परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, १२ माघ ।
बुधबार बिहान १०ः३० सूर्यबिनायक चोकमै जगातीतिरबाट आएको ट्रिपरले सोही दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि बसेका एक महिलाको घटनास्थलमै निधन भएको छ ।
बा ४ ख ६९८३ नंको ट्रिपरले अगाडिको बा ७९ प ७०३ नंको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि बसेकी वर्ष ३८ की विमला बस्नेतको घटनास्थलमा अत्यन्त विभत्स तरिकामा निधन भएको प्रत्यक्षदर्शीहरुले बताए । मृतकको आन्द्राभुँडी सडकमा छरपस्त भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए ।
मोटरसाइकलका चालक मृतकका पति रामचन्द्र बस्नेत घाइते छन् । बस्नेत सिन्धुपाल्चोक चौतारा निवासी हुन् । दुर्घटनाका कारण केही समय राजमार्गको आवागमन अवरुद्ध भएको थियो । प्रहरीको स्रोतअनुसार ट्रिपर र चालक हाल प्रहरी नियन्त्रणमा छन् । अत्याधिक गतिमा जथाभावी हाँक्दा ट्रिपरले अरनिको राजमार्गमा दिनहुँ दुर्घटना हुने गरेको छ ।
ट्रिपर गाडी कुनै ठूल्ठूला निर्माण कार्य हुने स्थानहरु प्रयोग गरिने गाडी भएकाले कम मात्र मानिसको हिंडडुल हुने सडकमा चलाउने पर्नेमा अत्याधिक मानिस र सवारी साधनको चाप भएको स्थानमा समेत चलाउँदा दुर्घटनाको संख्या बढिरहेको सर्वसाधारणको भनाई छ ।
Leave a Reply