भर्खरै :

कलाकार तमखूलाई पितृशोक

आस्था साँस्कृतिक परिवारका अध्यक्ष कलाकार विकास तमखूलाई पितृशोक परेको छ । तमखूका पिता बिकूनारायण तमखूको बुधबार बिहान आफ्नै निवास लिवालीमा निधन भएको हो । बिहान चिया खान बोलाउने क्रममा कुनै प्रतिक्रिया नदिए पश्चात परिवार र छिमेकीले उनलाई नजिकको जनस्वास्थ्य केन्द्रमा लगेका थिए । जनस्वास्थ्यकर्मीहरुले उनलाई मृत घोषणा गरेका थिए । मृतक तमखूको बुधबार नै हनुमानघाटमा अन्तिम संस्कार गरियो । उनी ४५ वर्षका थिए । कलाकार विकास उनका ज्येष्ठ पुत्र हुन् । उनका श्रीमती, तीन छोरा, एक छोरी र एक बुहारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *