भर्खरै :

अक्टोबर समाजवादी क्रान्ति विश्व समाजवादी क्रान्तिको एक कोषेढुङ्गा हो

– सरोजराज गोसाई
महान अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजित यो भव्य समारोहमा सहभागी सम्पूर्ण साथीहरूलाई हार्दिक अभिभावादन एवम् शुभकामना व्यक्त गर्दछु । यो ऐतिहासिक टौमढी चोकमा उभिएर महान समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीको शुभकामना व्यक्त गर्न पाएकोमा आज म गर्वको अनुभव गरिरहेको छु । यही चोकमा वीर सहिद राजकुमार सुवालले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लड्दा लड्दै वीरगति प्राप्त गरेका थिए । आज हामी राजकुमार सुवाल, कृष्णराम दुवाल, पुष्परत्न शाक्य, निर्मलकुमार शाक्य र हरिकृष्ण भुजूको रगतले लेखेको इतिहासको स्मरण गरिरहेका छौं । यसै अवसरमा, ती वीर सपुतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
हामीलाई थाहा छ, महान अक्टोबर समाजवादी क्रान्ति विश्व समाजवादी क्रान्तिको एक कोषेढुङ्गा हो । यो मजदुर वर्गको नेतृत्वमा सम्पन्न पहिलो व्यवस्थित र सङ्गठित क्रान्ति हो । आज हामी संसारमै पहिलो पटक सर्वहारा वर्गको हुकुम स्थापना भएको उपलक्ष्यमा खुशियाली मनाइरहेका छौं । शोषणका दाम्लाहरू चु“डाल्ने त्यही सफलताको उत्सव मनाइरहेका छौं, र हामी प्रतिक्रियावादी वर्गविरुद्ध लड्ने प्रण गरिरहेका छौं ।
साथीहरू, हामी इतिहासबाट सिक्दैछौं । सन् १८७१ मा फ्रान्सको पेरिसमा मजदुरहरूले आफ्नो सत्ता स्थापना गरे । तर त्यो सत्ता मात्र ७१ दिन चल्यो । क्रान्ति असफल भयो । प्रतिक्रियावादी वर्गले क्रान्तिलाई मजदुरको रगतमा डुबाई दियो । यहा“हरूको ध्यानाकर्षण गर्न चाहन्छु, पेरिस कम्युनका असफलताहरूबाट सिकेर नै अक्टोबर क्रान्तिले सफलता पाएकोे थियो । हामी स्पष्ट छौं, हाम्रो देशको क्रान्ति अक्टोबर क्रान्तिभन्दा परिष्किृत हुनेछ । अक्टोबर क्रान्तिबाट सिक्नुको अर्थ पनि यही हो ।
क्रान्तिले क्रान्ति जन्माउ“छ । अक्टोबर क्रान्तिको तोपको आवाजले विश्वभरका मजदुर वर्गलाई बिउ“झाएको थियो । एसिया, अफ्रिका, ल्याटिन अमेरिकी जनतालाई मुक्तिको युद्ध लड्न उद्घोष गरेको थियो । अक्टोबर क्रान्तिको तोपको आवाजस“गै चीनमा चिनिया“ कम्युनिष्ट पार्टीको स्थापना भयो । सन् १९४५ मा कोरियाली क्रान्ति भयो । सन् १९४९ मा चिनिया“ क्रान्ति भयो । त्यस्तै क्युवा र भियतनाममा क्रान्ति सम्पन्न भयो । हाम्रो दृढ विश्वास छ, हाम्रो देशको आन्दोलन र सङ्घर्षबाट विश्वलाई सिकाउन सक्छ ।
साथीहरू, हामीलाई थाहा छ, क्रान्तिले समाजमा आमूल परिवर्तन ल्याउ“छ । अक्टोबर क्रान्ति पछिको सरकारले निःशुल्क र अनिवार्य शिक्षा लागू ग¥यो । शिक्षालाई उत्पादनश्रमस“ग जोडियो । औद्योगिक उत्पादन कैयौं गुणाले बढ्यो । क्रान्तिले सम्पूर्ण नागरिकलाई साक्षर बनायो । विज्ञान र प्रविधिमा अभूतपूर्व उन्नति भयो । सन् १९५७ मा विश्वको पहिलो अन्तरिक्ष यान प्रक्षेपण गरियो । पू“जीवादी देशले दुई तीन सय वर्ष लगाएर गरेको प्रगति सोभियत संघले दुई–तीन दसकमा गरेर देखायो । सोभियत समाजवादले समाजवादी व्यवस्था उत्कृष्ट हो भन्ने विश्वलाई देखायो ।
आदरणीय साथीहरूलाई थाहा छ, तैपनि हामी स्मरण गरिरहेका छौं, क्रान्तिपछि सोभियत सरकारले सम्पूर्ण जनतालाई निःशुल्क स्वास्थ्य उपचारको बन्दोवस्त ग¥यो । जनताको आयुदर दुईगुणाभन्दा बढी भयो । दिनको ७ घण्टा कामको बन्दोवस्त गरियो । जमिन जोत्नेको बनाइयो । उत्पादनका साधन राष्ट्रियकरण गरियो । योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोवस्त गरियो । बौद्धिक र शारीरिक श्रम बीचको ज्यालाको भेद कम गर्दै लगियो । गाउँ र सहर बीचको भेद कम गर्दै लगियो । महिलाले स्वतन्त्रता पाए । उनीहरूलाई राजनीतिक अधिकार दिइयो । जनताको निम्ति पानी, विजुली, यातायात निःशुल्क बराबर गरियो । मजदुरको निम्ति छुट्टै विश्वविद्यालय खोलियो । विद्यालयमा खेलकुदलाई अनिवार्य गरियो । मनोरञ्जनलाई प्राथमिकता दिइयो । यसरी समाजवाद कामदार वर्गको हित गर्ने व्यवस्था हो भन्ने प्रमाणित गरियो । त्यसैले हामी गर्वका साथ भन्छौं, महान अक्टोबर समाजवादी क्रान्ति जिन्दावाद ¤
साथीहरू, अक्टोबर क्रान्तिले विश्वलाई केही महत्वपूर्ण शिक्षा दिएको छ । हामी ती शिक्षाहरूलाई आत्मसात गर्दैछौं । अक्टोबर क्रान्तिका नेता लेनिनले क्रान्ति कुन परिस्थितिमा हुन्छ भन्ने कुरा प्रष्ट पार्नु भएको छ । लेनिनले भन्नुभयो, क्रान्तिको निम्ति एउटा क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टी चाहिन्छ । क्रान्तिकारी पार्टी भन्नु सङ्घर्षको आगोमा इस्पात बनेको पार्टी हो । क्रान्तिको निम्ति भित्री र बाह्य परिस्थिति तयार हुनुपर्छ । क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थितिको तयार हुनुपर्छ, देशका जनता क्रान्तिको निम्ति तयार हुुनुपर्छ ।
नेमकिपाले कहिल्यै सिद्धान्तमा सम्झौता गरेन, किनभने हामी अक्टोवर क्रान्तिबाट शिक्षित छौं । उहा“ले विचारधारात्मक सङ्घर्षलाई सदा जोड दिनुभयोे । हामी प्रष्ट छौं, क्रान्ति मुठ्ठीभर समझदार र बहादुर क्रान्तिकारीले मात्र गर्ने होइन । हामी लेनिनको कुरामा दृढतापूर्वक समर्थन गर्छौं, क्रान्ति व्यापक श्रमजीवी जनताले नै गर्ने हो । अराजकतावादी सिद्धान्तले सर्वहारा क्रान्तिको नेतृत्व गर्न सक्दैन । क्रान्तिपछि पनि सर्वहारा अधिनायकत्व कायम राख्नु पर्ने शिक्षालाई हामीले पनि गम्भिरतापूर्वक लिएकाछौं ।
हामीलाई दुःख लागेको छ, आज सोभियत सङ्घ विघटन भयो । तर यो समाजवादको अस्थायी हार मात्र हो । हामीलाई थाहा छ, इतिहासमा अनेक क्रान्तिलाई दबाइएको छ । दास विद्रोहलाई ७–८ सय वर्षसम्म दबाएरै राखिएको थियो । पू“जीपति वर्गले सामान्तवादविरुद्ध ४ सय वर्ष लडेकै हो । त्यसैले समाजवादी क्रान्तिको लक्ष्य राख्ने हामी क्रान्तिकारी जनताले निराश हुनुपर्ने कुनै कारण छैन ।
आदरणीय दाजुभाइ दिदी बहिनी, यहा“हरूलाई विधितै छ, नेमकिपा संसदीय निर्वाचनमा भाग लि“दैछ । हामीले भनेका छौं, निर्वाचन समाजवादको प्रचार अभियान हो । क्रान्तिकारी संसदवादको सिद्धान्तअन्तर्गत हामी निर्वाचनमा भाग लिइरहेका छौं । हामीले पू“जीवादी व्यवस्था भित्रबाट अमुल परिवर्तन खोजेका कदापी होइनौं । हामीले पू“जीवादी निर्वाचनलाई उपयोग मात्र गरेका हौं । प्रतिक्रियावादी सङ्घसंस्था भित्र गएर पनि देख र जनताको सेवा गर्ने हाम्रो लक्ष्य हो । हाम्रो चुनावी अभियान पू“जीवादविरुद्ध लक्षित छ । हाम्रो अभियान कम्युनिष्टको खोल ओढेका संशोधनवादीहरू विरुद्ध हो । हामी भ्रष्टाचारीहरूविरुद्ध खडा भएका छौं । देशघाती पाटीहरूविरुद्ध हामी लड्दैछौं । सम्पूर्ण खालका प्रतिक्रियावादीहरूलाई पराजीत गर्न हामी निर्वाचनमा भाग लिंदैछौं ।
नेपाली जनताले फेरि एक पटक आफ्नो भाग्य र भविष्यको फैसला गर्ने बेला आएको छ । आदरणीय मतदाताहरूमा हामी विश्वास दिलाउन चाहन्छौं, पञ्चायती व्यवस्थाको निरङ्कुशताविरुद्ध जसरी हामीले लड्यौं, जसरी पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्धको ऐतिहासिक विद्यार्थी आन्दोलनको नेतृत्व लियौं, जसरी २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रह्यौं र विजय हासिल ग¥र्यौं, त्यसरी नै निर्वाचनको सङ्घर्षमा विजय हासिल गरेरै छाड्छौं । भक्तपुरको शिक्षा र सांस्कृतिक उत्थानको आन्दोलनको जसरी सकृय रह्यौं, त्यसरी नै समृद्ध समाज बनाउन हामी कटिबद्ध छौं ।
आदरणीय मतदाता दाजुभाइ दिदीबहिनी, हामी अत्यन्तै सचेत हुने बेला छ, पू“जीवादी पार्टीहरू राजनीतिलाई भ्रष्टिकरण गर्ने कुत्सित प्रयाश गरिरहेका छन् । भ्रष्टाचारी र गुण्डाहरू निर्वाचमा उम्मेदवार बनेका छन् । तिनीहरू साम, दाम, दण्ड र भेदको नीति लिएर निर्वाचनमा भाग लिएका छन् । हामी सचेत जनता एकजुट भई गुण्डाराज कदापी आउन दिनेछैनौं ।
अन्तमा, आगामी निर्वाचनमा पनि नेमकिपाको पक्षमा मतदान गरी नेमकिपाका सबै उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गर्न अनुरोध गर्दछु । नेमकिपाले विगतमा जस्तै संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने नै छ । हामी विश्वस्त छौं, जनताको विजय सुनिश्चित छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *