सुनिता गाइसी

वैशाख पूर्णिमालाई बुद्घ जयन्तीको रूपमा मनाइन्छ । यसै दिन गौतम बुद्घको जन्म भएको थियो । विशेषगरी पूर्वी एसियामा बुद्घजयन्ती मनाइन्छ । बुद्घका अनुसार अहिंसा र करुणाले मानिसलाई शारीरिक र मानसिकरूपमा स्वस्थ राखी विश्व शान्ति कायम राख्न सहयोग गर्दछ । बौद्घ धर्मका प्रवर्तक गौतम बुद्घको जन्म इशापूर्व ५६३ मा लुम्बिनीमा भएको थियो । राजपरिवारमा जन्मिएर पनि बुद्घलाई सांसारिक कुराहरूप्रति मोह थिएन । शाक्यमुनि बुद्घले बुढो हुनु, रोगी हुनु, मर्नु आदि सबैलाई दुःख माने । उहाँ दुःखको कारणको खोजीमा लाग्नुभयो । ज्ञान प्राप्तिपछि उहाँले बताउनुभएका चार आर्य सत्यहरू यसप्रकार छन्ः
१. दुःख छ
२. दुःखका कारणहरू छन्
३. दुःखका निरोधहरू छन्
४. दुःख निरोधको मार्गहरू छन्
बुद्घले उद्घोष गर्नुभएको चार सत्यलाई “चार आर्य सत्य” भनिन्छ । बुद्घका अनुसार दुःख छ । त्यो सत्य हो । जन्म, जरा, व्याधि मृत्यु सबै दुःख हो । दुःख भन्नाले आफ्ना प्रियजनसँगको वियोग, अप्रियजनसँगको संयोग, चाहेको गुमाउनु हो । विशेषगरी रूप, वेदना, संज्ञा र संस्कार दुःखका कारणहरू हुन् ।
– दुःखका कारणहरू छन्
बुद्घका अनुसार दुःखमात्र हुँदैन, यसका कारणहरू पनि हुन्छन् । यो अर्को सत्य हो । दुःखको मुख्य कारण तृष्णा हो । वैभवको तृष्णा, काम क्रोध, लोभ, माया,मोह, द्वेष, इष्र्या व्यभिचार, दुराचार, अत्याचार अशान्ति, असुरक्षा, घृणा इत्यादि दुःखका कारणहरू हुन् ।
– दुःखको निरोध गर्न सकिन्छ
दुःखलाई निवारण गर्न सकिन्छ । दुःखका कारण तृष्णा हो । त्यसैले तृष्णालाई त्याग गरे दुःख निरोध हुन्छ । बुद्घका अनुसार मानिसले तृष्णा त्यागेमात्र खुसी हुनसक्दछ ।
– दुःख निरोधका उपायहरू छन्
बुद्घले संसारमा व्याप्त दुःख निरोधका उपायहरू पनि बताउनुभएको छ । ज्ञान, शील र समाधिको उपयोग दुःख निरोधका उपायहरू हुन् । ज्ञान अर्थात् बुद्घिको उपयोग प्रथम उपाय हो । ज्ञानअन्तर्गत सम्यक दृष्टि र सम्यक सङ्कल्प समाविष्ट हुन्छ । ज्ञानीगुणी व्यक्तिहरूमात्र दुःखबाट मुतm हुनसक्दछन् ।
अष्टाङ्गिक मार्गहरूः
शाक्यमुनि बुद्घले आफ्ना शिष्यहरूलाई दुःख हटाउने या तृष्णाको नास गर्ने तथा अविद्याको अन्त्य गर्ने ८ वटा उपायहरू बताउनुभएको छ । यसलाई अष्टाङ्गिक मार्गको रूपमा चिनिन्छ ।
सम्यक दृष्टि
सम्यक दृष्टिको अर्थ सही र गलत छुट्याउन सक्नु हो । मानिस चेतनशील प्राणी हो । उसमा विषयवस्तुबारे ज्ञान भए अज्ञानता हट्छ । त्यसैले हामीले जहिले पनि सकारात्मक दृष्टिले हेर्नुपर्छ ।
सम्यक वचन
सही कुरा गर्नु, असत्य नबोल्नु नै सम्यक वचन हो । यसअन्तर्गत मीठो र मधुरो वचन बोल्नु ,अरुलाई नराम्रो लाग्ने कुरा नगर्नु इत्यादि पर्दछन् ।
सम्यक क्रिया
सकारात्मक कामहरूमात्र गर्ने ,अरुको भलाइको लागि सदा तत्पर हुुने इत्यादि कुराहरू नै सम्यक क्रियाअन्तर्गत पर्दछन् ।
सम्यक जीविका
यसको अर्थ उचित तरिकाले जीवनयापन गर्नु भन्ने हुन्छ । मानिसले जीवन चलाउने असल कामहरू गर्नुपर्दछ । खराब कामलाई बुद्घले रोक लगाउनुभएको छ ।
सम्यक सङ्कल्प
जहिले पनि सही काम गर्ने दृढ विश्वास राख्नु सम्यक सङ्कल्प हो । हिंसा नगर्ने कबुल गर्नु नै सम्यक सङ्कल्प हो । यहाँ कबुल आफैसँग गर्नुपर्ने कुरा बुद्घले बताउनुभएको छ ।
सम्यक स्मृति
सही कुरामात्र सम्झिई राख्नुलाई नै सम्यक स्मृति भनिन्छ । बुद्घका उपदेश र बौद्घ धर्मलाई सम्झी राख्नुपर्दछ भन्ने मान्यता बुद्घको रहेको छ ।
सम्यक समाधि वा ध्यान
बुद्घले चितको एकाग्रतालाई सम्यक ध्यान बताउनुभएको छ । चित्त एकाग्र भएमात्र शान्ति प्राप्त हुन्छ । साथै बुद्घले अन्तिममा सम्यक कर्मको पनि चर्चा गर्नुभएको छ । विश्वमा भइरहेको अशान्ति र हिंसाको अन्त्य हुनुपर्दछ भनी प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन बुद्घलाई सम्झेर विश्व शान्तिको कामना गरिन्छ ।