वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
माघ १४, रौतहत । नेपाल मजदुर किसान पार्टी रौतहत जिल्ला समितिले पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा शुक्रबार कार्यकर्ता भेला सम्पन्न गर्यो । भेलालाई सम्बोधन गर्नुहुँदै नेमकिपा केन्द्रीय सदस्य उकेश कवांले प्रचण्ड नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रता खतरामा परेको बताउँदै नेपाल मजदुर किसान पार्टीले यसको निरन्तर विरोध गर्दै आएको बताउनुभयो । उहाँले सो संशोधन विधेयक संसदबाट पारित गरिए नेपालबाट तराई क्षेत्र अलग्याउने भारतको षड्यन्त्रलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेमकिपा रौतहतका अध्यक्ष दिनेश साहले नेपाल मजदुर किसान पार्टी तराई विरोधी पार्टी नभएको स्पष्ट पार्दै पार्टीले सदैव तराईका गरिब किसानहरुको पक्षमा वकालत गर्दै आएको बताउनुभयो । उहाँले क्रान्तिकारी भनाउँदा पार्टीहरु पटक पटक सरकारमा पुगे पनि जमिन जोत्नेलाई वितरण गर्ने क्रान्तिकारी भूमिसुधारको विषयमा एक शब्द पनि उच्चारण नगरेको आलोचना गर्नुभयो ।
त्यस्तै नेक्राविसंघ केन्द्रीय अध्यक्ष नीरज लवजूले नेमकिपा स्थापनाका आधारहरु, कम्युनिष्ट आन्दोलनमा देखिएका संशोधनवाद, अराजकतावाद, वामपन्थी तथा दक्षिणन्थी अवसरवादको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भेलामा नेक्रायुसंघका राम कासुला र विनोद कुमार साहले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply