क्यान्सर उपचारमा नवीनतम् प्रविधि र औषधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड
- मंसिर १४, २०८३
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
भक्तपुर, १३ मङ्सिर । सूर्यविनायक नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने सचेतना अभियानअन्र्तगत किशोरी आत्मरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सूनपाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रवीन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सूनपाको सभाकक्षमा वडा नं १ देखि १० सम्मका किशोरीहरूको सहभागितामा सम्पन्न भयो ।
प्रमुख अतिथि रवीन्द्र सापकोटाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २६ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउँदै आइरहे तापनि मुलुकमा बढ्दै गएको महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, भेदभाव, शोषण र दुव्र्यवहारमा कमी नआएको, बालिका–किशोरीहरू अझै असुरक्षित रहेकाले यस्ता घटनाहरूको अन्त्य गर्न सूनपाद्वारा हरेक वर्ष विशेष किशोरी आत्मसुरक्षा तालिम दिँदै आएको बताउनुभयो ।
आत्मरक्षा तालिमका प्रमुख प्रशिक्षक तथा सामाजिक अभियन्ता पद्मा खयरगोलीले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न एकजुट भई न्याय सुनिश्चित गरी पीडित तथा प्रभावितलाई यथाशीघ्र कानुनी उपचार तथा उचित संरक्षणका साथै शारीरिक तथा मानसिक रूपमा सक्षम हुन आत्मरक्षा तालिम हरेक किशोरीले लिनुपर्नेमा जोड दिँदै किशोरीहरूलाई लैङ्गिक विभेद, सामाजिक कुरीति, साइबर हिंसा तथा अनलाइन दुव्र्यवहार, किशोरी स्वयम्को आत्मसम्मान, आत्मविश्वास, सतर्कता, सशक्तीकरण तथा बोलिको सही उपयोग गर्नुपर्ने आदिबारे बताउनुभयो ।
आत्मरक्षा अभिमुखीकरण कार्यक्रम संयोजक तथा लैङ्गिक समावेशीकरण शाखाका अधिकृत विजया सुवेदीले नोभेम्बर २५ महिला किशोरीमाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई जोडेर १६ दिने अभियान सञ्चालन हुंँदै आएको बताउँदै सूनपाबाट लैङ्गिक हिंसाबाट पीडितहरूलाई समयमै सचेत तथा उद्धार हँुदै आएका विभिन्न गतिविधिहरू बताउनुभयो ।
किशोरी आत्मरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली तथा रवीन्द्र श्रेष्ठले आत्मरक्षाका सैद्धान्तिक विषय तथा दैनिक अभ्यास तथा आकस्मिक आक्रमणमा अपनाउनुपर्ने सर्तकताका विभिन्न उपायलाई प्रयोगात्मक तरिकाबाट सिकाउनुभयो ।
सूनपाका १० वडाकै नगर बाल सञ्जालका १२० जना किशोरीहरूको सक्रिय सहभागितामा सम्पन्न आत्मरक्षा तालिमको सभापतित्व सूनपा नगर बाल सञ्जालका अध्यक्ष मान्शी काफ्लेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहसंयोजक शर्मिला दाहालले गर्नुभएको थियो ।
Leave a Reply