भर्खरै :

‘समाज विकासको एक झलक’ बारे अन्तरक्रिया

‘समाज विकासको एक झलक’ बारे अन्तरक्रिया

भक्तपुर, २२ वैशाख । नेपाल प्राध्यापक समाज ब्यासी एकाइ समितिको आयोजनामा भनपा – २ मा साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ नामक पुस्तकबारे शनिबार बासु माविमा अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले यस्ता खालका अन्तरक्रिया निकै महत्वपूर्ण हुने उल्लेख गर्दै पृथ्वीको उत्पतिबारेको आध्यात्मिक अवधारणा र वैज्ञानिक अवधारणाबारे विशेष चर्चा गर्नुभयो । जीव विकासको सिद्धान्त र मानव समाज विकास, दासप्रथाको सुरुआतबारेमा पनि उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाज ब्यासी एकाइ समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिता गाइसीले साहित्य मानव जीवनको अभिन्न पाटो हुनुको साथै साहित्यले नै विश्व इतिहासमा विभिन्न परिवर्तन आएकोबारे चर्चा गर्नुभयो । उहाँले मानवको विकासक्रमबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, वडा अध्यक्ष हरिप्रसाद बासुकला, इतिहासविद् विश्वमोहन जोशी, गणेशप्रसाद सुवाल, विनिता सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *