भर्खरै :

सीको प्रतिवेदनः नयाँ युगको नयाँ घोषणापत्र

-ल्यु चिछिन
संसारको लागि ज्यादै महत्व बोकेको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन भइरहेको छ । गएको बुधबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिनपिङले १९ औं महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदन निसन्देह नयाँ युगको कम्युनिष्ट पार्टीको घोषणापत्र हो । त्यो प्रतिवेदनको ऐतिहासिक तथा व्यवहारिक महत्व छ । प्रतिवेदनले चीनको राजनीतिक दिशा र भविष्यलाई मात्र निर्देशित गर्दैन बरु अन्तर्राष्ट्रिय अवस्था र विश्व राजनीतिक भूगोलको विकासमा बलियो प्रभाव पार्ने निश्चित छ ।

पूर्वी युरोपमा रङ्गीन क्रान्तिभए सँगै कुनै पनि राजनीतिक पार्टी र कोही पनि राजनीतिक व्यक्तित्वले समाजवादी र साम्यवादी सिद्धान्तको विचारलाई अघि बढाउने हिम्मत गरेन र त्यससम्बन्धि गतिविधिमा संलग्न हुन चाहेन । माक्र्सवादलाई गलत तरिकाबाट बुझियो । त्यस्तो घटना त्यसअघिको शताब्दीमा भएको थिएन । समाज विभाजित भयो र अराजकतामा फस्यो । मानिसहरुका विश्वासमा स्खलन आयो । त्यत्तिबेला पश्चिमका केही राजनीतिक नेताहरुले समाजवाद र साम्यवादको विरोधमा बोले । माक्र्सवाद र समाजवाद कहिल्यै नचित्ताएको सङ्कटमा प¥यो ।

सन् १९९० दशकमा सोभियत सङ्घको अस्थायी हार भयो । सोभियत सङघको विघटनसँगै समाजवाद र साम्यवादबारे मानिसको बुझाईमा आँधीबेहरी आयो र सोभियत सङ्घ नेतृत्वको युरोपेली समाजवादी मोर्चा ध्वस्त भयो । पूर्वी युरोपमा रङ्गीन क्रान्तिभए सँगै कुनै पनि राजनीतिक पार्टी र कोही पनि राजनीतिक व्यक्तित्वले समाजवादी र साम्यवादी सिद्धान्तको विचारलाई अघि बढाउने हिम्मत गरेन र त्यससम्बन्धि गतिविधिमा संलग्न हुन चाहेन । माक्र्सवादलाई गलत तरिकाबाट बुझियो । त्यस्तो घटना त्यसअघिको शताब्दीमा भएको थिएन । समाज विभाजित भयो र अराजकतामा फस्यो । मानिसहरुका विश्वासमा स्खलन आयो । त्यत्तिबेला पश्चिमका केही राजनीतिक नेताहरुले समाजवाद र साम्यवादको विरोधमा बोले । माक्र्सवाद र समाजवाद कहिल्यै नचित्ताएको सङ्कटमा प¥यो ।
झण्डै तीस वर्षसम्म अन्तर्राष्ट्रिय समुदायलाई माक्र्सवाद र समाजवादको विकास कसरी होला भनी अन्योलमा पारिदियो । तर बितेका चालिस वर्षमा सुधार र खुलापन नीतिको फलदायी परिणामसँगै चीनले संसारसामू माक्र्सवाद र समाजवाद आर्कषक सैद्धान्तिक मार्गनिर्देशक तथा विकासशील देशहरुमा पूर्णतः सान्दर्भिक विकासको बाटो भएको घोषणा ग¥यो । अनगिन्ती तथ्यहरुबाट चीनले एउटा साधारण सत्य प्रमाणित ग¥योः कुनै पनि देशको वास्तविक अवस्थामा माक्र्सवाद अवलम्बन गर्नु त्यो देशको राजनीति तथा अर्थतन्त्रको विकास एवं त्यहाँको संस्कृतिको आधुनिकीकरण गर्न सबभन्दा प्रभावकारी मार्गनिर्देशक सिद्धान्त हो ।
चीनले सुधार र खुलापनको नीतिको सन्दर्भमा माक्र्सवादलाई चीनको वस्तुगत परिस्थितिअनुकूल लागु ग¥यो । चीनमा माक्र्सवादको प्रयोग तथा चीनको राष्ट्रिय परिस्थितिमा समाजवादी बाटोको अवलम्बनमार्फत सुधार र खुलापनको नीतिले चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा सीको प्रतिवेदनले देशको सामाजिक आर्थिक विकास र आधुनिकीकरणको लागि एउटाभन्दा बढी बाटो पनि भएको प्रमाणित गरेको छ । पश्चिमा देशहरुको विकासको बाटो सबै देशको सन्दर्भमा लागु नहुन पनि सक्छ । चीनको विकासको अनुभवले विकसित देशका उपलब्धिहरु हासिल गर्न कुनै पनि देशले चीनको बाटो पनि अंगाल्न सक्दछ भन्ने कुरा देखाएको छ । एक अर्ब ३६ करोड जनसङ्ख्या भएको चीनको विकासको बाटो चीनलाई उपयुक्त छ भने त्यो संसारका कुनै पनि देशका लागि उपयुक्त हुनसक्दछ ।
सुधार र खुलापनको सन्दर्भमा चीनको अनुभवका साथै सीले १९ औं महाधिवेशनमा प्रस्तुत गरेको जानकारीमूलक प्रतिवेदनको विश्वव्यापी महत्व छ । चीनले बितेका पाँच वर्षमा अभूतपूर्व प्रगति र उल्लेखनीय उपलब्धिहरु हासिल गरेको छ ।
कडा अनुशासनको दायरामा तालिम दिइएका चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ता र अधिकारीहरुले जनताको चाहना पूरा गर्न दिलोज्यान दिएर लाग्ने गर्दछन्, समय सीमा तोकेर जिम्मेवारी पूरा गर्दछन् । पश्चिमा देशहरुले असम्भव भनेका काम उनीहरु पूरा गर्न ज्यान फालेर लागेका हुन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीहरुले हासिल गरेका सफलताका आधार तिनै कार्यकर्ताहरु हुन् ।
चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषता सहितको समाजवादी विचारलाई नयाँ युगको लागि नयाँ आकार दिएको छ । त्यसले माक्र्सवाद–लेनिनवाद, माओ त्से तुङ विचारधारा, तङ स्याओ फिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई अझ समृद्ध बनाएको छ । यो पार्टी कामको लागि दीर्घकालीन निर्देशक हो । पार्टी विकास, नयाँ समयका नयाँ चुनौतीको सामना र नयाँ युगका लक्ष्यहरु पूरा गर्न ती विचारधारालाई अझ बलियो ढङ्गले अघि बढाउन जरुरी छ ।
लेखक चीनको रेनमिन विश्वविद्यालय चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका वरिष्ठ प्राध्यापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *