भर्खरै :

ग्राम्स्कीः एक जना वोल्शेविक–१

इतिहास बङ्ग्याउने अभियानमा इमान्दार त्रोत्स्कीवादीहरूले ग्राम्स्कीको सिद्धान्त र व्यवहारलाई त्रोत्स्कीवादीहरूकै शब्दमा ‘स्तालिनवाद’ भन्दा विपरीत भएको भनी चित्रण गर्ने गरेका छन् । उनीहरूको यो निन्दा र झुठको प्रतिरोध गर्न ‘कम्युनिष्ट प्लाटफर्म’बाट साभार गरी एउटा लेख प्रकाशन गरेका छौं । यो लेख माक्र्सवादी–लेनिनवादी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय सम्मलेन (आइसीएमएलपीओ) को मुखपत्र ‘युनिटी एण्ड स्ट्रगल’ जर्नलमा प्रकाशित भएको थियो । यो लेखमा ग्राम्की न त कहिले सोभियत सङ्घविरोधी थिए न त कमरेड स्तालिनको विरोधी नै थिए भन्ने प्रष्ट बनाएको छ ।  इतिहास बङ्ग्याउने अभियानमा इमान्दार त्रोत्स्कीवादीहरूले ग्राम्स्कीको सिद्धान्त र व्यवहारलाई त्रोत्स्कीवादीहरूकै शब्दमा ‘स्तालिनवाद’ भन्दा विपरीत भएको भनी चित्रण गर्ने गरेका छन् । उनीहरूको यो निन्दा र झुठको प्रतिरोध गर्न ‘कम्युनिष्ट प्लाटफर्म’बाट साभार गरी एउटा लेख प्रकाशन गरेका छौं । यो लेख माक्र्सवादी–लेनिनवादी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय सम्मलेन (आइसीएमएलपीओ) को मुखपत्र ‘युनिटी एण्ड स्ट्रगल’ जर्नलमा प्रकाशित भएको थियो । यो लेखमा ग्राम्की न त कहिले सोभियत सङ्घविरोधी थिए न त कमरेड स्तालिनको विरोधी नै थिए भन्ने प्रष्ट बनाएको छ ।
अवसरवादी राजनीतिक नेता र पुँजीवादी बुद्धिजीवीहरू एन्टोनियो ग्राम्स्कीका विचार र लेनिन तथा स्तालिनका विचारबीच दुरी भएको र अझ एक–अर्कासँग बाँझिएको भन्दै कुरुप प्रचारबाजी गर्ने गर्दछन् । त्यस्तो तर्क गर्नु पछाडि उनीहरूको लक्ष्य ग्राम्स्कीका विचार त्रोत्स्कीको विचारसँग मिल्ने तर्कलाई प्रमाणित गर्नु हो ।

यो कथनको शुरुवात सुनियोजित र निर्देशित थियो । ‘इल मेस्सागिरो’ नामको इटालियाली फासिवादी अखबारबाट यसको शुरुवात भएको थियो । त्यो अखबारले ग्राम्स्कीको निधनको घोषणा गर्दै अज्ञानतावश र कायरतापूर्वक ‘त्रोत्स्कीप्रति उनको वफादारी’ को चर्चा गरेको थियो ।
बितेको बीसौं शताब्दीको ६० र ७० को दशकमा ग्राम्स्कीको कथित ‘त्रोत्स्कीवाद’ संशोधनवादी धोखेबाजहरूको लागि दैनिक चर्चाको विषय बनेको थियो । त्यसो गरेर उनीहरूले असान्दर्भिकताको अनावश्यक मिथक बनाउने अथवा ग्राम्स्कीलाई ‘असल’ र स्तालिनलाई ‘बद्मास’ भनी कुरालाई बङ्ग्याइने गरेका छन् ।
तर जब ग्राम्स्कीका कृतिहरूको अनुशीलन गर्दा वास्तविकता भने उनीहरूले प्रचार गरेभन्दा ठीक विपरीत छ । ग्राम्स्कीका विचार वोल्शेविक विचारसँग मिलेको छ र उनका विचार त्रोत्स्की तथा स्तालिनका अरु विपक्षीहरूका विचारभन्दा ठीक विपरीत छ । अब बाँकी कुरा ग्राम्स्कीकै विचारबाट व्यक्त गरौं ः
इटाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको रुपमा
सन् १९२४ मा ग्राम्स्कीले इटालीको कोमो शहरमा भएको कम्युनिष्ट पार्टीको सम्मेलनमा बोल्दै त्रोत्स्की र इटालियाली कम्युनिष्ट पार्टीका संस्थापक बोरडिगा(Bordiga) का विचारबीचको समरुपता र केही भिन्नताबारे चर्चा गरेका थिए । त्यो मन्तव्यमा ग्राम्स्कीले त्रोत्स्की र बोरडिगा दुवै नेताहरूको आलोचना गरेका थिए ः
‘त्रोत्स्कीका मनसायलाई आज कमरेड बोरडिगाका विचारसँग तुलना गर्न सकिन्छ । त्रोत्स्कीले ‘अनुशासित रुपमा’ पार्टीका काम गरे पनि पार्टीभित्र अप्रतिरोधी विपक्षी भूमिकाले पूरा पार्टीभित्र एउटा असजिलो अवस्था बनाउने गरेको छ । त्यो असजिलो अवस्थाले दुर्गन्ध फैलाउन भने छोडेन । बोरडिगाको सन्दर्भमा पनि यो मिल्दोजुल्दो छ । (…) यसले के देखाएको छ भने एक प्रकारको औपचारिक अनुशासनभित्रै रहेर पनि मजदुर आन्दोलनभित्रका अपवाद व्यक्तित्वहरूको विपक्षी भूमिकाले क्रान्तिकारी परिस्थितिको विकासमा मात्र असर गर्ने गर्दैन बरु क्रान्तिको अन्तिम परिणाममा समेत ठूलो खतरा हुने गर्दछ ।’ (ए. ग्राम्स्की, La construzione del Partito comunista, १९२३–१९२६, Einaudi, Totino १९७१)
त्यसपछिका वर्षहरूमा ग्राम्स्कीले इटालियाली कम्युनिष्ट पार्टीको वोल्शेविकीकरणको लागि सङ्घर्ष गर्ने क्रममा त्रोत्स्कीको ‘अमेरिकी महापूँजीवाद’(American Supercapitalism) को विचार खतरनाक भएको भन्दै विरोध गरेका थिए । ‘अनिश्चित समयको लागि क्रान्तिलाई साँचेको भए कम्युनिष्ट अन्तर्राष्ट्रियका सबै कार्यनीति विफल हुने थियो (…) र, रुसी राज्यको कार्यनीति समेतलाई पनि विफल तुल्याउने थियो किनभने यदि युरोपेली क्रान्ति एउटा पूरा ऐतिहासिक अवधिको लागि स्थगन गरिए, अथवा लामो समयसम्म रुसी कामदार वर्गले अरु देशका सर्वहारा वर्गको समर्थन पाउन नसके रुसी क्रान्तिले अर्को बाटो लिनुपर्ने अवस्था बन्थ्यो ।’
(यहाँ ग्राम्स्कीले कुनै एउटै देशमा मात्र क्रान्ति हुन नसक्ने बरु विश्व क्रान्ति र स्थायी क्रान्ति हुनुपर्ने त्रोत्स्कीको विचारको आलोचना गरेका छन्–अनुवादक)
ग्राम्स्की लेनिनवादबाट टाढा जाने प्रवृत्ति र गुटबन्दीविरोधी सङ्घर्षको महत्वबारे सधैं सजग थिए । तसर्थ उनले सोही प्रतिवेदनमा लेखेका छन्,‘त्यसअतिरिक्त व्यवहारले के देखाउँछ भने त्रोत्स्कीको अवधारणा र त्यसमा विशेषतः उनका विचारले एउटा खतरा झल्काउँछ जुन देशमा (कम्युनिष्ट–अनु.) पार्टी मात्र अलग हुने गर्दछ, त्यहाँ पार्टीभित्र एकताको अभावमा राज्यमा विखण्डन ल्याउने गर्दछ । फलतः प्रतिक्रान्तिकारी आन्दोलनको विकास हुने गर्दछ ः (…) अन्त्यमा, त्रोत्स्कीको प्रश्नबाट हामीले हाम्रो पार्टीमा केही कुरा सिक्न सक्छौंैं । जीवनको पछिल्लो समय बाहेक त्रोत्स्कीलाई हाम्रो पार्टीका बोरडिगासँग तुलना गर्न मिल्छ । पार्टीको केन्द्रीय समितिमा त्रोत्स्कीको उपस्थिति सामान्यतः प्रतीकात्मक मात्र थियो । उनको विचारले एउटा गुटको मनसाय मात्र प्रतिनिधित्व गर्दछ । जसरी हाम्रो पार्टीभित्र बोरडेगाको मनसायले एउटा गुटगत अवस्थाको प्रतिनिधित्व गर्ने गरेको छ । (…) बोरडेगाको मनसाय खतरापूर्ण छ जसरी त्रोत्स्कीको मनसाय खतरनाक छ ।’(ऐ.ऐ.)
सन् १९२५ मा कम्युनिष्ट अन्तर्राष्ट्रियको कार्यकारी समितिको पाँचौं बिस्तारित बैठकमा ग्राम्स्कीले नेतृत्व गरेको इटालियाली प्रतिनिधिमण्डलले बिना कुनै सन्देह त्रोत्स्कीको आलोचनाको सन्दर्भमा स्तालिनको विचारको पक्षमा मतदान गरेको थियो ।
ग्राम्स्कीको विचारमा पूँजीवादी घेराबन्दीको अवस्थामा सोभियत सङ्घको विकास पूँजीवादको तुलनात्मक स्थायित्व र क्रान्तिकारी उभारको अवन्नतिको समयको आवश्यकता थियो ।
तसर्थ ‘स्थायी क्रान्ति’को त्रोत्स्कीको विचारप्रति ग्राम्स्कीको स्पष्ट आलोचनाले त्यो विचार बेठीक, अधुरो र अपरिपक्व विचार हो भन्ने उनको धारणा स्पष्ट बनाएको छ । वोल्शेविक पार्टीको नेतृत्वको रणनीति र नीतिप्रति ग्राम्स्कीको समझदारी उनको ‘जेलको नोटबुक’ कृतिमा प्रष्ट रुपमा हामी पढ्न सक्छौं ।
ग्राम्स्की रुसी पार्टीभित्र एकताको बारेमा चिन्तित हुने गर्थे । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहका सर्वहाराको चिन्ताको विषय थियो । ती वर्षहरूमा सोभियत पार्टी, त्रोत्स्कीवादी र जिनोभेभवादीहरूबीच कार्यक्रमको विषयमा मतभेद हुँदा ग्राम्स्कीले धेरै पटक त्यसखाले विभाजनको फाइदा रुसमा सर्वहारा वर्गको शक्ति ढाल्न चाहने अन्तर्राष्ट्रिय पूँजीपति वर्गले उठाउन सक्ने भनी सचेत बनाएका थिए ।

त्रोत्स्की, जिनोभेभ र कामानेभको विपक्षी मोर्चाविरुद्ध सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गरेको सङ्घर्षको सन्दर्भमा ग्राम्स्कीले लेखेका छन्,‘सोभियत सङ्घको कम्युनिष्ट पार्टी केन्द्रीय समिति र अनुशासन आयोगले संयुक्त रुपमा अवलम्बन गरेको निर्णय प्रमुख महत्वको प्रश्न हो । पार्टी आफैको सांगठनिक एकता रक्षा नै प्रमुख विषय हो । पार्टी काममा विभाजन ल्याउन जो कोही चाहे हिजो उसको प्रकृति र योगदान जतिसुकै भए पनि, कम्युनिष्ट संगठनको कुनै पनि पदमा बसेको भए पनि त्यस्ता व्यक्तिहरूलाई कुनै छुट वा सम्झौता हुने कुरै हुनसक्दैन । (…) तसर्थ हामी पनि सबै कम्युनिष्ट अन्तर्राष्ट्रिय सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिसँग वरपर रही एकताबद्ध हुनु पर्ने विचार राख्दछौं । पार्टी एकतालाई विखण्डित गर्ने जो कोहीलाई सिध्याउने उर्जा, जोश र निर्णयलाई हामी अनुमोदन गर्दछौं ।’ (पार्टी एकता रक्षाको सन्दर्भमा सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय, L’Unita, २७ जुलाई, १९२६)
सोभियत पार्टीको सांगठनिक तथा वैचारिक एकताप्रति चिन्ताका कारण र त्यसले निम्त्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिणाम (विशेषतः पार्टी विकासको सन्दर्भमा इटालीमा भएको सङ्घर्षलाई ध्यानमा राखी) ग्राम्स्कीले सन् १९२६ को अक्टोबरमा ‘सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई पत्र’ लेखेका थिए । (Scritti politici, III, सन् १९७३)
आफ्नो सो पत्रमा ग्राम्स्कीले इटालियाली कम्युनिष्ट पार्टी पोलिटव्युरोको तर्फबाट सोभियत सङ्घमा वोल्शेविक पार्टीको नेतृत्व र त्रोत्स्की–जिनोभेभ गुटबीचको निर्मम राजनीतिक द्वन्द्वमा हस्तक्षेप गर्दै ‘स्तालिनले नेतृत्व गरेको सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बहुमतको विचार राजनीतिक रुपमा सही विचार भएको’ मत व्यक्त गरेका थिए ।
रुसको अवस्थाबारे ग्राम्स्कीलाई आंशिक रुपमा मात्र जानकारी थियो । तथापि लेनिनवादी बहुमतप्रति उनको समर्थन सङ्घर्षको आन्तर्यप्रतिको पक्ष्ँधरता थियो । त्यो अभिमत सन्देहरहित र प्रष्ट थियो । फुटपारुवा विपक्षहरूप्रति उनका महत्वपूर्ण दोषारोपण निकै कडा थियो र साथै सिद्धान्तमा आधारित थियो ।
ग्राम्स्कीले प्रष्ट शब्दमा भनेका छन्,‘हामी दोहो¥याउन चाहन्छौं, विपक्षीहरू(त्रोत्स्की, जिनोभेभ र कामानेभ)हरूका मनसायको तथ्यबाट हामीलाई सचेत बनाएको छ । तिनका मनसायले केन्द्रीय समितिको समग्र राजनीतिक लाइनलाई प्रभावित गरेको छ साथै लेनिनवादी सिद्धान्त र सोभियत पार्टीको राजनीतिक गतिविधिको भित्री हृदयलाई छोएको छ । उनीहरूले सर्वहारा हुकुमको सिद्धान्त र अभ्यासमाथि नै प्रश्न उठाएका छन् । मजदुर र किसानहरूबीच एकताको आधारभूत प्रश्नमा नै उनीहरूले विखण्डन ल्याउन खोजिरहेका छन् । कामदार वर्गको सत्ता र क्रान्तिका खाँबो किसान र मजदुरहरूबीच विभाजन ल्याउने उनीहरूको प्रयास हो ।’
ग्राम्स्की लेनिनवादका गम्भीर समर्थक हुन् । त्यसकारण उनले सोही पत्रमा सोभियत कम्युनिष्ट पार्टीका फुटपारुवा नेताहरुको निकै कडा आलोचना गर्दै लेखेका थिए,‘संयुक्त विपक्षी(त्रोत्स्कीपन्थी र जिनोभेभ तथा कामानेभपन्थी)हरुका क्रियाकलापमा नै उनीहरुको गल्तीको जरा र त्यसभित्र लुकेर रहेको खतरा अन्तर्निहित छ । उनीहरुको विचारधारा र व्यवहारले सामाजिक प्रजातन्त्र र विचारको सामूहिकतावाद(syndicalism)को सम्पूर्ण परम्परालाई फेरि जन्म दिएको छ । सामाजिक प्रजातन्त्र र विचारको सामूहिकतावादले नै पश्चिमा सर्वहारा वर्गलाई एक नेतृत्वदायी वर्गको रुपमा संगठित गर्न बाधा दिइरहेको विचार हो ।’
ग्राम्स्कीले आफ्नो त्यो विचारलाई २६ अक्टोबर सन् १९२६ मा लेखेको ‘टोग्लायट्टीलाई चिठ्ठी’ मा अझ प्रष्ट रुपमा उल्लेख गरेका छन् । सो पत्रमा उनले युरोपेली पार्टीहरुमा वेल्शेविकीकरणको सुस्त प्रक्रियाबारे चर्चा गरेका छन् । पत्रमा ग्राम्स्की लेख्छन्,‘रुसी पार्टीमा विपक्षीबारे छलफल र त्यससम्बन्धि सिद्धान्तले (युरोपेली कम्युनिष्ट पार्टीहरुको) वेल्शेविकीकरण प्रक्रियाको सुस्ततामा योगदान पु¥याइरहेको छ, अझ यो प्रक्रियालाई अवरोध समेत गरेको छ । रुसी सन्दर्भमा विपक्षीको अर्थ व्यापारिक वर्ग (corporatism) र विचारको सामूहिकतावाद(syndicalism)का सबै अवशेष हुन् । तिनले पश्चिमा सर्वहारा वर्गलाई आफ्नो नियन्त्रणमा लिएर उनीहरुको राजनीतिक तथा वैचारिक विकासको प्रक्रियालाई अवरोध गरेका छन् ।’अनि निष्कर्षमा उनले लेखेका छन्,‘हाम्रो पत्रमा विपक्षीको अर्थ सम्पूर्णतामा हो, त्यसलाई रुपमा मात्र बुझ्नु हुन्न । त्यस कारणले पनि यो पत्र अझ बढी प्रभावशाली र थप गम्भीर छ ।’(उही)
त्यसकारण ‘ग्राम्स्कीको त्रोत्स्कीपन्थ’ को  विचारलाई बलियो बनाउनु वा त्यसलाई मच्चाउने लक्ष्यले ती पत्रहरुको व्याख्या गर्नु पूर्णतः निराधार छ । रुसी पार्टीभित्रै विकास भएको सङ्घर्षमा ग्राम्स्कीले कसको पक्ष लिएका थिए भन्ने कुरा बुझ्न सजिलो छ । उनले बहुमत पार्टी सदस्यहरुको वोल्शेविक पक्षकै पक्षधरता लिएका थिए ।
 जेलका नोटबुकहरुमा
संशोधनवादीहरु ग्राम्स्कीले आफ्नो ‘जेलका नोटबुकहरु’मा स्तालिनको विषयमा नलेखेको र लेखेकै भए पनि अप्रत्यक्ष रुपमा मात्र लेखेको हल्ला गर्ने गर्दछन् । उनले कतै स्तालिनकालीन सोभियत सङ्घको उल्लेख गरेकै भए पनि आलोचनात्मक रुपमा टिप्पणी गरेको उनीहरुको धारणा छ ।(उदाहरणको लागि जी. भाक्काको शोध L’ URSS staliniana nell’analisis dei Quaderni del carcere, in Gorbacev e la sinistra europea, Roma, १९६८, पृष्ठ.७५)
त्यस्ता हल्ला खासमा सबै झुठा थिए । ‘जेलका नोटबुकहरु’मा सोभियत समाजवादबारे लेखिएका कुनै पनि प्रसङ्गमा ग्राम्स्कीले लेनिन र स्तालिनको समर्थन तथा त्रोत्स्कीको विरोधमा लेखेका छन् । ‘जेलका नोटबुकहरु’का पाठहरुमा हामीले त्यो कुरा प्रष्ट बुझ्न सक्छौं । आफ्नो सो कृतिमा ग्राम्स्कीले वोल्शेविकवादको प्रतिरक्षा तथा त्रोत्स्कीको विरोध चार प्रश्नको सामना गर्दै गरेका छन्ः १)स्थायी क्रान्तिको सिद्धान्तबारे, २) क्रान्तिका चरणहरु, ३) कार्यनीति र रणनीतिबारे, ४) सोभियत सङ्घको औद्योगिकरण र ५) अन्तर्राष्ट्रवाद र राष्ट्रिय नीतिबारे ।
अन्तर्राष्ट्रिय ग्राम्स्की समाजले प्रकाशन गरेको ‘जेलका नोटबुकहरु’ पुस्तकको संस्करणको आधारमा त्यसबारे केही गहिरो अध्ययन गरौं । यी पाठहरु सन् १९७५ मा भी. गिरातानाले सम्पादन गरेको र इनाउडीले प्रकाशन गरेको आलोचनात्मक संस्करणसँग मेल खान्छन् । नोटबुकमा ग्राम्स्कीले विभिन्न व्यक्तिको नाम साङ्केतिक रुपमा लेखेका छन् । तात्कालीन फासिवादी सेन्सरसीपबाट जोगिन उनले यस्तो गर्नुपरेको थियो । जस्तै ‘जेलका नोटबुकहरु’मा लेनिनलाई कहीं इलिच त कहीं इल्ची लेखिएको छ । स्तालिनलाई बेसारिअन नाम प्रयोग गरिएको छ भने त्रोत्स्कीलाई कहीं ब्रोस्टिन, कहिलेकाहीं लिओनी डेभिडोभिसी वा डेभिडोवीच नामले सङ्केत गरिएको छ । अरु पनि त्यस्ता साङ्केतिक नाम धेरै ठाउँमा प्रयोग गरिएका छन् । उनले सङ्केत गर्न खोजेको नाम भने हामीले यहाँ कोष्ठकभित्र राखेका छौं ।
१) पहिलो नोटबुकको ‘सरकारमा आउनु र जानुअघि वर्गको राजनीतिक नेतृत्व’ शीर्षकको महत्वपूर्ण टिप्पणीमा ग्राम्स्कीले त्रोत्स्कीबारे लेखेका छन् । उन्नाइसौं शताब्दीको इटालीको राजनीतिक एकीकरणको घटना(Risorgimento) को चर्चाबाट शुरु गरेर ग्राम्स्कीले सोभियत सरकारले सामना गरिरहनु परेका विशाल र नयाँ–नयाँ समस्याबारे व्याख्या गरेका छन् । यो टिप्पणीमा ग्राम्स्कीले प्रत्यक्ष रुपमा त्रोत्स्कीपन्थीहरुले निकै भन्ने गरेको शब्द ‘स्थायी क्रान्ति’बारे आफ्नो विचार प्रस्तुत गरेका छन् ।
‘सन् १८४६ देखि १८४९ सम्मको अवधिमा जर्मनीको सन्दर्भमा माक्र्सले दिनुभएको ‘ज्याकोविन’ नारा (बिनारोकतोक क्रान्तिको विचार)प्रति सम्मान गर्नुपर्दछ तर त्यसको जटिल भविष्यबारे भने अध्ययन आवश्यक छ । प्रभुज–ब्रोस्टिन(हेल्पह्याण्ड–त्रोत्स्की) समूहले प्रणालीकृत, विकसित, बौद्धिक बनाएको सो नारा सन् १९०५ र त्यस पछि पनि निष्प्रभावी र निष्काम रह्यो । त्यत्तिञ्जेल यो एउटा अमूर्त विषय बनिसकेको थियो र सामाजिक वैज्ञानिकहरुको कोठेगोष्ठीमा मात्र त्यसबारे कुराकानी गर्न सकिन्थ्यो । शाब्दिक रुपमा यो विचार(बेरोकतोक क्रान्तिको विचार)ले वोल्शेविकवादको विरोध गर्ने गर्दछ । वास्तवमा यसको प्रयोग परिस्थितिको वास्तविक र वस्तुगत मूल्याङ्कनको आधार ‘लक्ष्यसहित’ गरिएन । यो विचारलाई रुपान्तरण गर्नु पर्ने समाज र समयअनुसार प्रयोगमा ल्याइन जरुरी छ । त्यो समाजमा दुई वटा कामदार सामाजिक समूहहरु–मजदुर र किसान रहनेछन् र शहरी समूह(श्रमिक जनता)को नेतृत्वमा रहनेछ ।’
ग्राम्स्कीको भनाईमा आधुनिक ज्याकोविनवादीहरुले मजदुर वर्गको नेतृत्वमा किसानहरुसँग मिल्ने नीति अंगाल्नुपर्नेमा प्रष्ट विचार राख्नुपर्दछ । त्यसकारण उनले त्रोत्स्कीको ‘स्थायी क्रान्ति’को विचारविरुद्ध स्तालिनले अघि सारेको सही वोल्शेविक नीतिको सम्मान गरेका छन् । ‘स्थायी क्रान्ति’को सिद्धान्तले गरीब किसानहरुलाई क्रान्तिकारी शक्तिका रुपमा स्वीकार्दैन । क्रान्तिमा सबै शोषित–पीडित जनतालाई नेतृत्व गर्न सक्नेमा सर्वहारा वर्गको क्षमतामाथि पूर्ण सन्देश गर्दछ । त्यही अविश्वासका कारण त्यो विचारले कुनै एउटै देशमा पनि क्रान्ति हुन सक्छ भन्ने सिद्धान्तलाई अस्वीकार गर्दछ ।

त्रोत्स्कीविरुद्ध निकै कडा आलोचनासँगै यो टिप्पणीको अन्त्य गरिएको छ । यहाँ त्रोत्स्कीलाई प्रतिक्रियावादी पूँजीपति क्रिस्पीसँग तुलना गरिएको छ । लेखिएको छ,‘एकातिर (त्रोत्स्की)सँग मनग्य राजनीतिक सुझबुझ बिनाको ज्याकोविन तरिका छ भने अर्कोतिर वोल्शेविक तरिका छ । वोल्शेविक तरिका त्यस्तो ज्याकोविन तरिका हो जसलाई नयाँ ऐतिहासिक सम्बन्धले निर्देशित गरेको र यो तरिका कुनै शाब्दिक एवं बौद्धिक तहमा मात्र सीमित छैन ।’
ग्राम्स्कीले यही विचार सन् १९३४–३५ मा लेखेको उन्नाइसौं नोटबुकमा पनि उस्तै गरी प्रस्तुत गरेका छन् । उनले त्यसमा त्रोत्स्कीवादबाट पूर्ण सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।
‘अनुकूलताको लडाई(war of position)र युद्ध कौशलता(manouvre) वा आमनेसामने लडाई(frontal war)’ शीर्षकको निकै चर्चित टिप्पणीमा ग्राम्स्कीले ‘स्थायी क्रान्ति’को प्रश्नमा अझै चर्चा गरेका छन् । ‘आन्दोलनको स्थायी चरित्रबारे ब्रोस्टिन(त्रोत्स्की)को चर्चित सिद्धान्त युद्ध कौशलताको सिद्धान्तको राजनीतिक परावर्तन हो वा होइन भन्ने कुरा हेर्न बाँकी नै छ । (कज्जाक सैनिक जर्नेल क्रास्नोभको भनाईको स्मरण गर्नुहोस् ।) कुनै एउटा देश जसको आर्थिक–साँस्कृतिक–सामाजिक अवस्था व्यापक बनेको छैन, जहाँको आर्थिक जीवन प्रारम्भिक र कमजोर छ र जुन देश सुरुङ वा किल्ला बन्न सक्षम छैन, त्यस्तो देशको सन्दर्भमा ब्रोस्टिन(त्रोत्स्की)को विचारलाई कसैले पश्चिमा भन्न सक्छन् । तर वास्तवमा त्यो सर्वव्यापी(कस्मोपोलिटन)हो । कस्मोपोलिटन यसअर्थमा कि यो विचार सतही रुपमा राष्ट्रिय र सतही रुपमा पश्चिमा वा युरोपेली हो । इलिच(लेनिन) अर्कोतिर गहिरो रुपमा राष्ट्रिय र प्रष्ट रुपमा युरोपेली हुन् ।
ब्रोस्टिन(त्रोत्स्की)ले आफ्नो संस्मरणमा आफ्नो सिद्धान्त प्रमाणित भएको लेखेका छन् …पन्ध्र वर्षपश्चात र एउटा हाँस्यव्यङ्ग्यलाई अर्को हाँस्यव्यङ्ग्यले जवाफ दिएका छन् । तर यथार्थमा त्यो सिद्धान्त न त पन्ध्र वर्षअघि सही थियो न त पन्ध्र वर्षपछि नै सही भयो ।’लेनिनबारे त्रोत्स्कीको विचारप्रति असहमति जनाइसकेपश्चात ग्राम्स्कीले लेखेका छन्,‘ब्रोस्टिनका सिद्धान्तलाई आमहड्तालबारे केही फ्रान्सेली विचारमा सामूहिकतावादीहरु(syndicalism)सँग तुलना गर्न सकिन्छ । साथै अलिसान्द्रीले अनुवाद गरेको रोजा लक्सम्बर्गको सिद्धान्तसँग तुलना गर्न सकिन्छ । रोजाका विचार र सिद्धान्त पनि कुनै न कुनै हिसाबमा फ्रान्सेली विचारमा सामूहिकतावादीबाट प्रभावित छ ।’
२) आफ्ना नोटबुकहरुमा ग्राम्स्कीले ‘स्थायी क्रान्ति” को प्रश्नलाई ‘युद्ध कौशलमा आधारित युद्ध’ देखि ‘अनुकूलताको लडाई’ सँग जोडेका छन् । विशेषतः सन् १९२३ को जर्मनी क्रान्तिको पराजय अनि कामदार आन्दोलनको प्रतिरक्षात्मक अवस्थामा संक्रमणपछि युरोपमा क्रान्तिकारी प्रक्रियाको विकासका समस्याहरुबारे पुनःव्याख्या गर्नुपर्ने, अस्थायी हारका कारणबारे बुझ्नुपर्ने र क्रान्तिको नयाँ चरण स्थापना गर्नुपर्ने आदि विषयमा ग्राम्स्की सहमत भए ।
छैटौ नोटबुकमा यो विषयमा लेखिएको छ । नोटबुकको त्यो खण्ड सान्दर्भिक कार्यनीतिक तथा रणनीतिक प्रश्नमा आधारित छ । ‘राजनीतिक मोर्चामा पनि युद्ध कौशल (र,आमनेसामने हमला) को अनुकूलताको लडाईमा संक्रमण । युद्धपश्चातको अवधिले उठाएको यो सबभन्दा महत्वपूर्ण राजनीतिक सिद्धान्त हो भन्ने मलाई लाग्छ र यो सही तरिकाले समाधान गर्न सबभन्दा जटिल प्रश्न पनि हो । यो ब्रोन्टिनल(त्रोत्स्की)ले उठाएको समस्यासँग जोडिएको छ । त्रोत्स्कीलाई एक वा अर्को कोणमा पराजीत हुने अवस्थामा आमनेसामने लडाईको पक्षपाती राजनीतिक सिद्धान्तकार मान्न सकिन्छ ।’
कम्युनिष्ट अन्तर्राष्ट्रियमा विवाद भएको ‘हमलाको रणनीति’(assault tactics) र ‘कब्जाको रणनीति’(seige tactics) मध्ये विकल्प खोज्ने वा दुवैलाई मिलाएर लाने जटिल प्रश्नबारे चर्चा गर्दै ग्राम्स्कीले संशोधनवादी र सुधारवादीहरुले जानाजान बेवास्था गरेको विशेष महत्वको प्रश्नबाट कुराकानी शुरु गरेका छन् । ‘सबै कुराले के कुरा देखाइरहेको छ भने हामी राजनीतिक–ऐतिहासिक अवस्थाको सारभूत चरणमा प्रवेश गरेका छौं किनभने ‘अनुकूलताको राजनीति’मा एक पटक हासिल गरेको जीत भनेको अन्तिम विजय हुने गर्दछ ।’
यही भनाईको आधारमा ग्राम्स्कीले पूँजीपति वर्गको नेतृत्व तथा सरकार चलाउने कौशलको प्रष्ट सङ्कटबारे विश्लेषण गरे । सँगै उनले पश्चिममा राज्यका अङ्गको चर्को प्रतिरोध र पूँजीपति तथा श्रमिक वर्गको बीचमा ठूलो सङ्ख्यामा रहेको वर्गबारे पनि विश्लेषण गरे ।
‘मलाई लाग्छ, इलिच(लेनिन)ले सन् १९१७ मा पूर्वमा सफलतापूर्वक प्रयोग भएको कौशलको लडाईलाई पश्चिमा सम्भव एकै तरिकाको अनुकूलताको लडाईमा परिवर्तन गर्नुपर्ने कुरा बुझेका छन् ।(…)त्यही भएर नै ‘संयुक्त मोर्चा’ को सिद्धान्त आएको मेरो बुझाई छ ।(…) तर इलिचलाई त्यो सिद्धान्त व्यवहारमा बिस्तार गर्न समय पुगेन । त्यो विचार दिमागमा मात्र जन्मेको अवस्थामा त्यसको बिस्तार भनेको सैद्धान्तिक रुपमा मात्र सम्भव थियो । जबकि प्रमुख प्रश्न भने राष्ट्रिय प्रश्न नै थियो । अर्को शब्दमा भन्नुपर्दा त्यसमा वस्तुगत विश्लेषण र नागरिक समाजले खनेका सुरुङ र किल्लाको पहिचान गर्न आवश्यक थियो ।’
हामी यहाँ ग्राम्स्कीले लेखेका नोटबुकहरुको अनुसन्धानको केन्द्रमा छौं । तर शक्ति सम्बन्धबारे ऐतिहासिक रुपमा रचना गरेका कार्यनीतिक र रणनीतिक तरिकाका प्रमुख पक्षहरु पनि छलफल गर्न आवश्यक छ । त्यो भनेको सोभियत सङ्घको कार्यनीतिक तथा रणनीतिक प्रश्न हुन् । यो प्रश्नबारे ग्राम्स्कीले लेखेका छन्ः‘अनुकूलताको युद्धले अथाह जनताको बृहत् बलिदानको माग गर्दछ । तसर्थ अभूतपूर्व एकाधिकारको आवश्यकता पर्दछ, अर्थात् अझ बढी ‘हस्तक्षेपकारी’ सरकारको आवश्यकता पर्दछ । त्यस्तो सरकारले विपक्षहरुलाई खुला रुपमा कार्यबाही गर्दछ र आन्तरिक विखण्डनको असम्भव स्थायी एकतालाई राजनीतिक, प्रशासनिक लगायत तरिका तथा प्रभावशाली समूहको नेतृत्वदायी भूमिका बनाएर आदि तरिकाबाट एकता बनाइराख्छ ।’
यो नै स्तालिनको राजनीति हो र सर्वहारा तानाशाहीको सशक्तिकरण हो । यो राजनीतिक लाइनको लागि अपवादको धैर्यता र खोजीमूलक चरित्रको आवश्यकता पर्दछ । तर त्यो मूर्त ऐतिहासिक अवस्थामा त्यो नै एक मात्र सफलताको मन्त्र हो । यो राजनीतिक दिशाले त्रोत्स्कीको दिशाको प्रष्ट विरोध गर्दछ । प्रस्ततिः सगर स्रोतः इत्ज्भ्च् ब्क्एभ्ऋत्
प्रस्तुतिः सगर
स्रोतः Other Aspect

Leave a Reply

Your email address will not be published. Required fields are marked *