसका नजिकका मित्रराष्ट्रमा जनताको भाग्य उद्यमी र व्यवसायीहरूको स्वार्थको सेवा गर्नसक्नुमा निर्भर हुन्छ । कर्पोरेट समूहको स्वार्थ नतोड्ने सुनिश्चितता सरकारले गरेको हुन्छ । संरा अमेरिकालाई पश्चिमा प्रजातन्त्रको राम्रो नमुनाको रूपमा लिइन्छ । तर, अमेरिकी प्रजातन्त्रअन्तर्गत निहित स्वार्थ बोकेका व्यक्तिहरूले जनताको जीवनसँग खेलिरहेका हुन्छन् । बन्दुक बोक्न पाउने कानुनले गर्दा थुप्रै निर्दोष जनता र स्कूले केटाकेटीले ज्यान गुमाउनुपरेको छ । सर्वसाधारण जनताले बन्दुक संस्कृतिको विरोध गर्दागर्दै पनि हतियार उद्योगका मालिकहरूले अमेरिकी संसद्मा बन्दुक नियन्त्रण गर्ने ऐनलाई नै रोकेका छन् । यसरी सीमित व्यक्तिको स्वार्थमा सरकारले बन्दुक कारखानालाई संरक्षण दिइरहेको छ ।
चीन यस्तो प्रजातन्त्रलाई अङ्गीकार गर्नसक्दैन । चिनियाँ जनताले जनताको सेवा गर्ने प्रणालीको विकास गर्न ठूलो सङ्घर्ष गरिसकेका छन् । ठूलो बलिदानपछि चिनियाँ जनताले स्वतन्त्रताकोे लक्ष्य हासिल गरेका हुन् । तिनीहरूको जीवन र जीविकोपार्जनमा ठूलो परिवर्तन ल्याएकोले यो प्रणाली तिनीहरूको मौलिक प्रणाली हो । साँच्चै नै यो प्रणाली ‘जनताको हो र जनताको लागि’ भएको छ ।
चिनियाँहरूले आफ्नै माटो सुहाउँदो चिनियाँ विशेषतायुक्त समाजवादी प्रजातन्त्रको परिकल्पना गरेका छन् । चिनियाँ विशेषतायुक्त समाजवादको महत्वपूर्ण पक्ष भनेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हो, जुन जनवादी गणतन्त्र चीनको संविधानमा स्पष्ट लेखिएको छ । पार्टीले गरेको नेतृत्वको ऐतिहासिक छनोटलाई चीन र चिनियाँ जनताले सही मानेका छन् । यो छनोट युद्धको समयमा मात्र भएको थिएन । सन् १९४९ मा सुरू भएको नयाँ जनवादी चीनको प्रादुर्भाव जस्तो कठिन कार्यमा र आधुनिक समाजवादको लागि सन् १९७८ देखि सुधार तथा खुलापन नीतिको कार्यान्वयनको लागि समेत पार्टीको नेतृत्व सही भएको देखाउँछ । झण्डै एक शताब्दी लामो नेतृत्वमा चिनियाँ जनतालाई शक्तिशाली बनाउन पार्टीले ठूलो भूमिका खेलेको छ ।
८ करोड ९० लाख सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टी संसारकै सबभन्दा ठूलो पार्टी हो । यस पार्टीले आफ्नो कठिन सङ्घर्षको समत्रि चिनियाँ जनतासँगको सम्बन्धलाई कहिल्यै नछुट्टिने गरी बलियो बनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको शक्ति भनेको यसका अनुशासित सेना र एकताबद्ध पार्टी सदस्यहरू नै हुन् । पार्टीको अर्को शक्तिको स्रोत भनेको शक्तिशाली नेतृत्व पनि हो । फरक–फरक ऐतिहासिक परिस्थितिमा पार्टी कार्यकर्ताहरूले देशको निम्ति देखाएका समर्पण भावको कारणले चिनियाँ जनता चिनियाँ विशेषतायुक्त समाजवाद निर्माणको घडीमा चिनियाँ कम्युनिष्ट पार्टीले जनताको चाहनाबमोजिम काम गर्नेमा निश्चिन्त छन्  ।
चिनियाँ विशेषतायुक्त समाजवादको युग भनेको चीनको सामाजिक विकासको नयाँचरणले वर्तमानलाई भविष्यसँग जोडेको महत्वपूर्ण समय हो । त्यसैको माध्यमबाट पार्टीले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलिरहेको छ । पार्टीले सधैँ शक्तिशाली नेतृत्व निर्माणमा जोड दिइरहेको छ । देङ सियाओ पिङले भनेका थिए, “केन्द्रिकृत नेतृत्वको गुण नै चिनियाँ कम्युष्टि पार्टीको मुख्य विशेषता हो ।” चीन र चिनियाँ जनता यस्तो नेतृत्व चाहन्छन् । चिकपा राष्ट्र र जनताको लागि गरिएको ऐतिहासिक योगदानसँग मात्र जोडिएको छैन, चिनियाँ विशेषतायुक्त समाजवाद निर्माणको लागि आधारभूत आवश्यकता पूरा गर्न लामो सङ्घर्ष गरेको नेतृत्वको क्षमता र दक्षतासँग पनि जोडिएको छ ।
वैज्ञानिक विचारको मार्गनिर्देशनमा पार्टीले नयाँ भावनाका साथ अग्रणी भूमिका खेलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले “चिकपाको मूल उद्देश्य नै जनताको जीवनस्तरलाई माथि उठाउनु हो” भनेका थिए । परिवर्तित समयमा लक्षित गरिबी निवारण गर्न बृहत्रूपमा चिनियाँ कम्युनिष्ट पार्टीले एउटा ठोस उपाय पहिल्याउन लागिपरिरहेको छ ।
चिकपाको संस्थागत प्रणाली प्रजातान्त्रिक केन्द्रियताको सिद्धान्तसँग जोडिएको छ, जसले पार्टी सदस्यको लागि प्रजातन्त्रको प्रत्याभूति गरिएको छ र पार्र्टी गतिविधिको प्रभावकारितामा विशेष ध्यान दिइएको छ । पार्टीको ऐक्यबद्धता र एकतालाई द¥हो गरी सुरक्षा गरिएको हुन्छ । पार्टीको विधानमा स्पष्ट लेखिएको छ, पार्टी सदस्यले पार्टी सङ्गठनलाई शिरोधार्य गर्नुपर्छ । तल्लो निकाय माथिल्लो निकायप्रति उत्तरदायी हुनुपर्छ । सबै पार्टी सङ्गठन र पार्टी सदस्यले केन्द्रीय कमिटीको आदेश मान्नुपर्छ । यसले स्वसुशासन र शुद्धीकरणको अपेक्षा गरेको हुन्छ । पार्टीको नेतृत्व रानी माहुरीजस्तै हुनुपर्छ, नत्र यो अविश्वसनीय हुनेछ ।
चिनियाँ जनताले बलियो आर्थिक अवस्था र राम्रो जीविकोपार्जन चाहेको बेला चिनियाँ कम्युनिष्ट पार्टीले ४ दशकअघि सुधारको नीति ल्याएको थियो । त्यसपछिको घटनाक्रमले असमानता बढ्दै गयो, वातवारणीय क्षति तीव्र बन्नुका साथै आर्थिक वृद्धिमा नकारात्मक सहउत्पादन हुन थालेपछि जनताको आवाजलाई प्रभावकारी ढङ्गले सम्बोधन गरिएको छ । ‘सि चिङफिङसँग चिकपा’ अभियानले अति गरिबीलाई निर्मूल गर्दै सम्पूर्ण चिनियाँहरूको जीवनस्तरलाई उकास्ने कुरामा विशेष जोड दिएको छ ।
चीनले पश्चिमको भन्दा फरक किसिमको विभिन्न प्रकारका विकास मोडेलहरूको प्रयोग गरिरहेको छ । चीनले ल्याएको ‘एक क्षेत्र एक मार्ग’ र ‘मानवताको लागि साझा भविष्य’ जस्ता परियोजनाले विश्व शान्ति र समृद्धिलाई योगदान दिने नै छ । यसले के देखाउँछ भने चीनको प्रजातन्त्रले चिनियाँ जनताको मात्र होइन बाँकी विश्वका जनताको भलाइको निम्ति पनि काम गर्नेछ । यति नै बेला मानव जीवनको प्रगतिको लागि क्षेत्रीय र विश्वव्यापी विकासलाई सहज बनाउँदै गर्दा स्थानीय संस्कृति र फरक फरक विचारलाई पनि सम्मान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *