नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी हमलामा तीन बालबालिकासहित कम्तीमा १४३ व्यक्तिको मृत्यु भएको थियो भने अन्य १८० जना घाइते भएका थिए । रुसी रक ब्यान्ड पिकनिकको प्रदर्शन हुनुभन्दा केही मिनेटअघि नै आतङ्ककारीहरूले भीडमा बन्दुक, ग्रेनेड र आगजनी गर्ने बमहरू प्रयोग गरेर नरसंहार सुरु गरिएको थियो ।
आक्रमणमा प्रत्यक्ष रूपमा सहभागी भएका संदिग्धहरूमध्ये ११ जना पक्राउ परेका थिए । एक अप्रमाणित अनलाइन समाचारको दावीमा तथाकथित ‘इस्लामिक स्टेट’ आतङ्कवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छ, तर वास्तविक अपराधीहरूको बारेमा अन्तर्राष्ट्रिय समुदायमा शङ्का कायमै छ । तथापि, जिम्मेवार व्यक्तिहरूको पहिचानमा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, मुख्य चिन्ता भनेको आतङ्कवादलाई बढावा दिने स्थितिहरूलाई हटाउनु हो । रसियाका लागि अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको यस रक्तपातपूर्ण अपराधका पछाडिका मानिसहरूलाई नयाँ अपराध गर्नबाट रोक्न आफ्नो प्रतिरक्षा बलियो बनाउनु हो ।
“रुसी दूतावासले चिनियाँ नागरिकहरूबाट हजारौँ समवेदनाहरू प्राप्त गरेको छ । धन्यवाद”, चीनमा रहेको रुसी दूतावासले मार्च २३ मा चिनियाँ सामाजिक सञ्जाल वाइबोमा भने, आक्रमणको लगत्तै, जुन मस्कोको उपनगरीय क्रोकस सिटी हलमा भएको साङ्गितीक कार्यक्रम स्थलमा आक्रमण भएको थियो ।
हजारौँ टिप्पणीहरूमा व्यक्त भावना थियो कि सर्वसाधारण मानिसहरूमाथि अन्धाधुन्ध आक्रमणहरू भए, ती अक्षम्य छन् । सन् २०२२ मा रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि नै यसप्रति चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूको मनोवृत्ति ध्र्रुवीकरण भएको छ, तर आतङ्कवादी हमलाहरूको सन्दर्भमा सर्वसम्मत रूपमा निन्दा गरिएको छ ।
रुसले विगत दशकहरूमा ठुलो मात्रामा आतङ्कवादी हमलाको सामना गरेको छ । म्युजिक हमलामा भएको हताहतको सङ्ख्याले २००२ मा मस्कोको थिएटरमा भएको आतङ्कवादी हमलालाई नाघेको छ, र २००४ मा बेसलान बन्धक सङ्कटपछि दोस्रो ठुलो हमला बनेको छ ।
त्यस घटनामा, सेप्टेम्बर २००४ मा सयौँलाई बन्धक बनाएर दक्षिण रुसको बेसलानमा लगभग ३० चेचेन लडाकूहरूले एक विद्यालय कब्जा गरे । उक्त घटना घेराबन्दी र एक विभत्स नरसंहारको साथ टुङ्गिएको थियो । त्यस काण्डमा ३३० भन्दा बढी मानिसहरूको हत्या भयो, हत्या गरिएकामध्ये आधा बालबालिका थिए ।
रुसप्रति चीनको समानुभूति आतङ्कवादको शिकार भएको आफ्नो अनुभव र आतङ्कवादले कुनै सीमा, जाति वा आस्था नभएकोले मानव समाजमा विपत्ति र पीडा ल्याउँछ भन्ने गहिरो मान्यताबाट उत्पन्न भएको हो । सन् २००० को दशकदेखि आतङ्कवादको विरोधमा चीनले गरिरहेको प्रयास र उपलब्धिहरूका बाबजुद पनि विदेशी आतङ्कवाद चिनियाँहरूको सुरक्षा चुनौतीको रूपमा रहेको छ ।
मस्को त्रासदीको तीन दिनपछि, एक आत्मघाती बम आक्रमणकारीले उत्तरपश्चिम पाकिस्तानमा बाँध परियोजनामा काम गरिरहेका चिनियाँ इन्जिनियरहरूको लामसित एउटा गाडी ठोक्यो, जसमा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीसहित ६ जनाको मृत्यु भयो ।
विगत दसकहरूमा चीनमा आतङ्कवादको छायाले छाया पारेको छ, हजारौँ आक्रमणहरूले मृत्यु, चोटपटक र सम्पत्तिको क्षति निम्त्याएको छ । चिनियाँ जनताको साझा चाहना यस खतराविरुद्ध एकजुट भएर उभिने हो भन्ने कुरालाई स्वीकार गर्नु महत्वपूर्ण छ ।
जुलाई ६, २००९ मा, सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्चीमा एउटा डरलाग्दो हिंसात्मक घटना भएको थियो, तथ्याङ्कअनुसार १९७ जनाको मृत्यु भएको थियो । यसले आतङ्कवाद र चरमपन्थीविरुद्ध दमन गर्न एक अभूतपूर्व अत्यावश्यकता सिर्जना ग¥यो ।
एक दशकभन्दा बढीको आतङ्कवादविरोधी प्रयासहरूसित चीनमा विगत ६ वर्षदेखि हिंसात्मक आतङ्कवादी घटनाहरूको उल्लेखनीय रूपमा कमी आएको छ ।
तर, कुनै पनि देशले एक्लै आतङ्कवादसँग लड्न सक्दैन । प्रभावकारी विश्वव्यापी आतङ्कवाद प्रतिरोधको लागि प्रमुख शक्तिहरूबिचको सहकार्य आवश्यक छ ।
प्रश्न यो छ, तीव्र भूराजनीतिक प्रतिस्पर्धाको युगमा आतङ्कवादसँग लड्न अन्तर्राष्ट्रिय सहयोग कसरी सम्भव र प्रभावकारी हुनसक्छ ? अहिलेको प्रवृत्ति चिन्ताजनक छ । पेरिस र म्याड्रिड, बगदाद र बर्लिन, बेसलान र मुम्बईमा ठुलो मात्रामा भएका आक्रमणहरूमा सयौँ सर्वसाधारणको मृत्यु भएका छन् । अब यो मस्कोमा भएको छ र नयाँ नामहरू दुःखद रूपमा यो सूचीमा सामेल हुनसक्छ ।
अन्तर्राष्ट्रिय समुदायले आतङ्कवाद भनेको के हो भन्ने साझा परिभाषा बनाउन असफल भएको छ । केही देशहरूले आतङ्कवादी कार्यको निन्दा गर्छन् । तर, आतङ्कवादविरोधी वा राजनीतिक उद्देश्यलाई आतङ्कवादसँग जोड्ने दोहोरो मापदण्डले उल्टो असरमात्र गर्छ र आतङ्कवादलाई फस्टाउन अनुमति दिन्छ । दुर्भाग्यवश, विगतमा केही राजनीतिज्ञ र मिडिया आउटलेटहरूबिच एक प्रचलित दोहोरो मापदण्ड रहेको छ ।
अन्तर्राष्ट्रिय आतङ्कवाद झन् जटिल र धूर्त बन्दै गएको छ । रसियामा भएको आतङ्कवादी हमलाले एउटा सानो तर सुसज्जित कट्टरपन्थी समूहले कति क्षति पु¥याउन सक्छ भन्ने स्पष्ट रूपमा देखाउँछ । यो रिपोर्ट गरिएको छ कि बन्दुकधारीहरू राम्ररी तयार थिए, कारबाट भाग्न २० मिनेटभन्दा कम समय लाग्थ्यो तर कन्सर्टमा मानिसहरूलाई प्रतिक्रिया दिन कुनै समय नदिई हत्याकाण्ड मच्चाए ।
आतङ्कवाद विकसित हुँदै छ, नयाँ रूपहरू उत्पादन गर्दै छ । विश्वव्यापी शासनमा जारी सुधारहरूद्वारा मात्र हामी आतङ्कवादको जरालाई उन्मूलन गर्ने आशा गर्न सक्छौँ । यस उद्देश्यलाई पछ्याउन ठुला शक्तिहरूबिच द्वन्द्व र शत्रुताको सट्टा बुद्धि र दृढता आवश्यक छ । अन्यथा, अन्तर्राष्ट्रिय आतङ्कवादबाट हाम्रो साझा भविष्यको जोखिम मात्र बढ्नेछ ।
– बेइजिङ रिभ्युबाट
अनुवाद : प्रकाश
Leave a Reply