भर्खरै :

जिल्लामै पहिलो पटक आँखा अस्पताल

रुकुमपूर्व, २९ वैशाख (रासस) ः जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महँगोमा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् ।
योभन्दा पहिले यहाँका स्थानीयवासी आँखाको उपचारका लागि रुकुम (पश्चिम)को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौँ जानुपर्ने बाध्यतामा रहेका थिए । यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो । जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो ।
अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनाका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *