भर्खरै :

बुटवलमा प्राज्ञिक बहस

नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा बुधबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ रुपन्देहीले बुटवल बहुमुखी क्याम्पसमा संविधान संशोधन र वैदेशिक हस्तक्षेप विषयक प्राज्ञिक गोष्ठी सम्पन्न ग¥यो ।
गोष्ठीमा नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले माक्र्सवाद, लेनिनवाद र माओविचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त हो भन्नु भयो ।
भारतीय स्वार्थ अनुसार संविधान संशोधन विधेयक ल्याएको कारण प्रचण्ड सरकार कथपुतली साबित भएको चर्चा गर्दै अध्यक्ष वासीले भारतीय एकाधिकार पूँजीविरुद्ध नेमकिपा स्थापनाकालदेखि संघर्ष गरिरहेको छ भन्नुभयो ।
प्रा. डा. माधव पन्थीले निर्धारित समयमा चुनाव हुन नदिएर संविधानलाई असफल पार्ने उद्देश्यले संविधान संशोधनको विधेयक आएको चर्चा गर्दै नेपाली जनताको शक्ति बलियो नभएसम्म वैदेशिक हस्तक्षेप रहिरहने स्पष्ट पार्नुभयो ।
राष्ट्र र राज्यको भिन्नताबारे चर्चा गर्दै प्रा. डा. पन्थीले राष्ट्र भावनात्मक विषय हो र राज्य राजनीतिक शक्ति तथा कानुनको आधारमा सञ्चालन हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसंघका रामचन्द्र श्रेष्ठ, सुर्जन तिवारी, महेन्द्र केवट, सुशीला, अखिलका नविन थापा, अखिल छैठौंका राजन पौडेल, नयाँशक्ति विद्यार्थी युनियनका प्रेम अर्याल, नेविसंघका दिनेश पौडेल लगायतले विदेशीको इशारामा संविधान संशोधन गर्नु हुँदैन भन्नभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *