विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
मेक्सिको सिटी, १३ माघ । मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नु देश अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बुधबार बताउनुभएको छ ।
उहाँले “कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन” भन्नुभएको छ । अमेरिकाले पर्खाल बनाउने निर्णयको खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उहाँले भन्नुभएको छ ।
मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने निर्णयमा अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार बिहानै हस्ताक्षर गर्नुभएपछि प्रतिक्रियास्वरुप मेक्सिकोका राष्ट्रपतिको यो वक्तव्य आएको हो ।
मेक्सिकोे पर्खालमा विश्वास गर्दैन, यो अति नै भएको र मेक्सिकोले कुनै प्रकारको पर्खालका लागि सहयोग नगर्ने उहाँले आफनु व्यक्तव्यमा भन्नुभएको छ । रासस÷सिन्ह्वा
Leave a Reply