भर्खरै :

फेरि डुब्दा ५४ को मृत्यु, अरु कैयौ बेपत्ता

मोसुल, इराक, ७ चैत (रासस÷एएफपी) ः इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ ।
कुर्दिस नयाँ बर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
“नागरिक सुरक्षा समूहले अहिले सम्म ५४ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ,” एक अधिकारीले भने ।
मोसुलको पर्यटक व्यापारीक केन्द्र तर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरि दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेकोले यसबारे बिस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउननसकेका र उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँदै अधिकारीले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *