नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सन् १९५८ देखि चीनको विषयमा निरन्तर विश्वलाई सत्यतथ्य र ताजा जानकारी दिँदै आइरहेको साप्ताहिक पत्रिकाको नाम हो पेइचिङ रिभ्यू । चीनको राजनीतिक विचार, आर्थिक विकास, सांस्कृतिक रूपान्तरण, कूटनीटिक प्रयासका श्रृङ्खलाहरू यसभित्र भेटिन्छन् । यसर्थ पेइचिङ रिभ्यू समकालीन चीनको दर्पण हो । यसभित्र चिनियाँ अर्थतन्त्र र सभ्यताको पुनर्जागरणको कथा र गाथा दुवै पढ्न पाइन्छ । विश्व व्यवस्थामा चीनको विशिष्ट स्थानबारे आज कसैले नकार्न सक्दैन । विश्वमा एकहट्टी र प्रभुत्वविरुद्ध बहुपक्ष र बहुध्रुवका लागि चीनको लामो सङ्घर्षको बलियो ज्यावलमध्ये पेइचिङ रिभ्यू पनि एक हो भन्नु उपयुक्त होला ।
देश—देश र जनता—जनताबिच आर्थिक र सभ्यताको सम्बन्धलाई जोड दिँदै आइरहेको चीनको विदेश नीति र कूटनीति बुभ्mन पेइचिङ रिभ्यूका हरएक अङ्कहरू पठनीय छन् । अन्य देशलाई थिचोमिचो नगरी, उपनिवेश खडा नगरीकन विश्वको महत्वपूर्ण शक्ति या साझेदार देश बन्न सकिन्छ भन्ने उदाहरण बनेको चीनको विचार, गतिविधि र भावी एजेण्डाहरू विश्वसँग साट्ने माध्यम पनि हो पेइचिङ रिभ्यू । तसर्थ पेइचिङ रिभ्यूलाई वर्तमान चीन नियाल्ने एउटा आँखीभ्mयाल भन्न सकिन्छ ।
यो पटक मार्च र अप्रिलका ४ वटा अङ्कहरूबारे चर्चा गर्न खोजिएको छ । यी चार अङ्कहरूमा विशेषगरी चीनमा अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यबारे चर्चा छ । आर्टिफिसियल इन्टेलिजेन्स् अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा चीनको चमत्कार, विश्वव्यापी सभ्यता अगुवाइका लागि चीनका प्रयासहरूबारे महत्वपूर्ण छलफल छ । त्यतिमात्र होइन अमेरिका, रुस, यूरोप र अफ्रिकासँग चीनको सम्बन्धबारे महत्वपूर्ण जानकारी यी अङ्कहरूभित्र छ । कोभिड महामारीपछि विश्व संरा अमेरिकी युद्ध र आर्थिक मन्दीको सामना गरिरहेको यो समयमा चीनले आप्mनो आर्थिक वृद्धिदरलाई ५ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ । यसै वर्ष चीनले १ करोड २० लाख सहरी रोजगारी सृजनाको ग्यारेन्टी गर्यो । आज चीनमा गरिबी दर शुन्यजस्तै छ यद्यपि जनताको प्रतिव्यक्ति आम्दानी र क्रय क्षमता सन् २०३५ सम्ममा बढाएर विकसित देशको हाराहारी पु¥याउने लक्ष्य लिइएको छ । अर्थतन्त्रको दु्रत विकासका लागि डिजिटल अर्थतन्त्र, वातावरणमैत्री उत्पादन र स्वस्थकर उपभोगलाई ध्यानमा राखिएको छ । चीनको उद्देश्य समृद्धि र स्थायित्व नै हो । आइपरेका सूक्ष्म एवम् बृहत् आकारका चुनौतिहरूसँग बुद्धिमत्तापूर्र्ण मुकाविला र धैर्य नै चीनको विशेषता हो ।
विश्वको थिङ्क ट्याङ्कले (अमेरिका, रुस, भारत, क्यानका विज्ञ समूह) २०३५ सम्ममा चीन संरा अमेरिकालाई पछि पार्दै विश्वको पहिलो आर्थिक शक्ति बन्ने प्रक्षेपण गरेको छ । अन्य कुरा यथावत् रहे चीनको तीब्र विकास र अन्तर्राष्ट्रिय जगतमा चीनको मुद्राको लोकप्रियताले यही सङ्केत गर्छ । चीनको आर्थिक विकासको इतिहासदेखि वर्तमानको अध्ययनबाट अबका वर्षहरूमा चीनले गर्न सक्ने महत्वपूर्ण कामहरूको पूर्वानुमान रेनमिन विश्वविद्यालयका विज्ञहरूले गरेका छन् । “कम्पाउन्ड इन्टरेष्ट” शीर्षकको एउटा लेखमा लेखिएको छ –“सन् २०३५ सम्म चीनमा उच्च गुणस्तरको विकास र सामाजिक विकास सम्भव छ ।” चीनले अर्थतन्त्रमा गरेको लगानीमा अब कमाइ अर्थात्् आम्दानीमात्र जोडिनेछ, लगानीमा ह्रास सम्भव छैन । कम्पाउण्ड इन्टरेस्टको अवधारणा त्यही हो । कम्पाउण्ड इन्टरेस्ट अर्थात्् मिश्रित ब्याजको विचारले अब चीनका अगुवाइहरू, सुधार, खुलापन र हरित विकासलाई जोड दिनेछ ।
चीनको अर्थतन्त्र सधँै सिधा रेखामा हिँडेको छैन । चीनको आर्थिक विकास र सफलता यसको जमिन या जगसँग जोडिएको छ । यसको अर्थ चीनको अर्थनीति या अर्थशास्त्रकै कारण चीन सफल भएको हो भन्नेमा संसारका विज्ञहरू सहमत छन् । त्यसकारण चीनको आर्थिक वृद्धिलाई तिनीहरू भ्लमयनभलयगक नचयधतज भन्न रुचाउँछन् । जसमा मानवीय पुँजी, प्राविधिक अन्वेषण र ज्ञानको संयुक्त लगानी भएको हुन्छ । चीनको अर्थतन्त्रको दुई महत्वपूर्ण पाटोमध्ये पूूर्ण औद्योगिक सञ्जाल र तीब्र आविष्कारको गति हो भन्छन् विज्ञहरू ।
सन् २०३५ भिजनअन्तर्गत चीनले गुणस्तरीय आर्थिक विकास र उत्पादनलाई जोड दिएको छ । प्रतिव्यक्ति खर्च गर्न सकिने आम्दानीलाई सन् २०२३ को तुलनामा दोब्बर गर्ने र खर्च गर्न सकिने राष्ट्रिय प्रतिव्यक्ति आम्दानी ३९२१८ युआन अर्थात्् ५४२० अमेरिकी डलर पु¥याउने लक्ष्य लिइएको छ । मध्यम स्तरको आम्दानीलाई बढाएर जनसङ्ख्याको अनुपातअनुसार एकतिहाइदेखि आधाआधीसम्म पु¥याउने योजना छ । अर्थशास्त्रमा क्रयशक्ति क्षमताको अवधारणा निकै प्रभावकारी छ । किनभने यसले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा मुद्राको मूल्य र जीवनस्तरबिच तुलनात्मक अध्ययन गर्छ । चिनियाँ भिजन २०३५ अनुसार प्रत्येक ३ घरमा एउटा नयाँ ऊर्जाबाट सञ्चालित सवारी साधन हुनेछ । चीनका लागि ऊर्जा सवारीसाधन भन्नाले विद्युत् या ब्याट्री र पेट्रोलियम र विद्युत् दुवैको प्रयोग हुने हाइब्रीड सवारीसाधन पर्छन् । चीनले विश्वव्यापी शान्ति र स्थायित्व कायम गरी नयाँ विश्व व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ । चीनले संसारका लागि आप्mनो ढोका खुला गर्नेछ करिब ७० देशबाट १२० देशलाई भिसा अन अरात्ल अर्थात्् आपसी भिसा छुटको व्यवस्था गर्नेछ । चीनले सन् २०३० अगावै आफ्नो कार्बनडाइअक्साइड उत्सर्जन सिमाभित्र काम गर्नेछ ।
चीन हरित विकासमा निकै अघि बढिसकेको छ । चिनियाँ कम्पनीहरूको प्रतिस्पर्धा क्षमताको उँचाइ अझ बढ्नेछ । चीन संसारकै सबैभन्दा उत्कृष्ट र परिपक्व पुँजी बजार बन्नेछ जहाँ ए ग्रेडको सेयर वृद्धि तिब्र हुनेछ । चीनको एक क्षेत्र एक मार्ग अगुवाइको २० औँ वर्षगाँठसँगै विश्वकै सबैभन्दा ठूलो सहकार्यको नमुना बन्नेछ । यसर्थ चीनको भविष्य उज्ज्वल छ । विज्ञहरू भन्छन् –“चीनको ठूला जनसङ्ख्या, ठूलो बजार, अत्यन्त स्मार्ट र मिहिनेती मानिसहरू र मजबुत औद्योगिक धरातलको कारण चीन निकट भविष्यमा सर्वश्रेष्ठ बन्नबाट कसैले रोक्न सक्नेछैन । थप प्रगतिको निम्ति घरेलु बजारमा सप्mटवेयर र सेवाप्रधान प्रविधि या मोडलको विकास हुनुपर्ने तर्क दिइएको छ । चीनको बढ्दो लोकप्रियता र दु्रत विकाससँगै चीन र संरा अमेरिकाबिच बढ्दो चिसोपना हटाउन जरुरी छ । चीन र संरा अमेरिकाबिचको द्वन्द्वले दुबैलाई फाइदा गर्दैन, संसारलाई नै पनि हित गर्दैन । त्यसकारण यी दुई देशबिचको सम्बन्ध राम्रो बनाउनु पनि २०३५ को भिजनअन्तर्गत पर्छ । अन्य देशहरूसँगको सम्बन्धमा त चीन कतै चुकेको छैन । आप्mनो राजनीतिक विचार र अडानबाट कहिल्यै पछि नहट्नु, विश्व शान्ति र विकासका लािग प्रतिबद्ध रहनु पनि चीनको विशेषता नै हो । जसले सन् २०३५ सम्ममा चीनलाई पहिलो आर्थिक शक्ति बन्न सघाउनेछ ।
चीनले आप्mनो विश्वव्यापी दायित्व पनि भुलेको छैन । सेवाको उद्देश्यले सञ्चालित चीनको राज्य नियन्त्रित इन्टरप्राइजेजले विश्वका १८० देश र क्षेत्रहरूमा ८ हजारभन्दा बढी संस्था र आयोजना विस्तार गरिसकेको छ । जसले विकासका पूर्वाधार निर्माण, ऊर्जाका स्रोतहरूको विकासमा सघाउँछ । साथै स्थानीय पर्यावरण र वातावरणको कानुनलाई आत्मसात गर्दै हरित विकासको अवधारणा विकासमा जोड दिन्छ । त्यतिमात्र होइन कुनै पनि देशको सार्वभौमिकता, मानवता र प्रकृतिको सम्मान गर्दै सहकार्य गर्दछ । रोजगारी सृजना, कलकारखाना सञ्चालन, शिक्षा, स्वास्थ्य सुविधाको विकासमा सघाउँछ । नयाँ नयाँ प्रविधि आविष्कारमा पनि इन्टरप्राइजेजहरूले छुट्टै लगानी गरेको हुन्छ । राज्य–सञ्चालित इन्टरप्राइजेज्ले मात्र यो वर्ष ४ अर्ब ६० करोड युआन लगानी गरेको जानकारी पेइचिङ रिभ्यूमा छ ।
गएको ४ दशकमा चीन विश्वअर्थतन्त्रमा १ प्रतिशत योगदान गर्ने देशबाट १८ देखि २० प्रतिशत योगदान गर्ने देश बनेको छ । चीनको अर्थतन्त्र विश्वकै सबैभन्दा दिगो र स्थायी वृद्धि हासिल गरेको अर्थतन्त्र बन्न सफल छ । केही समयअघि चीनविरुद्ध संरा अमेरिकाले व्यापारयुद्ध र प्रविधियुद्ध छेडेको थियो । चीनविरुद्ध बौद्धिक चोरी अर्थात्् प्रविधि चोरीको आक्षेप लगाएको थियो । पेइचिङ रिभ्यूले संरा अमेरिकाका आक्षेपहरूलाई झुट र असङ्गत पुष्टि गर्दछ । चीनको उडान विश्वकै एउटा अन्वेषण शक्तिकेन्द्रको रूपमा हुँदै गरेको तस्वीर प्रस्तुत गर्दछ । हरेक वर्ष जारी हुने पेटेन्ट सहकार्य सन्धी ९एऋत्० को २०२२ को प्रतिवेदनअनुसार १५७ देशहरूले १३४ पेटेन्टको आवेदन ८५ वटा आवेदन अफिसमार्फत् दिएका छन् । सबैभन्दा उत्कृष्ट १० वटा आवेदन अफिसमा ९३.८ प्रतिशत आवेदन परेको छ । जसमध्ये चीनको राष्ट्रिय सम्पत्ति प्रशासन अफिस एक हो । जहाँ चीनको ७४४२० वटा पेटेन्ट आवेदन परेको छ । त्यस्तैगरी संरा अमेरिकाको पेटेन्ट आवेदन ५५३३०, जापानको ४८८२६, युरोपको ३८८५४, कोरियाको २१९६४, र विश्व बौद्धिक सम्पत्ति संघको अन्तर्राष्ट्रिय ब्युरोले १३७१३ पेटेन्ट आवेदन दिएको तथ्याङ्क छ । यो तथ्याङ्कले प्रस्टसँग चीन नयाँ नयाँ अन्वेषण र आविष्कारमा अगाडि छ अर्थात्् आप्mनो आविष्कारको टे«डमार्क लिन अग्रसर छ भन्ने पुष्टि हुन्छ ।
चीनले विज्ञान र प्रविधिका लागि थप वार्षिक बजेटमात्र ३ खर्ब ७० अर्ब ८० करोड युआन अर्थात्् ५१ अर्ब २४ करोड अमेरिकी डलर प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि हुनेगरी विनियोजन गरेको छ । हाल एसियामा सबैभन्दा बढी प्रविधि आविष्कार गर्ने चीन निकट भविष्यमै अन्वेषणको दुनियाँमा विश्वमै पहिलो हुने अनुमान सजिलै गर्न सकिन्छ । चीनले गएको वर्षमात्र सरकारी कामका लागि ३५ वर्षको सिमा हटाई ४० वर्ष तोकेको छ जसले युवाहरूमा काम गर्ने थप ऊर्जा थपेको छ । त्यतिमात्र होइन चीनले हरेक वर्ष आमाहरूका लागि अर्थात् बच्चा जन्माएर केही वर्ष घरमै बसेका महिलाहरूका लागि रोजगारी मेलाहरू आयोजना गर्दै छ । महिलाहरूलाई पनि श्रमशक्तिको रूपमा सशक्त बनाएरै मात्र चीनको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेमा कुनै शङ्का छैन । शिक्षा, स्वास्थ्यसँगै रोजगारी अर्थात्् अर्थतन्त्र निर्माणमा चिनियाँ महिलाहरूको पनि समान योगदान हुनेछ । रोजगारी मेलाहरू आमाहरूलाई पुनः श्रमबजारमा फर्काउने चीनको नवीन योजनामध्ये एक हो । यो जस्तै मजदुर र किसानहरूलाई प्रविधिको ज्ञान दिन विभिन्न श्रम र सीप शिविरहरूको आयोजनाबारे पनि पेइचिङ रिभ्यूले लेखेको छ ।
पछिल्लो समय चीनका राष्ट्रपति सी चिङ फिङले अघि सार्नुभएको विश्वव्यापी सभ्यता अगुवाइबारे खुब चर्चा छ । एक हिसाबले विश्वमा सभ्यताहरूको आदानप्रदानको परिदृष्य तयार हुँदै छ । चीन एउटा सभ्यताको देश हो । ५००० हजार पुरानो इतिहास बोकेको चिनियाँ सभ्यता थुप्रै देशका निम्ति भाषा, संस्कृति, रहनसहनको आदर्श मात्र होइन स्रोत पनि हो । सन् १९७०–१९८० बाटै चीनले आर्थिक विकास र सांस्कृतिक एवम् नैतिक पक्षलाई जोड दिँदै आएको हो । नेता सीले आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, सामाजिक र पर्यावरणीय पक्षलाई क्रमिकरूपले महत्व दिनुभयो । उहाँ भन्नुहुन्छ — ‘विभिन्न सभ्यताबिचको अन्तक्रिया मानवताको बिहानीदेखि सुरु भएको संस्कार हो ।’ चीनकके विकासक्रम हेर्ने हो भने पहिला रेसम मार्ग, अहिले आधुनिक मार्ग र डिजिटल प्रविधिको सुविधाले विश्वव्यापीकरण र सभ्यताको आदानप्रदानलाई सहज बनाएको छ ।
चीनको सभ्यता अगुवाइका चारवटा स्तम्भहरू छन् –“सभ्यताको विविधताको सम्मान गर्नु सभ्यताको उत्तराधिकार र नवीनता स्वीकार्नु, मानवताको साझा भावना या मूल्यको कदर गर्नु र मानिस—मानिसबिच हुने अन्तर्राष्ट्रिय आदानप्रदान र सहकार्य स्वीकारर्नु ।” यो अवधारणाले देश देशबिचको समभावनालाई प्राथमिकतामा राख्छ । विभिन्न नाममा एउटा देशले अर्को देशलाई गर्ने थिचोमिचो र हेलाको दृष्टिकोणलाई अस्विकार गर्छ । सभ्यताको आदानप्रदानबाटै पूर्वले पश्चिम र पश्चिमले पूर्वसँग भेट गर्न पाउने र सम्बन्ध जिवन्त हुने तर्क दिन्छ । संरा अमेरिकाको पश्चिमीकरणको अवधारणाविरुद्ध सीको सभ्यता अगुवाइको यो विचार संरा अमेरिका नीतिमाथि शान्त अनि स्मार्ट मुक्का हो भन्छन् विज्ञहरू ।
चीनले राष्ट्रिय पुनर्जागरणका लागि माक्र्सवादी विचार रोज्यो । माक्र्सवादले सभ्यताबाट सिक भन्छ । त्यसकारण, माक्र्सवादको झण्डा बोक्दै चीनले आधुनिक विज्ञान र उद्योग पश्चिमबाट सिक्यो । आप्mनो संस्कृतिमा पश्चिमको प्रभाव पर्न दिएन । माक्र्सवादले सिकाएको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअनुरूप चीनले ‘विपरीतहरूको एकता’ मा ध्यान दियो । पुरानो शैलीको सोभियत समाजवादभन्दा फरक शैलीको समाजवादी अवधारणा विकास गर्यो । माक्र्सवाद सँगै चीनले चिनियाँ दार्शनिक कन्फुसियसको विचारलाई समाजवाद निर्माणको आलोचनात्मक चिन्तन या थ्रेसहोल्डको रूपमा विकास गर्यो । यसर्थ समाजवादी चिन्तन मानव सभ्यताको नवीन र आधुनिक उपलब्धि हो भन्न सकिन्छ । चीनले पुरानो शैलीको पश्चिमा विकास मोडेल अस्विकार गर्यो । साम्राज्यवाद, उपनिवेशवाद, नरसंहार र दास मनोवृति जस्तो पश्चिमा अभ्यास या विचारको विकल्प सहकार्यको सभ्यता बसाल्यो । अन्य विकसित र विकासशील मुलुकहरूमाथि हमला गरी आफू बलियो बन्ने पश्चिमा संस्कारबाट चीन धेरै टाढा बस्यो । आज पनि पश्चिमा समाजबारे चर्चा हुँदा साम्राज्यवादी युद्धहरू अगाडि आउँछ । आप्mनो प्रभुत्व र एकहट्टीको निम्ति युद्ध भड्काउने संरा अमेरिकी सभ्यता नै पश्चिमी सभ्यता हो ? त्यसो हो भने पश्चिम र पूर्वबिच ‘सभ्यताको द्वन्द्व’ हुन सक्छ यद्यपि साझा हितको धरातल खोज्न चीनले सदैव आह्वान गर्दै छ । चीन माक्र्सवादसँगै आप्mनो सभ्यताको आधार कन्प्mयुसियस र ताओवादलाई मान्छ । मानव सभ्यताकै एक उत्कृष्ट र प्राचीन सभ्यताको रूपमा लिइने चिनियाँ सभ्यता विश्व शान्ति र विकासको आह्वान गर्दै छ ।
सभ्यताहरूको आदानप्रदान र सम्मानका लागि अन्तक्रियाको आवश्यकता अनुभव गरी चीनले भाषा रूपान्तरण र सञ्चालनलाई जोड दिँदैछ । कृत्रिम बौद्विकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स देश—देश र मानिस—मानिसबिच सञ्चारको नवीन माध्यम हुन सक्ने र यसलाई उपयोग गरी भाषा रूपान्तरणको प्रविधि र यन्त्रहरू तयार गर्नेतर्फ चीन अगाडि बढ्दै छ । सांस्कृतिक आदानप्रदानलाई प्रविधिमार्फत सदैव विश्वसनिय र भरपर्दो बनाउने, सांस्कृतिक संवेदनशीलताको कदर गर्ने, आपसी सौहाद्र्धता कायम राख्ने प्रयास हुँदै छ । त्यसका निम्ति बन्ने अत्याधुनिक एआई संरा अमेरिकी तथाकथित “कुटनीतिक लौह सेना” को निम्ति जवाफ हुने विश्वास लिइएको छ । संरा अमेरिका प्रविधि र सञ्चारबाटै सांस्कृतिक संहार गर्न पछि हटेन । एआईको दुरूपयोगसँगै आफ्नो रङ्गिन स्याल कूटनीति देखाउन छोडेन । यस्तो हुन नदिन चीनले एआईलाई सभ्यता र संस्कृतिको आदानप्रदानका लागि उपयोग गर्नुपर्ने विचार राखेको हो । त्यति मात्र होइन यसै वर्षमात्रै चीनले संरा अमेरिकाका ५० हजार युवा विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि चीनमा स्वागत गरेको छ । युवाहरूसँगको सम्बन्ध र सञ्चारले दुई देशबिचको कूटनीतिक सम्बन्ध विकास हुने विश्वास लिइएको छ । यस्ता थुप्रै कुटनीतिक पहलहरू चीन गर्दै छ ।
चीनले अन्य देशहरूसँगको सम्बन्ध बलियो र सौहाद्धपूर्ण बनाउने प्रयास पनि गर्दै छ । चीन – संरा अमेरिकाबिचको राम्रो सम्बन्ध सिङ्गो मानवताकै लागि अपरिहार्य छ । आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित –जितको सहकार्यको विचारमा टेकेर दुई देशबिचको सम्बन्ध राम्रो रहन सक्छ । दुई देशबिचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुरानो हो । संरा अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ विदेशमन्त्री वाङयीसँगको भटमा भनेका थिए– “संरा अमेरिका शीतयुद्ध चाहँदैन । चीनको प्रणाली बदल्न चाहँदैन । चीनविरुद्ध कुनै गठबन्धन गर्न चाहँदैन । ताइवानको स्वतन्त्रताको पक्ष लिँदैन । चीनको समृद्धिले संरा अमेरिका खुशी छ । चीनको विकास रोक्ने र थिचोमिचो गर्ने काम गर्दैन ।” तर व्यवहारमा यसको ठीक उल्टो काम संरा अमेरिकाले चीनविरुद्ध गर्दै छ । संरा अमेरिका चीनलाई दबाउन र चीनको प्रगति रोक्न हरसम्भव प्रयास गर्दै छ । विश्वमा चीनको लोकप्रियता र प्रगति नै संरा अमेरिकाको टाउको दुखाइ र पागलपनको कारण हो भन्ने प्रमाण यी पत्रिकाहरूमा छन् । यद्यपि संरा अमेरिकासँग चीनले मिल्नुपर्ने नै विचार राख्छ । वास्तवमै विश्व शान्तिका लागि चीन र संरा अमेरिका मिल्नुको विकल्प नै छैन ।
यतिबेला चीन—रुसको सम्बन्ध सुमधुर छ । आर्थिक सम्बन्धसँगै राजनीतिक विश्वास बुलन्द छ । गत वर्षमात्र दुईपक्षीय व्यापार २ खर्ब ४० अर्ब अमेरिकी डलर नाघ्यो । रुसको प्राकृतिक ग्यास चिनियाँ घरघर पुग्दै छ भने चीनका अटोमोवाइल रुसका सडकहरूमा गुड्दै छन् । शीतयुद्धको मानसिकता विपरीत यी दुई ठूला देशहरू आपसी फाइदा र हितका लागि सहकार्य गर्दैछन् । रुस र चीनको राम्रो सम्बन्धको कारण अमेरिकाले युक्रेनलाई उक्साई रुसविरुद्ध युद्ध भड्काएको हुन सक्ने विश्लेषण पनि छ । यो वर्ष रुस र चीन कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाउँदै छ ।
त्यस्तैगरी युरोपसँग पनि चीनको सम्बन्ध राम्रो छ । यो वर्ष २१ औँ वर्ष भयो कूटनीतिक सम्बन्ध स्थापनाको । चीन—युरोप रेलवे एक्सप्रेसमा २५ वटा युरोपेली देशको २१९ शहरहरूमा १७ हजार भन्दा बढी कार्गो चल्छ । युरोपका लागि चीन प्रतिस्पर्धी पनि हो साझेदार पनि । चीन—युरोपको कुनै भूराजनैतिक द्वन्द्वको मनसाय छैन । दुवै पक्ष जित—जित भविष्य निर्माणमा जोड दिन्छ ।
अफ्रिकासँग चीनको सम्बन्ध निकै राम्रो छ । इमानदारी, असल प्रतिफल, विश्वास, सौहार्दताको जगमा सम्बन्ध बलियो छ । पछिल्लो १५ वर्षमा चीन अफ्रिकाको सबैभन्दा ठूलो व्यापार साझेदार देश हो । सहकार्य अझ सघन बन्दै छ । चिनियाँ र अफ्रिकी जनताबिचको सम्बन्ध सुमधुर बन्दै छ । चीनले अफ्रिकाको भावना र चाहनालाई ध्यानमा राखेर सहकार्य गर्यो । आज चीनलाई अफ्रिकाले आफ्नो अत्यन्त असल मित्रको संज्ञा दिन्छ ।
एसियाको नेतृत्वकर्ता अर्थतन्त्र र सबैभन्दा ठूलो देश चीनले सबै महादेशसँग सहकार्य र सहअस्तित्वको कूटनीतिक, व्यापारिक सम्बन्ध राखेको छ । यसरी चीनको राजनीति, अर्थतन्त्र, कूटनीति र समाजव्यवस्थाको समसामयिक अध्ययन गर्न इच्छुक जो कोहीले पेइचिङ रिभ्यू पढ्छन् । पेइचिङ रिभ्यूको डिजिटल कपीको उपलब्धताले पाठकलाई सहज छ । आजको शताब्दीमा चीनबारे जिज्ञासा नराख्ने मानिस सायदै होला । विश्वलाई हेर्ने स्पष्ट दृष्टिकोण समेत प्रदान गर्ने यी र यस्ता चिनियाँ पत्रिका नयाँ पुस्ताले पढ्नैपर्छ ।
Leave a Reply