भर्खरै :

मध्यपूर्वमा इरान–इजरायलको लडाइँबारे सङ्क्षिप्त चर्चा

मध्यपूर्वमा इरान–इजरायलको लडाइँबारे सङ्क्षिप्त चर्चा

सन् १९९० मा रुसी महाशक्ति पतनपश्चात् एक धुव्रीय शक्तिको रूपमा विश्वमा एकछत्र शासन गर्दै आएको संरा अमेरिका मध्यपूर्वकै लडाइँमा अन्त्य हुने सम्भावना नजिकिँदै छ । अमेरिकाको छत्रछायाँमा मध्यपूर्वमा प्यालिस्टिन, लेवनान, जोर्डन, इरान, इराक, इजिप्ट, अरब राष्ट्रमाथि दादागिरी चलाउँदै आएको इजरायलको इरानसँग युद्ध लड्ने साहस छैन । इजरायलले १ अप्रिलमा सिरियामा रहेको इरानको राजदूतावासमा हमला गरी २ जना उच्च सैनिक कमान्डरसहित १७ जना मारिएपछि जवाफी बदला लिन इजरायलको राजधानीमा ३०० ड्रोन क्षेप्यास्ट्र हमला गरियो । इरान हिजोको १९६७ को होइन भन्ने कुरा इजरायलले बुझ्न जरुरी छ ।
४७ वर्षअगाडि प्यालेस्टिन, इजिप्ट, लेवनान, सिरिया, इराक, इरानलगायत ७ राष्ट्रमाथि विजय प्राप्त गरेको घमण्ड गर्नु अहिले इजरायलको लागि दुःसाहस हुनेछ । विश्व निकै बदलिसकेको छ । अमेरिकी महाशक्ति दुर्वल हुँदै अन्त्य हुने अवस्थामा पुगिसकेको छ । आफ्नो शक्तिको केन्द्र रहेको अमेरिका आफ्नै सैनिक अखडा जोगाउन नसक्ने देशले इजरायललाई पूर्ण युद्धमा साथ दिन सक्ने अवस्था छैन ।
हालैको गाजामा गरेको इजरायली नरसंहार र युद्ध विरामको प्रस्तावसमेतमा अमेरिकाले खुलेर भिटो प्रयोग ग¥यो । अमेरिका र इजरायल विश्वबाट नाङ्गिँदै छन् । विश्व दुई धु्रवमा विभाजित भइसकेको छ । युक्रेन र रुसीबिचको युद्ध र प्यालिस्टिन र इजरायलको वर्तमान युद्धले विश्व विभाजित भइरहेको छ । सन् १९९० को इराक, कुवेतको युद्धबाट खाडी राष्ट्रका मुलुकमा प्रभाव जमाउन सफल भएको अमेरिका ११ सेप्टेम्बर २००१ मा विनलाडेनद्वारा न्युयोर्कको दुई गगनचुम्बी व्यापारिक भवनमा हमला भएपछि अमेरिका मध्यपूर्वको युद्धमा फस्यो । आईएसएस, अल्कायडाको अन्त्यको नाउँमा सन् २००१ मा अफगानिस्तानमाथि हमला गरेर विनलाडेनको हत्या गरियो । सन् २००२ मा रासायनिक, आणविक हतियार निर्माण ग¥यो भन्दै इराकविरुद्ध झूटको राजनीति सुरु गरियो । अमेरिकी नेतृत्वमा ३० पश्चिमी राष्ट्रको साथमा इराकमाथि हमला गरियो । अन्ततः इराकका राष्ट्रपति सद्दामहुसेनलाई मारियो । त्यसलगत्तै लिवियाका राष्ट्रपति कर्णेल गद्दाफीको हत्या गरियो । यसरी मध्य एसिया अशान्त रह्यो । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा विन लाडेनको आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस र ओबामा प्रशासनअन्तर्गतको अमेरिकी साम्राज्यवादी शक्तिलाई चीनविरुद्ध प्रयोग गर्न मध्य एसिया प्यासिफिक महासागरमा केन्द्रित भए । तर, उदाउँदो इरानको क्षेत्रीय शक्तिबिच अमेरिकासँग द्वन्द्व बढ्दै गयो । इरानमाथि आर्थिक नाकाबन्दी लगाइयो । मध्यपूर्वबाट अमेरिका मुक्त रणनीति बनाउँदै गर्दा इरानले आधुनिक हतियारलाई तीव्र विकास गर्दै शक्ति प्रयोगको नाउँमा लामो दुरीमा मिसाइल परीक्षण ग¥यो । अमेरिकाले अन्य प्रशान्त, एटलान्टिक, पश्चिम एसिया, एसियामा आफ्नो एजेन्टमार्फत सत्ता पल्टाउन छद्म युद्ध (प्रोक्सी वारको) नीति लियो । आज मध्यपूर्वबाट इजरायल र अमेरिकाविरुद्ध इरान, प्यालेस्टिन, लेवनान तथा अन्य खाडी राष्ट्रमा लडाइँ सुरु हुँदै छ ।
इरान अमेरिका इजरायलसँगको संयुक्त शक्तिसँगको प्रतिरोध युद्धमा, प्यालेस्टिनमा हमास, लेवनान र इजरायलमा हि«जुबुल्लाह, यमनमा हुथी, सिरियामा जायनावियुनजस्ता मिलिसिया तयार गरेर प्रोक्सी युद्ध गर्दै छ ।
हालै जोर्डनमा रहेको सैनिक अखडामाथिको आक्रमणमा अमेरिकी सेना १२ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भइसकेको छ । इजरायलमा जाने कुनै पनि सैनिक या मालबाहक जहाजमा यमनका हुथी लडाकुले आक्रमण गर्दै ध्वस्त बनाउँदै आएको छ । तर, अमेरिका र बेलायतलगायतको गठबन्धनले यमनका हुथी लडाकुमाथि गरिएको आक्रमणबाट खासै क्षति पु¥याउन सकेन । यमनको हुथी लडाकु इरान समर्थक हुन् । इजरायलले गाजामा आक्रमण बन्द नगरेसम्म लालसागरबाट जहाज जान नदिने घोषणाका साथ यमनको हुथी लडाकु युद्धमा होमिएको छ । यसले आज इजरायलको अर्थतन्त्रमा निकै नराम्रो प्रभाव पारेको छ । किनकि, इजरायल निर्यातको प्रमुख मार्ग बन्द छ । अफ्रिका भएर सामान निर्यात गर्दै मूल्यमा धेरै वृद्धि हुन गइरहेको छ ।
अब इजरायलमाथि इरानले ३०० ड्रोन र मिसाइलद्वारा आक्रमण गरी १ अप्रिलमा सिरियाली २ कमान्डरसहित १३ जना सैनिकहरूको हत्याको बदला लिइसकेको छ । इरानले यसलाई प्रत्याक्रमण तथा बदला लिने वाचा पूरा गरेको भनी युद्ध गरेको छ । तर, यसको बदला इजरायलले इरानमाथि साङ्केतिक आक्रमण गरेको छ । यसको प्रमुख कारण अमेरिकासमेत प्रत्यक्ष इजरायलसँगको युद्धमा जानुपर्ने तथा यसले सबै अरब राष्ट्र तथा खाडी राष्ट्रसँग दुश्मनी मोल्नुपर्ने परिस्थितिको आकलन गरिएको छ । साँच्चै इजरायल प्रत्यक्ष अमेरिकासँग मिलेर इरानमाथि आक्रमण गरे तेस्रो विश्वयुद्धसमेत हुन सक्ने अवस्था रहेको धेरै राजनैतिक विश्लेषकहरू बताउँछन् ।
इरानसँग जोडिएका खाडी मुलुकहरू यमन, साउदी अरब, टर्कीएलगायत धेरै देशले आफ्नो भूमि र आकाशमार्ग प्रयोग गर्न नदिने घोषणा गरिसकेका छन् । इरानले पनि ती राष्ट्रलाई आफूविरुद्ध भूमिका प्रयोग गरिए सह्य नहुने चेतावनी दिइसकेको छ ।
साम्राज्यवाद र नवउपनिवेशवादको अन्त्य विश्वबाट समाप्त नभएसम्म युद्धको अन्त्य हुनेछैन । तेस्रो गरिब निर्धन राष्ट्रहरू स्वतन्त्र राज्य स्थापना हुनसक्दैनन् । आज हामीजस्ता एसियाली मुलुक, अफ्रिकी मुलुक, ल्याटिन अमेरिकी देश र मध्यपूर्वका धेरै देशहरू अमेरिकी साम्राज्यवादी प्रमुखबाट मुक्त हुन सकिरहेका छैनन् ।
तर, मजदुर, किसान र न्यायप्रेमी जनता साम्राज्यवादीहरूविरुद्ध लड्न तयार छन् । सर्वहारावर्गका महान् गुरु लेनिनले साम्राज्यवादी स्वार्थमा केन्द्रित युद्धको विरोध गर्नुभएको थियो । उहाँउत्पीडित पक्षको न्यायोचित लडाइँको पक्षमा हुनुहुन्थ्यो । सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि चीन, पूर्वी जर्मन, हङ्गेरी, चेकोस्लाभिया, पोल्यान्ड, उत्तर कोरिया, भियतनाम, लावस, कम्बोडियालगायत एसियाली तथा युरोपियन राष्ट्रहरूमा समाजवादी क्रान्ति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *