परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, ११ माघ । नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा किसान भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापाश्रेष्ठले समाजवादी व्यवस्था स्थापनाका लागि सङ्घर्षरत नेमकिपा स्थापनाकालदेखि नै नेपाल र नेपाली कामदार वर्गको हितमा निःस्वार्थ रुपले सङ्घर्ष गर्दै आएको पार्टी हो भन्नुभयो । उहा“ले नेमकिपा सिद्धान्त र वैचारिक सङ्घर्षलाई जोड दिन्छ र संसदलाई क्रान्तिकारी सङ्घर्षका लागि उपयोग गर्दै आएको बताउनुभयो ।
अध्यक्ष थापाश्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रकाशस्तम्भको रुपमा स्थापित नेमकिपाले भारतीय एकाधिकार पू“जी र अमेरिकी साम्राज्यवादको विरोध गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाका कार्यकर्ताहरू अनुशासित, नैतिकवान, इमानदार र निःस्वार्थ भावना भएको हुनुपर्ने बताउनुभयो । उहा“ले पद र पैसाको लोभमा नफस्र्ने निडर नेमकिपा स्थापनायता कसैस“ग झुक्न नपरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका सदस्य सुलोचना छुवाजूले व्यापक कामदार जनतालाई सड्डठीत र सङ्घर्षशील बनाउन व्यापक जनतामाझ गएर काम गर्नुपर्ने बताउनुभयो । उहा“ले महिलाहरू राजनीतिक रुपमा सचेत नभएसम्म परिवर्तन ल्याउन असम्भव हुनेछ भन्नुभयो ।
भेलामा सदस्यहरू केशव खड्का र सूर्यबहादुर फोजूले पनि बोल्नुभयो ।
Leave a Reply