भर्खरै :

भिटामिन ए र जुकाको औषधि खुवाउँदै

काठमाडौँ, ६ वैशाख । सरकारले शुक्रबार र शनिबार जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका करीब २७ लाख ६८ हजार ५४० बालबालिकालाई भिटामिन ए र जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका २३ लाख ५६ हजार ८४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको बताउनुभयो ।
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुनेछ । ती जिल्लामा ती कार्यका लागि करीब ३६ हजार बुथमा महिला स्वयम्सेविका र स्वास्थ्यकर्मी गरी करीब ६० हजार जनशक्ति परिचालन हुनेछन् ।
भिटामिन ए को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ । यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ए ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटासमेत वितरण गर्दै आएको छ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कार्तिक २ र ३ गते सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *