सय वर्षपछिको भक्तपुर
- चैत्र २९, २०८२
जाजरकोट, १४ माघ । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् ।
पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बताउनुभयो ।
कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको उहाँको भनाइ छ । कालिका मावि, साल्मा–५, जाजरकोटको खेलमैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन् । भवन भएर पनि खेल मैदान नहँुदा समस्यामा रहेको विद्यालयलाई गाउँलेद्वारा बनाइएको खेलमैदानले सहज बनाइदिएको छ ।
कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदियौं
कोटिला सामुदायिक वन उपभोक्ता समूह, साल्माको रु एक लाख अनुदान तथा स्थानीयवासीको रु दुई लाख ५० हजार गरी तीन लाख ५० हजार बराबरको लागतमा विद्यालयको खेलमैदान निर्माण गरिएको हो ।
“विद्यालयमा भवन छ विद्यार्थीका लागि खेल मैदान छैन, विद्यालयले कुनै कार्यक्रम गर्नुपर्दा गाउँलेको खेतबारीमा गर्नुपथ्र्यो, अहिले गाउँका सबै जना मिलेर वन समितिको अनुदान र आफूहरूले श्रमदान गरेर विद्यालयको खेल मैदान निर्माण गर्दा विद्यालयलाई राहत भएको छ”–विद्यालयका प्रधानाध्यापक भगिराम जैसीले बताउनुभयो ।
गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेलमैदान नहुँदा वन समूहमा भएको वन विकासअन्तर्गत सामाजिक तर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताउनुभयो । स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको तीनसय मिटर लामो खेलमैदान निर्माण गरिएको हो ।
विद्यालय सञ्चालन भएको गाउँका दुईसय १५ घरधुरीका प्रतिघरबाट एक जनाका दरले खेलमैदान निर्माण गर्न श्रमदान गरिएको छ, विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ भने जेनतेन चलाइएको विद्यालयले बताएको छ ।
यो विद्यालयमा चारसय ३६ जना विद्यार्थी पढिरहेको विद्यालयले जनाएको छ । प्रावि तहको तीनजना शिक्षकका भरमा मावि सञ्चालन गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा माविका लागि तीन, निमाविका लागि चार तथा प्राविका लागि दुईजना गरी नौजना निजी स्रोतका शिक्षक राखिएको छ । गाउँमा मावि सञ्चालन गर्दा गाउँका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको विद्यालयले जानकारी दिएको छ । रासस
Leave a Reply