भर्खरै :

युवा–विद्यार्थीद्वारा कोणसभा

भक्तपुर, ६ वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको आयोजनामा भइरहेको कोणसभा शुक्रबार गपलीमा सम्पन्न भयो ।
समसामयिक राजनीतिबारे जनतालाई सूचित गर्ने उद्देश्यले भइरहेको उक्त सभामा नेक्रायुसङ्घ भजिसका अध्यक्ष मीनबहादुर बाटाले नेपाल–भारतबीचको खुला सिमाना नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
जन्मको आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु देशको लागि घातक हुने उहाँले स्पष्ट पार्नुभयो ।
नेक्रायुसङ्घ भनसका अध्यक्ष जगतराम धुख्वाले ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण दिइरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी सङ्घका प्रवीन प्रजापति र युवा सङ्घका चन्द्रप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *