भर्खरै :

ख्वपमा हाजिरीजवाफ सम्पन्न

भक्तपुर । ख्वप स्टुडेन्टस् सर्कलको आयोजनामा उच्च माविव्यापी हाजिरीजवाफ प्रतियोगिता शुक्रबार ख्वप उच्च माविमा सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै ख्वप उच्च माविका शिक्षक सुरेन्द्रराज गोसाईले सम्पूर्ण प्रतियोगीलगायत सहभागी विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरु पढाईसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रियतापूर्वक सहभागी हुनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा कक्षा १२ का रमा खायमली, जसमिन कवां र पवित्रा दुवालको टोलीले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै कक्षा १२ कै मनोज आचार्य, उमेश शाही, भानु भक्त पुनको टोलीले द्वितीय स्थान हासिल गर्न सफल भएको थियो भने प्रज्वल ढुङ्गाना, रोजिस प्रजापति, र सचिन कुमार श्रेष्ठको टोलीले तृतिय स्थान हासिल गरेको थियो । प्रतियोगितामा २१ टोलीले सहभागीता जनाएका थिए ।
सर्कलका अध्यक्ष रुपिका बुढाश्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगितामा विनोद सेजवाल, प्रविन लाखाजू र बवि पंले क्वीज मास्टरको भुमिका निभाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *